चार महिनामा ६ खर्ब ५० अर्बको वस्तु आयात, निर्यात ८२ अर्बमै सीमित
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब १२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार निर्यातको दर निकै बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई रु.६५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु.५६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो ।
प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएन होला, अनि ध्वस्त पार्दिन्छु भनेः ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । एमाले केन्द्रीत सदस्यमा मनोनित सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डको भनाईको खण्डन गरेका हुन् । उनले प्रचण्ड लेलिनभन्दा पनि जान्ने भएर बोलेको पनि बताए । ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए, प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए, त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन, कुन सेयर कारोबारीले चन्दा दिएन होला, अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए,’ अध्यक्ष ओलीले भने । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् आफूहरुले सेयर बजारप्रति त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन नै भइसक्ने भन्दै ओलीले प्रचण्डले त्यस्तो भन्दा पनि अहिले सब चुपचाप रहेको पनि बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत शनिवार पार्टीको प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै पुँजी बजार साम्राज्यवादको विस्तारित रुप भएको र सेयर बजार साम्राज्यवादीको औजार भएको दाबी गरेका थिए । प्रचण्डको यस्तो अभिव्यक्तिपछि सेयर बजारमा ठूलो गिरावट आएको थियो । सम्बन्धित समाचार सेयर बजारमा संलग्न ४५ लाख नेपाली साम्राज्यवादका एजेन्ट हुन् र प्रचण्ड कामरेड ?
राष्ट्र बैंकको नीतिले सेयर बजारमा ‘हिट’ गरेको होइनः डेपुटी गभर्नर ढुंगाना
काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले राष्ट्र बैंकको नीतिले सेयर बजारमा ‘हिट’ नगरेको दाबी गरेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जाको सीमा तोकेको थियो । चालु आर्थिक वर्षदेखि एउटै व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी बढीमा १२ करोड रुपैयाँसम्म मात्रै सेयर खरिद गर्नको लागि मार्जिन प्रकृतिको कर्जा पाइने व्यवस्था गरिएको छ । यस्तो, व्यवस्थाले सेयर बजारमा प्रभाव पारेको भन्दै केही लगानीकर्ता र लगानीकर्ताको नाम जोडिएका संघ संस्थाहरुले विरोध गरेका थिए । राष्ट्र बैंकले गरेको सो नीतिगत व्यवस्थाले सेयर बजारमा नकारात्मक असर परेको भन्दै केही लगानीकर्ता र लगानीकर्ताको नाम जोडिएका संघ संस्थाहरु राष्ट्र बैंक विरुद्ध अर्थमन्त्री समक्ष उजुरी गर्न पनि पुगेका थिए । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दा सो व्यवस्थामा कुनै परिवर्तन गरेन । राष्ट्र बैंकले नीतिगत परिवर्तन नगरेपछि पहिला विरोध गर्ने लगानीकर्ता र लगानीकर्ताको नाम जोडिएका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सो व्यवस्था ठीकै रहेको प्रतिक्रिया दिएका थिए । मौद्रिक नीतिमार्फत र बैंक तथा वित्तीय संस्था नियमनका नाममा सेयर बजारमाथि राष्ट्र बैंकले हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ । यही प्रसंगमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानाले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारलाई ‘हिट’ नगर्ने दाबी गरेकी हुन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको केही समययता सेयर बजार घट्ने क्रममा देखिएको छ । यस्तै, फरक प्रसंगमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानाले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहको लागि गणना गर्न पाउने निक्षेप–पुँजी–कर्जा अनुपात (सीसीडी रेसिया) प्रावधानमा फर्कन नसक्ने बताएकी छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ । यसलाई सीडी रेसियो सम्बन्धी व्यवस्था भनिन्छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएको निक्षेप र आफ्नो पुँजी जोडेर त्यसको ८० प्रतिशतसम्म कर्जा दिन पाउथे । यसलाई सीसीडी रेसियो सम्बन्धी व्यवस्था भनिन्थ्यो । केही बैंकर तथा व्यवसायीहरुले सीडी सम्बन्धी नयाँ व्यवस्था हटाएर पुरानै सीसीडी सम्बन्धी व्यवस्था गर्नुपर्ने माग गरिरहेका समयमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानाको यस्तो प्रतिक्रिया आएको हो । अहिलेको सीडी सम्बन्धी व्यवस्थाले नै बैंकिङ क्षेत्रमा तरलता अभावको अवस्था सिर्जना भएको यो व्यवस्था हटाउनु पर्छ भनेर माग गर्नेहरुको छ ।