बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन
इनरुवा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिए । सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए । पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेङ्गुका बिरामीले भरिएपछि छुट्टै डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेङ्गु सङ्क्रमित आउने गरेका छन् । डेङ्गुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । रासस
वैज्ञानिक खोज : कार्ड–८ सेन्सर, जसले भाइरस पत्ता लगाउँछ र लड्छ
काठमाडौं । मानिसको शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ जस्ता धेरै भाइरस तथा रोगहरुसँग लड्न मद्दत गर्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ की शरीरको प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ? यसको पछाडि कार्ड–८ नामको सेन्सर रहेको छ । यही नै शरीरको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण रहेको छ । कार्ड–८ ले शरीरमा हुने भाइरस संक्रमण र रोग पत्ता लगाउने काम गर्छ । क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको अनुसन्धानमा यस्तो खुलासा भएको हो । कार्ड–८ ले पहिला भाइरस र रोगको पहिचान गर्ने काम गर्छ । अनुसन्धानअनुसार यसले भाइरस विरुद्ध लड्नभन्दा अगाडि भाइरसको विषयमा इम्युनोलोजिकल रेस्पोन्स दिने गर्छ । भाइरस पहिचान भएपछि मात्रै यसले काम गर्न शुरु गर्छ । कार्ड–८ ले विभिन्न भाइरसहरुको विषयमा कसरी प्रतिक्रिया जनाउँछ भनेर वैज्ञानिकहरुले मानव कोषको अध्ययन गरेका छन् । कार्ड–८ को आनुवंशिक विशेषताबारे थाहा पाउन वैज्ञानिकहरुले मानिस बाहेक अन्य स्तनधारी जीवहरुमाथि समेत अध्ययन गर्ने काम गरे । कार्ड–८ ले तीन प्रकारको भाइरस पत्ता लगाउने काम गर्छ अनुसन्धानका अनुसार कार्ड–८ शरीरमा हुने संक्रमणको विरुद्धमा लड्न अनिवार्य हुन्छ । यसमा कम्तिमा तीन प्रकारको भाइरस पत्ता लगाउने क्षमता रहेको हुन्छ । जसमा कोरोनाभाइरडे, पिकोरोनाभाइरडे र रेट्रोभाइरडे रहेका छन् । यी मानिसमा खतरनाक रोग फैलाउने भाइसहरु मध्ये पर्दछन् । अध्ययनका अनुसार कार्ड–८ ले छिट्टो उत्परिवर्तन हुनसक्ने र नक्कल गर्नसक्ने क्षमता भएका आरएनए भाइरस पनि पत्ता लगाउन सक्छ । मानिस र अन्य प्रजातिमा कार्ड–८ को क्रम फरक–फरक रहेको हुन्छ । एजेन्सीहरुको सहयोगमा ।
वैज्ञानिक खोज : आर्टिफिसियल इन्टेलिजेन्सले स्वस्थ भ्रुणसहित गर्भवती बन्न सहयोग गर्ने
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले गर्भवती हुन सहयोग पुर्याउने भएको छ । इजरायलको एक कम्पनीले यस्तो एआई सफ्टवेयर बनाउन सफल भएको छ की जसले आइभिएफ उपचारको क्रममा अन्डासयमा भएको स्वस्थ भ्रुण पत्ता लगाउन सक्छ । सो प्रविधिको प्रयोगले गर्भ रहने सम्भावना ३० प्रतिशतले बढ्ने बताइएको छ । आइभिएफ उपचार पद्दतीमा एआईको मद्दतले पैदा हुने बच्चालाई ‘एआई बेबीज’ भनिने छ । डेली मेलको रिपोर्टअनुसार सो सफ्टवेयरले आइभिएफको क्रममा आनुवंशिक समस्या भएका भ्रुणको विशेषता पत्ता लगाएर सबैभन्दा स्वस्थ भ्रुणलाई पहिचान गर्ने काम गर्छ । आइभिएफ अर्थात इन भिट्रो फर्टिलाइजेसन कृत्रिम ढंगले गर्भाधान गराउने एउटा प्रविधि हो । यस प्रविधिमा महिलाको अण्डा र पुरुषको शुक्रकिटलाई प्रयोगशालमा राखेर निषेचित गर्ने काम गरिन्छ । यसपछि भ्रुण महिलाको पाठेघरमा सार्ने काम गरिन्छ । भ्रुण छनोट सबैभन्दा महत्वपूर्ण सफट्वेयर बनाउने रिप्रोडक्टिभ कम्पनी एआइभिएफका सह–संस्थापक अर्थात सिइओ डा. गिल्बोआले आइभिएफ प्रविधिको प्रयोगमा सबैभन्दा महत्वपूर्ण विषय भनेको उत्तम भ्रुणको छनोट भएको बताएका छन् । एआई सफ्टवेयरलाई उत्तम प्रकृतिको विशेषता भएको भ्रुण पत्ता लगाउने तालिम दिने गरिन्छ । जसले आनुवंशिक आसामान्यता भएको अवस्थालाई पहिचान गर्दै प्रत्यारोपणयोग्य भ्रुणलाई पहिचान गर्ने काम गर्छ । डा. गिल्बोआलेका अनुसार सामान्यतया कुनैपनि प्रविधिले सो पत्ता लगाउन सक्दैन । उनका अनुसार तालिमको क्रममा एआई सफट्वेयरको माध्यमबाट भ्रुण विकासको अवस्थालाई हेर्दा सफ्टवेयरले सबैभन्दा उत्तम भ्रुण पत्ता लगाउन भूमिका खेल्ने गरेको देखिन्छ । आइभिएफ उपचारमा एआई सफ्टवेयरको साथ गर्भाधान प्रकृयामा आइभिएफ उपचारको प्रकृया निकै सफल रहेको छ । ‘अहिलेसम्म डाक्टरहरुले भ्रुण छनोट गर्ने गरेका छन्, तर धेरैपटक छनोट गलत पनि पर्ने गरेको र आइभिएफ उपचार पनि असफल हुने गरेको छ’, डा. गिल्बोआले भने । सामान्यतया महिलाहरुले तीन देखि पाँचपटक सम्म आइभिएफ उपचार गर्नुपर्ने हुन्छ । प्रयोगशालमा १० देखि १२ भ्रुण उस्तै प्रकारका तयार भएका हुन्छन्, ती मध्ये एउटालाई डाक्टरले स्वयं छनोट गर्नुपर्ने हुन्छ । डा. गिल्बोआका अनुसार अहिलेसम्म भइरहेको छनोटको प्रकृयामा सबै काम मानिसले मात्रै गरिरहेको हुन्छ । अब एआई सफ्टवेयरको विकाससँगै सो प्रकृया सहज हुनेछ । यसो भएपछि महिलाहरुले एकैपटकको आइभिएफ उपचार पश्चात गर्भाधान गर्न सक्छन् । जसले सकारात्मक नतिजा दिनसक्छ । एआईले डाक्टरलाई प्रतिस्थापन गर्दैन एआई सफ्टवेयरको सहयोगले आइभिएफ उपचारमा कम समय लाग्नेछ, किनकी मेसिनले मानिसको तुलनामा छिटो काम गर्न सक्छ । तर, यसको मतलब यो होइन की यसले डाक्टरलाई नै प्रतिस्थापन भने गर्दैन । किनकी एआई सफ्टवेयरले उत्तम तुलनात्मक रुपमा उत्तम प्रकारको स्वस्थ भ्रुण पत्ता लगाउन मात्रै सहयोग गर्नेछ । बच्चा जन्माउनको लागि वैज्ञानिकहरुले कृत्रिम गर्भासयको विकासमा पनि अनुसन्धान गरिरहेका छन् । सन् २०२२ को डिसेम्बरमा ‘एक्टोलाइफ’ नामको कम्पनीले कृत्रिम गर्भासय तयार गरेको थियो । कम्पनीले विकास गरेको ‘आर्टिफिसियल युट्रस फेसिलिटी’ मा कृत्रिम हिसाबले बच्चा हुर्काउन सकिने बताइएको छ । यो प्रविधिबाट जन्मिने बच्चा हरेक संक्रमणबाट सुरक्षित रहने वैज्ञानिकहरुले दाबी गरेका छन् । एजेन्सीहरुको सहयोगमा ।