५७७ जनामा देखियो कोरोना संक्रमण, सक्रिय संक्रमित ४३ सय नाघ्यो
काठमाडौं । एकैदिन ५७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार २ सय ८२ जनामा परिक्षण गर्दा ५७७ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । मन्त्रालयको अनुसार पाछल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा एकैदिनमा ८५ हजारमा कोरोनाको नयाँ सङ्क्रमित थपिए
सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।् । अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ । नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ । यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ ।
एचआईभीको औषधि नपाउँदा ज्यान गयाे, सहज रूपमा उपलब्ध गराऔं : महासंघ
काठमाडौं । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ । बुधबार महासंघको टोलीले राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हाे । महासंघका अध्यक्ष खगेन्द्र खड्काले सरकारी लापरवाहीले सङ्क्रमितको ज्यान समेत गइरहेको बताए । सङ्क्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेकाले गर्दा केही जिल्लामा औषधि नपुगेको र सङ्क्रमितले औषधि खान नपाएको महासंघले जनाएको छ। त्यस्तै, कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका सङ्क्रमितको उपचार गर्ने तयारी भएपनि केन्द्रकै लापरवाहीले समयमै औषधि नपाउँदा दुई जनाको ज्यान गएको महासंघले जनाएको छ।