काठमाडौं । देशभर बुधबार कोभिड–१९ का २०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा २०६ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयको अनुसार तीन हजार १ सय ७५ परीक्षणमध्ये २०६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो ।
बुधबार दिउँसोसम्म देशभर कोभिड–१९ का एक हजार सकृिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएकाे छ ।