वैज्ञानिक खोज : कार्ड–८ सेन्सर, जसले भाइरस पत्ता लगाउँछ र लड्छ

<p>काठमाडौं । मानिसको शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ जस्ता धेरै भाइरस तथा रोगहरुसँग लड्न मद्दत गर्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ की शरीरको प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ? यसको पछाडि कार्ड–८ नामको सेन्सर रहेको छ । यही नै शरीरको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण रहेको छ । कार्ड–८ ले शरीरमा हुने भाइरस संक्रमण र रोग [&hellip;]</p>

काठमाडौं । मानिसको शरीरको प्रतिरक्षा प्रणालीले कोभिड–१९ जस्ता धेरै भाइरस तथा रोगहरुसँग लड्न मद्दत गर्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ की शरीरको प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ? यसको पछाडि कार्ड–८ नामको सेन्सर रहेको छ । यही नै शरीरको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण रहेको छ ।

कार्ड–८ ले शरीरमा हुने भाइरस संक्रमण र रोग पत्ता लगाउने काम गर्छ । क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको अनुसन्धानमा यस्तो खुलासा भएको हो । कार्ड–८ ले पहिला भाइरस र रोगको पहिचान गर्ने काम गर्छ । अनुसन्धानअनुसार यसले भाइरस विरुद्ध लड्नभन्दा अगाडि भाइरसको विषयमा इम्युनोलोजिकल रेस्पोन्स दिने गर्छ । भाइरस पहिचान भएपछि मात्रै यसले काम गर्न शुरु गर्छ ।

कार्ड–८ ले विभिन्न भाइरसहरुको विषयमा कसरी प्रतिक्रिया जनाउँछ भनेर वैज्ञानिकहरुले मानव कोषको अध्ययन गरेका छन् । कार्ड–८ को आनुवंशिक विशेषताबारे थाहा पाउन वैज्ञानिकहरुले मानिस बाहेक अन्य स्तनधारी जीवहरुमाथि समेत अध्ययन गर्ने काम गरे ।

कार्ड–८ ले तीन प्रकारको भाइरस पत्ता लगाउने काम गर्छ
अनुसन्धानका अनुसार कार्ड–८ शरीरमा हुने संक्रमणको विरुद्धमा लड्न अनिवार्य हुन्छ । यसमा कम्तिमा तीन प्रकारको भाइरस पत्ता लगाउने क्षमता रहेको हुन्छ । जसमा कोरोनाभाइरडे, पिकोरोनाभाइरडे र रेट्रोभाइरडे रहेका छन् । यी मानिसमा खतरनाक रोग फैलाउने भाइसहरु मध्ये पर्दछन् ।

अध्ययनका अनुसार कार्ड–८ ले छिट्टो उत्परिवर्तन हुनसक्ने र नक्कल गर्नसक्ने क्षमता भएका आरएनए भाइरस पनि पत्ता लगाउन सक्छ । मानिस र अन्य प्रजातिमा कार्ड–८ को क्रम फरक–फरक रहेको हुन्छ । एजेन्सीहरुको सहयोगमा ।

Share News