एक दाना रुद्राक्षको मूल्य ४० लाख रुपैयाँ !

काठमाडौं । अहिले संखुवासभा र भोजपुरका अधिकांश मानिसहरू रुद्राक्षको बोटमा देखिन्छन् । रुद्राक्षको व्यापार तथा व्यवसाय गर्नमा किसानदेखि व्यापारीसम्म लागिपरेका छन् । किसानलाई ठुलामुखि (मुख्दार) रुद्राक्ष संकलन गर्न र व्यापारीलाई रुद्राक्ष किन्न भ्याइनभ्याई छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष मुख्दारको उत्पादन बढी भएको र बजारमा पनि अत्याधिक ठूला मुखे दानाको कारोबार भइरहेकोले किसानदेखि व्यापारीहरु रुद्राक्षकाे पछि लागेका हुन् । मुख्दारको उत्पादन भएपनि रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । तर, रुद्राक्षको उचित मूल्यका साथ नै रुद्राक्षको कारोबार भइरहेको रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार चापागाईंले बताए । संखुवासभा र भोजपुर किसानको मुख्य आम्दानीको स्रोत रुद्राक्ष हो । धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने र बजार मूल्य पनि राम्रो भएकाले कृषकले खेतीयोग्य जमिनलाई रुद्राक्ष खेतीका रूपमा परिणत गरेका छन् । प्रायः जसो रुद्राक्षको कारोबार भदौबाट सुरु हुन्छ । रुद्राक्षको कारोबार सुरु भएदेखि हालसम्म २१ मुखे रुद्राक्ष मात्रै विभिन्न ठाउँमा करिब २० वटा फलेको चापागाईंले बताए । २१ मुखे रुद्राक्ष धेरै बिक्री भइसकेको छ भने केही किसानहरूले बिक्री गर्न चरणमा छन् । सो रुद्राक्ष थोरै रुद्राक्षको बगैचा मात्र फल्ने गर्छ । चापागाईंका अनुसार सो रुद्राक्ष प्रति गोटा ५ लाखदेखि ४० लाख रुपैयाँसम्ममा किनबेच भएको छ । २१ मुखे रुद्राक्ष संम्भवत अहिलेसम्मकै सबै भन्दा धेरै फलेको हो । बजारमा सबैभन्दा बढी २१ मुखे दानाको माग छ । रुद्राक्षमा हुने सबै गुण २१ मुखे दानामा हुने मान्यता रहेकाले यसको माग बढेको अध्यक्ष चापागाईं बताउँछन् । ‘यस वर्ष मुख्दार रुद्राक्षको उत्पादन धेरै छ, व्यापारीहरुले दानाको साइज आकार हरेर राम्रो दानाको राम्रो नै मूल्यमा खरिदबिक्री भइरहेको छ,विगतका वर्षहरूमा जस्तो अहिले भने ठुला मुखी दानाको मूल्य छैन, किसानलाई मर्का नहुने गरी किनबेच भइरहेको छ,’ उनले भने । चापागाईंका अनुसार अहिले २६ मुखेसम्मको रुद्राक्ष उत्पादन भएको छ । २६ मुखे उत्पादन भए पनि २१ मुखे रुद्राक्षको नै बढी मूल्य पर्न जान्छ । विदेशी व्यापारीको उपस्थिति कम भएसँगै रुद्राक्षको मूल्यमा कमि आएको हो । नेपाली बजारमा उत्पादन भएको रुद्राक्ष विशेष गरी चाइना र भारतमा निर्यात हुँदै आएको छ । विगत वर्षहरूमा घर-घरमा पुग्ने भारतीय र चिनियाँ व्यापारी अहिले भने आएका छैनन् । राम्रो र आकर्षक ५ मुखे रुद्राक्ष उच्च मूल्यका साथ चीन निर्यात हुँदै आएको थियो । यस वर्ष चाइनिज व्यापारी नआउँदा नेपाली रुद्राक्ष व्यपारीहरु आत्तिएका छन् । करोडौं रुपैयाँमा रुद्राक्ष ठेक्का लिएर व्यपारीहरुले ५ मुखे रुद्राक्ष बिक्री गर्न पाइएन भने लगानी फस्ने चिन्ता उनीहरुलाई छ । हाल देशका ४५ वटा जिल्लामा रुद्राक्षको व्यवसायिक खेती भइरहेको छ । रुद्राक्ष उत्पादनको मुख्य क्षेत्र भने पूर्वी नेपालको भोजपुर र सङ्खुवासभालाई लिइन्छ ।

चौतर्फी दबावमा सेयर लगानीकर्ता, ब्याजदेखि मार्जिन कलसम्मको तनाब

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको बेला सेयर लगानीकर्ताले समस्यामा परेको गुनासो गर्न थालेका छन् । गत वर्ष उच्च बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको सेयर बजार अहिले भने निरन्तर ओरालो लाग्दा विभिन्न दबाव खेप्नु परेको गुनासो लगानीकर्ताले गरेका हुन् । सेयर बजार घट्दा सेयर मूल्य पनि घटेर ठूलो घाटा ब्यहोरेका लगानीकर्ता पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा झनै समस्यामा परेको बताएका छन् ३२ सय बढीको विन्दुबाट करिब दोब्बर अंकले घटेको नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक हाल १८ सयको विन्दुमा कारोबार भइरहेको छ । यसरी ओरालो लागेको सेयर बजारबाट ग्रसित भएका लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा झनै समस्यामा परेका हुन् । यस्तै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिका कारण नै सेयर बजार घटेको लगानीकर्ताहरु बताउँछन् । उच्च सेयर मूल्य भएका बेला खरिद गरेको सेयर यति बेला ठूलो रकमले घटेको छ । यही बेलामा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा अर्काे दबाव आइपरेको सेयर लगानीकर्ताहरु बताइरहेका छन् । एकातिर सेयर मूल्य घटेर तनावमा रहेका लगानीकर्ता झनै त्यसमा ब्याजदर बढ्दा अर्काे तनाव खेप्नु परेको उनीहरुको गुनासो छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा केही लगानीकर्ता घाटामा भएपनि सेयर बिक्री गरेर बैंकको निक्षेपमा राखेर ब्याज खाने अवस्थामा पुगेका छन् भने केही लगानीकर्तालाई सेयर धितो कर्जामा लागत बढ्दा अर्काे तनाव खेप्नु परेको बताउँछन् । यता बैंक तथा वित्तीय संस्थाले तरलता अभाव कायम रहेकाले नै ब्याजदर बढाएर निक्षेप भित्र्याउन खोजिरहेको देखिन्छ । जसले गर्दा सेयर बजारमा नकारात्मक प्रभाव पार्दा प्रत्यक्ष मारमा लगानीकर्ता परेका हुन् । यस्तै, सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि सेयर धितो कर्जा लिएका लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ‘मार्जिन कल’ गरेर सताउने गरेको गुनासो लगानीकर्ताले गरेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक वर्षअघि २०७८ असार १ गते दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गर्याे । त्यो बेलामा बोर्डले लगानीकर्ताको पक्षमा काम गर्नको लागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त देखिएको बताएको थियो । जसले सेयर लगानीकर्ताको मनोबलमा ठूलो प्रभाव पारेको थियो । आफूले लगानी गरेको कम्पनीलाई नियामक निकायले नै जोखिमयुक्त भनेर सार्वजनिक गर्दा लगानीकर्तामा ठूलो दबाव परेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिमा सेयरधितो राखेर एउटै व्यक्तिले एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँमात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसको नकारात्मक प्रभाव लगानीकर्तालाई अहिलेसम्म पनि छोड्न सकिरहेको छैन । ऐतिहासिक रेकर्ड बनाइहेको सेयर बजार घटाउन सोही व्यवस्थाले ठूलो भूमिका खेलेको लगानीकर्ताहरु बताउँदै आएका छन् । लगानीकर्ता राधा पोखरेल बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा लगानीकर्ताहरु दबावमा परेको बताउँछिन् । ब्याजदर बढ्दा कर्जाको लागत पनि बढेकाले लगानीकर्ता ठूलो दबावमा परेको उनको भनाइ छ । उनका अनुसार एकल अंक ब्याजदर हुँदा लिएको कर्जाको ब्याजदर दोब्बर हुँदा लगानीकर्तालाई ठूलो समस्या परेको छ । उनले बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले सहज रुपमा सेयर धितो कर्जा पाउन पनि समस्या रहेको बताइन् । ‘अहिले सहज रुपमा सेयर धितो कर्जा पाउँदैन, बैंक तथा वित्तीय संस्थाले अलि–अलि पैसा दिन्छ, लगानीकर्ताले माग गरेजति कर्जा दिँदैनन्,’ उनले भनिन्, ‘कर्जाको लागत बढ्दा सेयर बजार घटिरहेको छ, ६÷७ प्रतिशत ब्याजदर हुँदा लिएको सेयर धितो कर्जा ब्याज १५ प्रतिशतसम्म पुगेको छ, यसले गर्दा लगानीकर्तालाई प्रत्यक्ष मार परेको छ ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । सेयर बजार सामान्य घट्दा पनि मार्जिन कल आउँदा लगानीकर्ता दबावमा पर्ने गरेको उनले बताइन् । सेयर धितो कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँदा लगानीकर्ता पीडित हुनु परेको उनको भनाइ छ । ‘सेयर बजार घटेको बेलामा मार्जिन कल धेरै आउँछ, बजार अलिकति घट्ने बित्तिकै दैनिक २÷३ पटक फोन गरेर दबाव दिन्छन्, बैंक तथा वित्तीय संस्थाको कारण लगानीकर्ता धेरै पीडित हुनु परेको छ, बैंकले ब्याजदर बढी लिए पनि सहज रुपमा कर्जा पाउन सकिरहेको छैनन्, बैंकहरुमा पैसा नै छैन भन्छन्,’ लगानीकर्ता पोखरेलले भनिन्, ‘पछिल्ला केही दिनमा केही सहज भएको जस्तो महसुस भएको थियो तर बैंकको ब्याजदर खुकुलो गर्ने निर्णयले नै तरलता अभाव नै छ भन्ने बुझिन्छ, यसले झनै समस्यामा पारेको छ ।’ तर, यस पटकको सेयर बजारबाट भने लगानीकर्ता पोखरेलले राम्रो शिक्षा पाएको बताइन् । सेयर बजारमा लगानी गरेर मात्रै भर नपर्नुपर्ने उनको धारणा छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा नराम्रो प्रभाव पारेको उनले बताईन् । ‘सेयर बजारमा यसपटक मैले राम्रो शिक्षा पाएकी छु, सबै काम छोडेर सेयर बजारमा मात्रै डिपेन्डेन्ड हुनुहुन्न भन्ने ज्ञान पाएकी छु, लगानीकर्तालाई पनि यही आग्रह गर्छु, सेयर बजार सँगसँगै अन्य प्रोफेसनपनि बढाउनुपर्दाे रहेछ,’ उनले भनिन् । लगानीकर्ता दिपेन्द्र अग्रवाललेराष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सेयर धितोकर्जा पाएपनि लागत भने उच्च तिर्नु परेको बताए । हाल १६ प्रतिशत लागतमा कर्जा लिनु परेको उनको भनाइ छ । सेयर धितोको लागत बढेको कारण सेयर बजार घटेको उनको भनाइ छ । ‘लगानीकर्ताले राष्ट्र बैंकको सीमाभित्र रहेर सेयर धितो कर्जा पाइरहेका छन् तर कर्जामा १५÷१६ प्रतिशत लागत लाग्ने गरेको छ, कर्जाको लागत बढेको हुँदा सेयर बजार घटेको हो,’ उनले भने, ‘मार्जिन कल खासै नहुन सक्छ, १८५० भन्दा तल नझर्दासम्म मार्जिन कल आउँदैन, अन्य क्षेत्र हेर्ने हो भने सेयर बजार सेक्टर सुगम छ, अन्य सेक्टर टाट पल्टिने अवस्थामा छन्, यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको लगानी गर्न सेयर बजार नै हो ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा पनि सेयर बजार बढ्ने गरेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो गर्ने निर्णयले कर्जा बढी गएको क्षेत्रका लागनीकर्तालाई बढी असर गर्ने उनले बताए । सेयर धितो कर्जाका आधारमा मात्रै लगानीकर्ता सेयरमा लगानी गर्छन भन्ने अवस्थाको अन्तय भएको उनले बताए । ‘जतिजति ब्याज बढ्छ उती नै सेयर बजार बढ्ने अवस्थामा आइसकेको छ, आगामी दिनमा बजारको यात्रा रम्रो हुने देखिन्छ, ब्याजदर खुकुलो पार्ने बैंकहरुको निर्णले जुन क्षेत्रमा बढी कर्जा छ उनीहरुलाई असर पर्छ, सेयर बजारमा जम्मा ७० अर्ब बराबरको कर्जा छ,’ लगानीकर्ता अग्रावालले भने, ‘सेयर धितो कर्जा घट्दा बजारमा चाम छैन भन्ने बुझिन्छ, ब्याजदर महँगो भयो भन्दैमा भोलिका दिनमा कर्जाका आधारमा मात्रै नभएर नगद बाट मात्रै बजार चल्न सक्छ ।’ लगानीकर्ता विष्णु अग्रवाल लगानीकर्ता चौतर्फी दबावमा परेको कुरा घटेको सेयर बजारले प्रष्ट देखाएको बताउँछन् । लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेकाले बजार धेरै तल झरेकाले अब बजार नघट्ने उनको आश्वासन छ । अहिले यी सबै त्रासहरु सिमित अवधिका लागि मात्र रहेकाले छिट्टै उकालो यात्रा गर्ने उनको धारणा छ । उनले अहिले लगानीकर्ता चौतर्फी रुपमा दबावमा परेको उनी बताए । ‘बजार जुन तरिकाले तल झरिरहेको छ, त्यसको प्रभाव त्यहि नै हो, नेगेटिभ सेन्टिमेन्ट सिर्जना गर्न सफल भएको छ,’ उनले भने । बैंकहरुले आफ्नो क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेको उनले बताए । तर, ब्याजदर बढेको हुँदा लागत पनि उच्च रहेको हुँदा लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । ‘बैंकको क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिट गरेको छ भने त्यो बैंकबाट कर्जा पाउने अवस्था छैन, कर्जा दिएपनि अहिले ब्याजदर बढी भएकाले लागत बढी छ,’ उनले भने, ‘सेयर बजार घट्दा मार्जिन कल गर्ने गरेको छन्, अहिले पनि मार्जिन कल आइरहेको छ, यसअघि मार्जिन कल गर्दा बजार सम्हालियो भनेका थिए तर अहिले सेयर बजार घटेको हुँदा फेरि मार्जिन कल आउन सक्छ ।’ लगानीकर्ता छोटेलाल रौनियार बैंकहरुका कारण लगानीकर्ता पीडित बन्नु परेको बताउँछन् । बजार घटिरहेको बेलामा ब्याजदर बढाउँदा झनै दबावमा पारेको उनको भनाइ छ । लगानीकर्ताको मानोविज्ञान अनुसार बजारमा धारणा राख्नुपर्ने उनको भनाइ छ । लगानीकर्तालाई हतोत्साहित गर्न नियामक निकायदेखि सार्वजनिक ब्यक्तिहरुले बजारलाई हिट गर्ने किसिमका गतिविधि गर्दा लगानीकर्ताको मनोबल घट्ने गरेको उनले बताए । ‘नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोडेको दिनदेखि पूँजी बजार घटिरहेको छ, बैंकहरुले लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ, एक वर्षअघि ३२ सय परिसूचक हुँदा लगानीकर्ताको आम मनोविज्ञान बुलिस थियो,’ उनले भने, ‘त्यसपछि नियामक नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्याे, राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयरधितो कर्जामा ४÷१२ करोडको सीमा तोक्यो, अर्थमन्त्रालयले यस्तै प्रकारका सार्वजनिक बक्तव्य बोलिरह्यो, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायत जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा लगानीकर्ताको मनोविज्ञान कमजोर बन्यो, १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् ।’

सुरज वैद्यको टोयोटा नेपालको आम्दानी पौने ५ अर्ब, ४ अर्ब ऋणका लागि अल्पकालिन रेटिङ

काठमाडाैं । टोयोटा गाडीको नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले एक वर्षमा पौन ५ अर्ब रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । व्यवसायी सुरज वैद्यको लगानी रहेको उक्त कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४७ प्रतिशतले आम्दानी बढाएको हो । सन् २०२० मा कम्पनीले ३ अर्ब ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा ५ अर्ब ८७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता हो । यस कम्पनीका अध्यक्ष सुरज वैद्य र प्रबन्ध निर्देशक रितु सिँह वैद्य हुन् । कम्पनीमा सुरजसहित रितु सिँह वैद्य र सुशान सिंह वैद्यको सेयर स्वामित्व छ । कम्पनीमा सुरजको ६० प्रतिशत, रितुको ३० प्रतिशत र सुशानको १० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले ४ अर्ब रुपैयाँ अल्पकालिन ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले ए थ्री को रेट्रि पाएको छ । ओयोटा मोटर्स कर्पोरेशन मिनी गाडीदेखि ठूला ट्रकसम्मका मोडेलहरूकाबिक्री गर्ने एक परिचित कम्पनी हो । जापानमा आफ्नै १२ प्लान्टहरू र ११ उत्पादन सहायक र सम्बद्ध कम्पनीहरू बाहेक, टोयोटासँग २६ देश तथा स्थानहरूमा ५१ उत्पादन कम्पनीहरू छन् । टोयोटा जनरल मोटर्सपछि विश्वको दोस्रो ठूलो अटोमोबाइल निर्माता हो टोयोटा हो । जसले प्रत्येक वर्ष १६० भन्दा बढी देशहरूमा ५.३ मिलियन सवारी साधनहरू बिक्री गर्दै आएको छ ।