बैंकहरुले कर्जामा लिन्छन् १८% बढी ब्याज, कुन बैंकबाट ऋण लिँदा सस्तो ?

काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । लामो समयदेखि स्थीर रहेको ब्याजदर वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाहरुको चौतर्फी रुपमा विरोध भइरहेको छ । ब्याजदर बढ्दा सेयर बजार ओरालो लागेको र उद्योगी व्यवसायीहरुले लागत बढेको भन्दै विरोध गरिरहेका छन् । बैंकहरुले ब्याजदर बढाएर मुद्दती (रेमिट्यान्स)खातामा १५.१३ प्रतिशतसम्म र साधारण बचतमा १०.६३ प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तथा लगानीयोग्य रकमको अभाव भएपछि यसअघि ६ महिनासम्म स्थीर रहेको ब्याजदर बढाएका हुन् । बैंकहरुले ब्याजदर वृद्धि गरेर १५ प्रतिशतभन्दा बढी पुर्याउँदा कर्जाको ब्याजदर १९ प्रतिशतको हाराहारीमा पुगेको छ । जसले गर्दा ऋणीहरुको लागत उच्च हुने देखिएको छ । बैंकहरुको लागत बढेपछि आधार दर (बेस रेट)पनि बढेको छ । बैंकहरुले आधार दरमा प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन् । तर, बैंकहरुले ग्राहकपिच्छे र कर्जाको प्रकारपिच्छे फरक–फरक प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गरेका छन् । हाल बैंकहरुमध्ये सिटिजन्स बैंकको आधारदर सबैभन्दा बढी रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधादर सबैभन्दा कम रहेको छ । सिटिजन्स बैंकबाट ऋणीले कर्जा लिँदा सबैभन्दा महँगो लागत लाग्ने गरेको देखिन्छ भने राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा सस्तो पर्ने देखिन्छ । सिटिजन्स बैंकको आधारदर १०.५५ प्रतिशतरहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको अधार दर ७.८६ प्रतिशत छ । जुन बैंकको आधारदर कम भयो सो बैंकको कर्जामा ब्याजदर पनि सस्तो हुन्छ भने आधार दर बढी भएका बैंकबाट कर्जा लिँदा ऋणको ब्याज पनि बढी हुन्छ । अधिकांशवाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमाआधार दर भएका बैंकबाट ऋण लिँदालागत बढी लाग्ने गर्छ । हाल विभिन्न ९ वटा वाणिज्य बैंकको आधार दर दोहोरो अंकमा पुगेको छ । बैंक अफ काठमाण्डूको १०.०४ प्रतिशत, सेञ्चुरी बैंकको १०.४० प्रतिशत, सिटिजन्स बैंकको १०.५५ प्रतिशत, कुमारी बैंकको १०.४९ प्रतिशत, लक्ष्मी बैंकको १०.०२ प्रतिशत, मेगा बैंकको १०.१९ प्रतिशत, सनराइज बैंकको १०.४२ प्रतिशत, नेपाल एसबिआई बैंकको १० प्रतिशत र एनआईसी एशिया बैंकको १०.०४ प्रतिशतआधार दर रहेको छ । यस्तै, कृषि विकास बैंकको ८.९० प्रतिशत, सिभिल बैंकको ९.५० प्रतिशत, एभरेष्ट बैंकको ८.९२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.४० प्रतिशत, हिमालयन बैंकको ९.८८ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.९५ प्रतिशत, नबिल बैंकको ८.७७ प्रतिशत, नेपाल बैंकको ७.९९ प्रतिशत, एनसीसी बैंकका ९.३५ प्रतिशत, नेपालइन्भेष्टमेन्ट बैंकको ९.०२ प्रतिशत, एनएमबि बैंकको ९.९७ प्रतिशत, प्रभु बैंकको ९.४२ प्रतिशत, प्राइम बैंकको ९.९९ प्रतिशत, सानिमा बैंकको ९.५७ प्रतिशत, सिद्धार्थ बैंकको ९.५० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८.४० प्रतिशतर राष्ट्रिय वाणिज्य बैंकको ७.८६ प्रतिशत आधार दर रहेको छ । कुनको कति ?

इन्स्योरेन्स कम्पनी, सिटीसी मलदेखि कलेजलाई महानगरको पत्र : १० दिनभित्र कर नतिरे कारवाही गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्स्योरेन्स कम्पनी, सिटीसी मलदेखि कलेजहरुलाई १० दिनभित्र राजस्व तिर्न पत्र काटेको छ । महानगरपालिकाले बुधबार पत्र लेखेर विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ । महानगरले वरुण वेभरेजसहित भिजि अटोमोबाइल्स, आदर्श नगर विजनेश, रन्जना ट्रेड, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलेपमेन्ट एण्ड पोलिसी स्टडिज, नेम इनस्टिच्युट फर मेडिकल एजुकेशन, स्टार होल्डिङ, पुण्य मेन्सन, रिद्धिसिद्धि डेभलपर्सलाई एकसाथ पत्र काटेको छ । महानगरले वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल, स्काउट, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई पनि सम्पत्ति कर तिर्न पत्र काटेको छ । त्यसैगरी, बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएका छन् । यस्तै, महानगरले चिठी काटिएका व्यक्तिमा रविन्द्र बहादुर मल्ल, सुभाष कुमार घिमिरे, मसिना आमात्य, रबिना श्रेष्ठ, शिशु अर्याल, योगदान पौडेल, प्रदिप रत्न ताम्राकार, वसुन्धारा तुलाधार, पुरुषोत्तम संघई र किरण संघई रहेका छन् ।

दरबारको भनिएको मर्सिडिज गाडीको विषयमा सरकार नै वेखबर

काठमाडौं । सोमबार काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टबाट निकालेर अन्यत्रै लगिएको बा १झ ६९० नम्बरको मर्सिडिज बेञ्ज गाडीको विषयमा सरकारी पक्षसँग कुनै जानकारी नभएको पाइएको छ । विभिन्न व्यक्तिहरुले सो गाडी पूर्व राजा विरेन्द्रले प्रयोग गर्दै आएको हुनसक्ने आशंका गरेपनि सम्बन्धित कार्यालयहरुले सो विषयमा तथ्यांक नै नभेटिएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्र कुमार केसीले लक्ष्मी बैंकबाट निकालिएको गाडीको विषयमा मन्त्रालयलाई जानकारी भएको तर सो विषयमा थप अनुसन्धान नगरी केही भन्न नसकिने धारणा राखे । नारायणहिटी दरबार संग्रालयकी प्रमुख ज्योति रावलले आफूहरुले पनि अनलाइनमा आएको सामग्री हेरेको तर त्यहाँ देखिएको सवारी साधन दरबार संग्राहलयको रेकर्डमा नरहेको बताइन् । उनले झट्ट हेर्दा राजा चढ्ने जस्तो गाडी देखिएको तर सो विषयमा आफूहरुलाई जानकारी नभएको बताइन् । ‘हामीले पनि सञ्चार माध्यममा नै आएर थाहा पाएकाैं हाैं, त्यो गाडी दरबार संग्रालयको रेकर्डमा छैन’, उनले भनिन्, ‘हामीसँग रेकर्डमा भएको गाडीहरु हामीसँग नै छन्, त्यो गाडीको विषयमा हामीलाई जानकारी नै भएन, समाचारमा हेर्दा त त्यहाँ भए जस्तै देखिन्छ ।’ समाचारमा हेर्दा गाडीको पछाडि सरकारी नम्बर प्लेट पनि देखिएको तर सो विषयमा आफूहरुलाई कुनै जानकारी नभएको रावलको भनाइ छ । ‘सरकारी नम्बर प्लेट पनि छ, पहिला–पहिला राजाको समयमा लिलाम पनि हुन्थ्यो भन्ने हामीले सुनेको, त्यतिबेला बाहिर निक्लेको पनि हुन सक्छ’, रावलले विकासन्युसँग भनिन् । यातायात व्यवस्था कार्यालय सानाठूला सवारीका प्रमुख मदन पोख्रेलले आफ्नो कार्यालयमा लक्ष्मी बैंकको बेसमेन्टबाट निकालिएको गाडीको विषयमा कुनै तथ्यांक नभएको बताए । पोख्रेलले सो गाडीको विषयमा धेरै व्यक्तिहरुले जानकारी लिन खोजेको तर आफ्नो कार्यालयमा कुनै जानकारी नभएकाे धारणा राखे । ०४६ साल भन्दा अगाडि चलेका गाडीहरुको रेकर्ड प्रहरीकोमा हुने गरेको र पछि प्रहरीले हस्तान्तरण गरेतापनि ३३०० गाडीको सवारी रेकर्ड नआएको पोख्रेलले बताए । ‘०४६ सालभन्दा अगाडि सबै रेकर्डहरु प्रहरीकोमा हुँदो रहेछ, ३३०० नम्बर भन्दा अगाडिको रेकर्ड हामीसँग नहुँदोरहेछ’, उनले भने, ‘उहाँहरुले रेकर्ड हामीलाई हस्तान्तरण गर्नुभयाेे तर पहिलो लटको ३३०० भन्दा अगाडिको चाहिँ ज्यादै पुरानो गाडी भएको हुनाले रेकर्ड हाम्रो कार्यालयमा छैन्,’ उनले भने । त्यो गाडीको रेकर्ड कहाँ छ भन्ने विषयमा आफूहरुलाई जानकारी नभएको उनकाे भनाइ छ । यस विषयमा खेतान समूहसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । सम्बन्धित सामग्री : दरबारको मर्सिडिज गाडी कसरी पुग्यो व्यवसायी राजेन्द्र खेतानको घरमा ?