बुधबार काेराेनाका २०६ जना संक्रमित थपिए, उपत्यकामा मात्रै १२५
काठमाडौं । देशभर बुधबार कोभिड–१९ का २०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा २०६ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार तीन हजार १ सय ७५ परीक्षणमध्ये २०६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । बुधबार दिउँसोसम्म देशभर कोभिड–१९ का एक हजार सकृिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएकाे छ ।
कोरोना रोकथाममा सरकारले दुई वर्षमा खर्च गर्याे ३२ अर्ब
काठमाडौं । सरकारले कोरोना महामारीमा ३२ अर्ब बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोना महामारी व्यवस्थापनमा ३२ अर्ब ६४ करोड ६ लाख खर्च गरेका हुन । प्रतिवेदन अनुसार संघीय सरकार अन्तरगत गत आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ रोकथाम र नियन्त्रणमा विनियोजित बजेट र केन्द्रीय कोरोना कोषबाट १२ अर्ब २२ करोड ११ लाख, प्रदेश सरकारको खर्च २ अर्ब ११ करोड ६७ लाख र स्थानीय तहबाट ४ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ गरी १९ अर्ब ९ करोड ६७ लाख रुपैयाँ खर्च गरेका हुन । यस्तै, गत वर्ष २०७६/०७७ को खर्च १३ अर्ब ५४ करोड ३९ लाख गरी कोरोना व्यवस्थापनमा ३२ अर्ब ६४ करोड ६ लाख खर्च भएको हो । उक्त खर्च रकम विभिन्न दातृनिकाबाट प्राप्त सहायता, वस्तुगत सहायता लगायतको रकम समावेश नभएको प्रतिवेदनमा उल्लेख छ ।
मंगलबार १७७ जनामा कोरोना सङ्क्रमण
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो । असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।