काठमाडौं । एकैदिन ८९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ९ सय ९ जनामा परिक्षण गर्दा ८९५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, आज २६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।