क्यान जाँदै गरेका क्षेत्रीलाई प्रश्नः प्रदिप अधिकारीलाई डीजी मान्नुहुन्छ कि निर्देशक ?

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाश दिने निर्णय तत्काल नगर्न सर्वाेच्च अदातलले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीको अवकाश टुंगो नलाग्दासम्म अवकाश नदिन अन्तरिम आदेश जारी गरेको हो । ५८ वर्षे उमेर हदका कारण गत पुस २५ गते अनिवार्य अवकाश पाएको भन्दै प्राधिकरणले क्षेत्रीलाई पत्र दिएको थियो । तर, नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन २०५६ को दफा १९ अनुसार आफ्नो चार वर्षे कार्यकाल २०८२ कात्तिक ८ गतेसम्म रहेको तर्क गर्दै क्षेत्रीले पूरा कार्यालय काम गर्न पाउनुपर्ने माग राख्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा सर्वाेच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै मुद्धाको टुंगो नलाग्दासम्म अवकाश नदिने आदेश जारी गरेको हो । प्राधिकरणबाट क्षेत्रीलाई बिदाई गरेपछि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्यानको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ । उनले गत माघ २० गते कार्यभार सम्हालिसकेका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि क्यानमा दुई जना महानिर्देशक भएका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि क्यान जान लागेको महानिर्देशक क्षेत्रीसँग विकासन्युजले कुराकानी गरेको छ । सर्वाेच्चको आदेश आयो, प्राधिकरण जानुहुन्छ कि हुँदैन ? सम्मानित सर्वाेच्च अदालतले मेरो पक्षमा आदेश दिएको छ । अदालतको आदेशपछि म आज प्राधिकरणमा हाजिर हुँदैछु । अहिले म बाटोमै छु । क्यानमा अर्को महानिर्देशक पनि हुनुहुन्छ, तपाईं गएर कुन कार्यकक्षको कुन कुर्सीमा बस्नु हुन्छ ? ठिक छ, यो झगडा गर्ने विषय होइन । सर्वाेच्चको आदेश सबैले मान्नुपर्छ, म पनि आदेश मान्दै आज कार्यालयमा जादँैछु । म कार्यालयमा गएर सल्लाह गर्छु । सर्वाेच्चको आदेश सबैले मान्नुपर्छ, आदेश अनुसार सल्लाह गरेर त्यही अनुसार गर्ने हो । सर्वोच्चको हादेशबाट आउनु फर्किनु भएको छ । विभगीय मन्त्री र सरकारसँग ‘टसल’ लिएर काम गर्न सक्नुहोला र ? म एकदमै राम्रोसँग काम गर्न सक्छु । मैले मेरो अधिकार अनुसार सर्वाेच्च गएको हुँ । अन्तरिम आदेशले फागनु ९ गते दुबै पक्षलाई बोलाएको छ । थप नयाँ निर्णय नहुँदासम्म म कार्यालय जान्छु । पछि थप आदेश जे आउँछ, त्यही कार्यान्वयन गर्नुको विकल्प छैन । आदेशमा तपाईं घर जानुस् भन्ने आयो भने सबै साथिहरुसँग सहर्ष रुपमा हात हल्लाएर बिदा हुन्छु । प्रदिप अधिकारीलाई महानिर्देशक मान्नुहुन्छ कि निर्देशकका रुपमा काम लगाउनुहुन्छ ? म अहिले कार्यालय जाँदैछु । कार्यालय गएर हाजिर गर्छु, त्यहाँको माहोल हेर्छु । त्यसपछि अदालतको जे आदेश आउँछ त्यही अनुसार थप निर्णय हुन्छ । अहिलेनै यो भन्ने निष्कर्ष भैसकेको छैन ।

इच्छाराजको नखुलेको पाटोः करोडौंको आईपीओ, अर्बको सेयरदेखि विदेशमा लगानी !

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङमाथिको अनुसन्धानको अन्तिम चरणमा पुगेको छ । ठगी मुद्दामा थुनामा रहेका तामाङले सम्पत्ति शुद्धीकरण कसुर गरेको भेटिएपछि विभाग अनुसन्धानको निष्कर्षमा पुगेर उनी विरुद्द विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको हो । विभागका अनुसार अब केही दिनभित्रै उनी माथि गरेको अनुसन्धानको प्रतिवेदन वकिल कार्यालयमा पेश गरेर मुद्दा दर्ता हुनेछ । तर, केही विषयले भने अझै पनि अनुसन्धान लब्याइरहेको विभाग स्रोतको भनाई छ । विभाग स्रोतका अनुसार उनी विरुद्द ले बैंकिङ, वित्तीय, विदेशी विनिमय वा सहकारीसँग सम्बद्ध कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । ‘हामी अझै पनि उनको सम्पत्ति खोजिरहेका छौं, कतै भेटिन्छ कि भन्ने हिसावले हामीले अनुसन्धान लम्ब्याइरहेका छौं, अझै पनि पीडितहरु विभिन्न विषयहरु लिएर आइरहनु भएको छ, उहाँहरुले दिएको सूचनाका आधारमा रहेर अनुसन्धान गर्दा समय खर्च भइरहेको छ, तर, उनी विरुद्द मुद्दा दर्ता गर्ने कसुरहरु प्रशस्त भेटिएका छन्, सम्पूर्ण सम्पत्तिहरु खोजिसकेपछि मुद्दा दर्ता गर्नु पनि राम्रै हुन्छ, त्यसैले पनि हामी समय नै लिएर अनुसन्धान गरिरहेका छौं,’ ती अनुसन्धान अधिकारीले भने । लाखौंको आईपीओ तामाङले विभिन्न कम्पनीहरुमा साधारण सेयर (आईपीओ) पनि रहेको अनुसन्धानबाट खुलेको छ । विभाग स्रोतका अनुसार उनीसँग अहिले पनि विभिन्न कम्पनीको हजारौंै कित्ता साधारण सेयर भेटिएको हो । यकिन कति छ भन्ने विषयमा भने विभागले अनुसन्धान गरिरहेको छ । ‘पीडितहरुकै सूचनाका आधारमा हामीले खोजतलास गरिरहेका छौं, उनीसँग विभिन्न कम्पनीको साधारण सेयर (आईपीओ) भएको भन्ने जानकारी पाएपछि हामीले धितोपत्र बोर्डसँग सूचना माग गरेका छौं, केही डाटा आइसकेको छ भने केही आउने क्रममा छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार उनले २ सयभन्दा बढी बैंक खाता खोलेर कारोबार गर्ने गरेका थिए । अहिले ती सबै बैंक खाताहरु बन्द छन् । २२ कम्पनीमा १ अर्ब बढी सेयर विभागका अनुसार तामाङसँग २२ कम्पनीको सेयर स्वामित्व खुलेको छ । विभागले दुई वर्षअघि देखि नै तामाङ आवद्ध सिभिल सहकारी र कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको भएपनि पछिल्लो समय भने अनुसन्धानमा तीव्रता दिएको हो । अनुसन्धानकै क्रममा विभागले तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चल–अचल सम्पत्तिको कारोबार पनि रोक्का गरिसकेको छ । विभाग स्रोतका अनुसार २२ वटा कम्पनीमा तामाङको लगभग १ अर्ब सेयर स्वामित्व भेटिएको छ । अघिल्लो साता मात्रै बौद्धमा उनकै स्वामित्वमा रहेको नयाँ हाउजिङ फेला परेको थियो । जसको पूँजी ५ करोड रहेको बुझिएको छ । अझै पनि कतै नयाँ सम्पत्ति भेटिन्छ कि भन्ने चासोका साथ विभागले अनुसन्धान गरिरहेको छ । तामाङले धेरै कारोबार गैर–बैंकिङ प्रणालीबाट गर्ने गरेको पनि विभागको अनुसन्धानमा देखिएको छ । उनको बैंक खातामा त्यति धेरै कारोबार नभएकोले पनि उनले गैर–बैंकिङ प्रणालीबाटै कारोबार गर्दा उनको अझै धेरै सम्पत्ति हुन सक्ने विभागको अनुमान छ । शंकाको घेरामा प्रतिक्षा र प्रतिष्ठा विभागले तामाङमात्रै होइन उनको परिवारको सम्पत्तिको पनि अनुसन्धान गरिरहेकोछ । हालसम्म २२ कम्पनीमा १ अर्बको सेयर र काठमाडौं किर्तिपुरको घरजग्गा मात्रै विभागले फेला पारेको छ । अन्य सम्पत्ति भने फेला पार्न सकेको छैन । अहिले तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ, दुई छोरी प्रतिक्षा र प्रतिष्ठा फरार छन् । तामाङकी कान्छी छोरी प्रतिष्ठा बेलायतमा छन् भने जेठी छोरी प्रतिक्षा नेपालमै भएपनि फरार सूचीमा छन् । उनीहरुको नाममा रहेको सम्पत्तिको पनि विभागले खोजी गरिरहेको छ । कतिपयले बेलायत बस्दै आएकी छोरीमार्फत् विदेशमा रकम ओसारेको आशंका पनि गरेका छन् । प्रहरीले त्यसमा पनि थप अनुसन्धान गरिरहेको छ । ‘दुवै छोरी विदेशमा पढ्छन्, उहाँ पनि विदेश्मै पढ्नु भएको हो, उनीहरुले गरेको आम्दानी चाहिँ अहिलेसम्म हराएको देखिन्छ, त्यसैले पनि विदेशमा पैसा राखेको छकि भन्ने आशंका छ, यस बारे हामीलाई सूचना पनि आइरहेको छ, हामी त्यस विषयमा पनि अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकारीले भने । ती अधिकारीका अनुसार विदेशमा लगानी वा पैसा राखे/नराखेको विषयमा अनुसन्धान गर्न भने विभागलाई कठीन नै छ । स्रोतका अनुसार तामाङकी छोरी प्रतिक्षा र प्रतिष्ठाको नामा पनि लाखौंको सेयर छ । प्रतिक्षाको तीन कम्पनीमा लगानी छ । प्रतिक्षाको विभिन्न कम्पनी, बैंक र वित्तीय संस्थामा संस्थापक र साधारण गरी ४० लाख रुपैयाँ मूल्य बराबरको लगानी रहेको जानकारी विभागलाई प्राप्त भएको छ । यस्तै, तामाङकी श्रीमति सिर्जना शाक्यको नाममा पनि अर्बौंको सम्पत्ति रहेको सूचना विभागलाई छ । तर, भेटाउन भने सकेको छैन । ‘तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाएको देखिन्छ तर, उनको नाममा अर्बभन्दा धेरै सम्पत्ति रहेको बुझिएको छ, उनी र सहकारीमा काम गर्ने कर्मचारीहरु पनि फरार हुँदा विभागले सम्पत्ति फेला पार्न सकिरहेको छैन,’ स्रोतले भन्यो । तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीहरूका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । अदालतले गत पुसमा थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अहिले दवै जना थुनामामै छन् । सीआईबीले तामाङ र उनका कर्मचारीहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी र संगठित अपराध निवारण ऐन २०७० बमोजिम दोषी ठहर गरेको थियो । सम्बन्धित सामग्री: इच्छाराजले अजय सुमार्गीलाई १ अर्ब २५ करोडमै बेचेका हुन् ‘सिभिल लक्जरी’ रु बैंकिङ च्यानलमा देखिएन सिटीसी मल बेचेको पैसा आफुलाई पनि दिन सहकारीको कोषलाई आग्रह, २१ करोड असुल्न लिलाम गरिँदै इच्छाराज तामाङलाई दिएको प्रभु बैंकको ४० करोड कर्जा संकटमा इच्छाराज तामाङलाई पुर्पक्ष्यका लागि थुनामा पठाउन अदालतको आदेश इच्छाराज तामाङमाथिको अनुसन्धान सक्यो सीआईबीले, सहकारीको रकम २१ ‘डमी’ कम्पनीमा ८ अर्ब ऋण नतिरेपछि इच्छाराजको सीटीसी मल लिलाम हुँदै, ऋण तिर्न सञ्चय कोषको ३५ दिने म्याद इच्छाराजको वयानः सहकारीको पैसाले घर बनाएँ, घर बेच्दा घाटा लागेर पैसा सकियो  

राष्ट्रिय वाणिज्य बैंकले दिँदैछ निक्षेपको भन्दा ४.१२ प्रतिशत सस्तो व्याजमा कर्जा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा पैसा राख्दा पाइने व्याज भन्दा सस्तो व्याजमा ऋण पाइने भएको छ । बैंकले निक्षेपमा दिने व्याज भन्दा कर्जामा लिने व्याज कम भएको हो । बैंकहरुले निक्षेपको व्याजदर बढाउँदै लगेपनि राष्ट्र बैंकले गरेको नियामकीय व्यवस्थाको कारण निक्षेपको भन्दा कर्जाको व्याज सस्तो हुने देखिएको हो । रावा बैंकले निक्षेपमा दिने अधिकतम व्याज कर्जामा लिने न्यूनतम व्याजभन्दा ४.१२ प्रतिशतले बढी छ । आज (फागुन १ गते) रावा बैंकले प्रकाशित गरेको कर्जाको न्यूनतम (प्राथमिकता प्राप्त क्षेत्र कर्जा) व्याजदर ७.९१ प्रतिशत छ भने निक्षेपको अधिकतम (रेमिटान्स मुद्दति) व्याजदर १२.०३ प्रतिशत छ । राष्ट्रिय वाणिज्य (रावा) बैंकबाट प्रवाह हुने सबै प्रकारका कर्जाको व्याजदर मुद्दति निक्षेपको भन्दा कम छ । बैंकले आज (फागुन १ गते) प्रकाशित गरेको व्याजदर अनुसार मुद्दति निक्षेपमा ११.०३ प्रतिशत व्याज दिने भनिएको छ भने सो बैंकबाट प्रवाह हुने सबै प्रकारका कर्जाको अधिकतम व्याजदर १०.६६ प्रतिशत मात्रै हुन आउँछ । बैंकहरुले कर्जा दिनको लागि प्रत्येक त्रैमासको अन्त्यमा कायम भएको आधार दरमा प्रिमियम तोकेर व्याजदर निर्धारण गर्न पाउँछन् । गत पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.४२ प्रतिशत भएपनि राष्ट्रिय वाणिज्य बैंकको आधार दर भने ६.६६ प्रतिशत मात्रै छ । बैंकहरुले कर्जाको व्याजदर तोक्दा आधार दरमा आफूले लिने प्रिमियम थपेर लिन्छन् । र, कति प्रिमियम थप गरिने हो भन्ने कुराको जानकारी व्याजदर प्रकाशनकै समयमा सार्वजनिक गर्नुपर्छ । राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ४ प्रतिशत प्रिमियम लिने भनेर सुचना प्रकाशित गरेको छ । नियामकीय व्यवस्थाको कारण आफूहरुको निक्षेपमा दिनेभन्दा कर्जामा लिने व्याज कम भएको बैंकका डेपुटी कार्यकारी अधिकृत (डीईओ) देवेश प्रसाद लोहनीले बताए । ‘गत पुस मसान्तको आधार दर ६.६६ प्रतिशत मात्रै हो, त्यसमा बढीमा ४ प्रतिशत प्रिमियम लिएर कर्जाको व्याजदर तोकिन्छ, त्यसैले अहिले हाम्रो बैंकबाट प्रवाह हुने कर्जाको अधिकतम व्याजदर भनेको १०.६६ प्रतिशत मात्रै हो,’ डीईओ लोहनीले भने । राष्ट्रिय वाणिज्य बैंकले एक वर्षे मुद्दतिमा दिने ११.०३ प्रतिशत व्याजदरलाई नै आधार मान्दा पनि सो बैंकले सबै प्रकारका कर्जामा (१०.६६ प्रतिशत) लिने व्याजदर निक्षेपको भन्दा ०.३७ प्रतिशतले कम देखिन्छ ।