दशैं बिदामा पनि बैंक खुला, कुन बैंकको कुन शाखाले दिन्छ सेवा ?
काठमाडौं । भोलि (बिहीबार)देखि दशैं बिदा सुरु हुँदैछ । असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ । दशैं बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने दशैं बिदामा पनि आफ्नाे सेवा प्रदान गर्ने जनाएका छन् । दशैं बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना निश्चित शाखा कार्यालय खुला राखेर सेवा दिने जनाएका छन् । दशैं बिदाको समयमा बैंकहरूले ३ देखि ४ घण्टामात्रै शाखा कार्यालय खुला राख्नेछन् । लक्ष्मी सनराइज बैंक लक्ष्मी सनराइज बैंकले मधेश प्रदेशका वीरगञ्ज (आदर्शनगर, लिङ्गरोड ), जनकपुर (भानु चोक), सिरहा (लहान) शाखाबाट सेवा दिनेछ । यस्तै, बागमती प्रदेशमा (उपत्यकाभित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी, सुकेधारा, तिनकुने, पुरानो बानेश्वर, खुशिबु, भक्तपुर (सल्लाघारी), बौद्ध र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ । यस्तै, गण्डकी प्रदेशमा पोखरा न्यूरोड, औद्योगिक क्षेत्र, दमौली, पोखरा (अमरसिंह), रजहर पोखरा (चिप्लेढुङ्गा), सुन्दरबजार, वालिङ र बाग्लुङ शाखा, लुम्बिनी प्रदेशमा कोहलपुर, सुनवल, भैरहवा, रामपुर, नेपालगंज (कारकाँदो चोक, तौलीहवा, घोराही, तुल्सीपुर, बुटवल (मिलन चोक) शाखाबाट सेवा दिने बैंकको भनाइ छ । कर्णाली प्रदेशमा मुसिकोट, वीरेन्द्रनगर, श्रीनगर, छिञ्चु शाखा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक), सुख्खड, धनगढी (शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ । यस दिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले दशैं बिदामा सातै प्रदेशमा विभिन्न शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका धरान १, विराटनगर १, दमक १, रोडशेष, विराटनगर, बिर्तामोड र इटहरी शाखाबाट सेवा दिनेछ । यस्तै, मधेश प्रदेशका वीरगञ्ज १, पडारी चौक, जनकपुर, बाइपास रोड, वीरगञ्ज शाखा, बागमती प्रदेशका हिटी दरबार, पाटन, न्यूरोड, टेकु, महाराजगञ्ज, कौशलटार, भरतपुर र बनेपा शाखा खुला रहने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका न्यूरोड, पोखर शाखा, लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, नेपालगञ्ज, घोराही र सुदूरपश्चिम प्रदेशको धनगढी १ शाखा खुला रहनेछन् । दशैं बिदा अवधिभर बिहान १० बजेदेखि २ बजेसम्म खुला रहने र सो समयमा रकम जम्मा, चेक भुक्तानी र रेमिटेन्स भुक्तानी सेवा उपलब्ध रहेको बैंकले जनाएएको छ । प्राइम बैंक प्राइम बैंकले पनि दशैं बिदामा खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकका अनुसार कोशी प्रदेशमा कन्चनबारी, धरान, काकरभिट्टा, इटहरी, हनुमानदास रोड, दमक, पकालि ट्राफिक चोक, पुस्पलाल चोक बिर्तामोड शाखा, मधेश प्रदेशको जनकपुर, वीरगञ्ज शाखा कार्यालय खुला रहनेछन् । यस्तै, बागमती प्रदेशमा न्यूरोड, चावहिल, मंगलबजार, च्यामासिंह, हेटौंडा, न्याँ बानेश्वर, सामाखुशी, पुल्चोक, गठ्ठाघर, नारायणगढ, न्यूप्लाजा, कालिमाटी, ग्वार्काे ललितपुर, ठिमी, सोह्रखुट्टे, कलंकी, पाटन, भक्तपुर र भरतपुर शाखा खुला हुने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशमा पृथ्वीचोक, बीपी चोक, न्यूरोड पोखरा, पाटनचोक शाखा, लुम्बिनी प्रदेशका नेपालगञ्ज, भैरहवा, पाल्पारोड बुटवल, चौरहा बुटवल शाखा, कर्णाली प्रदेशका लेकबेशी, छिन्चु, वीरेन्द्रनगर शाखा, सुदूरपश्चिम प्रदेशका धनगढी, लम्कि, अत्तरिया, चौराहा धनगढी शाखा खुला रहने बैंकले जनाएको छ । दशैं बिदामा बिहान ११ बजेदेखि २ बजेसम्म बैंकिङ सेवा दिने बताइएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले दशैंका दिनमा पनि सेवा दिने गरी खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले बिदाको समयमा बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिनेछ भने टीकाको दिन खुला रहने शाखाले १ बजेदेखि ३ बजेसम्म सेवा दिनेछ । बैंकले कोशी प्रदेशका झुम्का, धुलाबारी, बुद्धबारे, काँकडभिट्टा, विराटचोक, ट्राफिक चोक, कञ्चनबारी, धरान, इनरुवा, चाराली, दमक, तीनपैनी, इटहरी, गाइघाट, विराटनगर, बिर्तामोड, धुलाबारी शाखा, मधेश प्रदेशका जनकपुर, जनकपुर स्टेशन, वीरगन्ज, चन्द्रपुर, राजविराज, रुपानी, लहान, गोलबजार, गौर, लालबन्दी शाखा खुला रहेनछन् । बागमती प्रदेशका कान्तिपथ, कुलेश्वर क्षेत्रपाटी, डिल्लीबजार, त्रिपुरेश्वर, अनामनगर, शंखमुल, कमलादी, चाबहिल चोक, नक्साल, गोङ्गबु, सिनामंगल, बालाजु चोक, ज्ञानेश्वर, तिनकुने, लगनखेल, सातदोबाटो, काँडाघारी, बनेपा, इताछँे, नारायणगढ, टाँडी, बेलचोक हेटौँडा, बैंक रोड शाखा खुला रहनेछन् । यस्तै बागमतिका न्यूरोड, धापासी, ठमेल, मध्यबानेश्वर, पानीपोखरी, कोटेश्वर, कलङ्की, जावलाखेल, भरतपुर, सूर्यविनायक, सानो गौचरण, हात्तीगौँडा, कुपोण्डल, सुकेधारा, शहिदचोक, पर्सा शाखा खुला रहने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका न्यूरोड, पोखरा, सभागृह चोक, बेगनास, चिप्लेढुङ्गा, लेखनाथ, लेकसाइड पोखरा, बुढीबजार कास्की, बिरौटा, पामे, बगर, पावरहाउस, बेसीशहर, कावासोती, दमौली, बाग्लुङ, अमरसिंहचोक शाखा, कार्यालय खुला हुनेछन् । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले दशैं बिदामा असोज २४ गते र असोज २५ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले कोशी प्रदेशको महेन्द्रचोक, मधेशमा पिडारीचोक, बागमतीमा दरबारमार्ग, गण्डकीमा हरिचोक, लुम्बिनीमा मणिग्राम, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा क्याम्पसरोड शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले दशैं बिदामा असोज २५ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले सो दिन बागमती प्रदेशका लगनखेल, न्यूरोड र बालाजु शाखाबाट सेवा दिने भएको हाे । साथै बैंकका शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, इसीसी/आरटीजीएस, विदेशी मुद्रा विनिमय सुविधा उपलब्ध रहेको जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले दशैंको समयमा बिहान १ बजेदेखि २ बजेसम्म सेवा दिने जनाएको छ । बैंकले असोज २४ गते १५ वटा शाखा, असोज २५ गते १० वटा शाखा, असोज २७ गते ६ वटा शाखा र असोज २८ गते विभिन्न ८ वटा शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । नबिल बैंक नबिल बैंकले दशैं बिदामा २९ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, इटहरी, इटहरी पश्चिमलाइन, धरान बरगाछी, धरान, नाम्चेबजार, दमक, विर्तामोड, विर्तामोड विएनसी शाखा, मधेश प्रदेशमा वीरगञ्ज, जनकपुर, बागमती प्रदेश ललितपुर, कुमारीपाटी, महाराजगञ्ज, खिचापोखरी (न्यूरोड) न्यूरोड, तीनधारा, घण्टाघर, बौद्ध, बिजुलीबजार, कौशलटार, पनौती, नारायणगढ, हेटौडा शाखा खुला रहनेछन् । यस्तै, गण्डकी प्रदेशका पोखरा, लुम्बिनी प्रदेशका बुटवल, नेपालगञ्ज धम्बोजी चोक, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट सेवा दिने बैंकले जनाएको छ । दशैं होलिडे काउन्टरमार्फत् १० लाख रुपैयाँसम्म रकम जम्मा गर्ने र २ लाख रुपैयाँसम्म निकाल्न मिल्ने सुविधा रहेको बैंकको भनाइ छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले दशैं बिदामा नगद काउन्टर सञ्चालन रहने जनाएको छ । बैंकले कोशी प्रदेशका विराटनगर, विर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगञ्ज, जनकपुर शाखा, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड (खिचापोखरी), थानकोट, नारायणगढ खुला रहने जनाएको छ । यस्तै, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा शाखा, लुम्बिनी प्रदेशका बुटवल, नेपालगञ्ज शाखा, कर्णालीका सुर्खेत शाखा र सुदूरपश्चिमको धनगढी चौराहा शाखा खुला रहनेछन् । बैंकका अनुसार न्यूरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म खुला हुनेछ भने अन्य शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बताएको छ । सानिमा बैंक सानिमा बैंकले असोज २४ गते २९ वटा शाखा, असोज २५ गतेका दिन नक्साल शाखा, असोज २७ गतेका दिन २५ वटा शाखा र असोज २८ गतेका दिन ३० वटा शाखाबाट सेवा दिनेछ । यसदिन बैंकले बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । असोज २६ गते दशैंका दिन भने सबै शाखा कार्यालय बन्द रहने बैंकले जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोज २४ गते बौद्ध, बुटवल, वीरगञ्ज, नारायणघाट, नेपालगन्ज, पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । यस्तै, असोज २५ गतेका दिन नयाँ बानेश्वर, बिराटनगर, धरान शाखा, असोज २७ गतेका दिन न्यूरोड काठमाडौं र पोखरा शाखा र असोज २८ गतेका दिन ललितपुर, विराटनगर र पोखरा शाखाबाट सेवा दिने बै.कले जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । यस्तै, बैंकले तिहार र छठ पर्वमा पनि सेवा प्रवाह हुने शाखाको सूची सार्वजनिक गरेको छ । कृषि विकास बैंक कृषि विकास बैंकले दशैंको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी र असोज २८ गते द्वादशीका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । सिद्धार्थ बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक प्रभु बैंक मुक्तिनाथ विकास बैंकको दशैं काउन्टर सेवा कामना सेवा विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक
विद्युत व्यापारमा सफलता, दुई महिनामा साढे ७ अर्बको बिजुली निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ । भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए । ‘चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीबहिरोभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ । गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
ब्राण्डेड मदिरा बिक्री गरिरहेको ग्लोबल ट्रेडिङको व्यापार पाँच वर्ष यताकै उच्च, साढे एक अर्ब ऋण लिँदै
काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको ग्लोबल ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडले सन् २०२४ मा २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । विभिन्न किसिमका मदिरा व्यापार गर्दै आएको यस कम्पनीले सन् २०२४ मा सो व्यापार गरेको जानकारी दिएको छ । जुन व्यापार २०२३ को तुलनामा ६.२६ प्रतिशत बढी हो । सन् २०२३ मा कम्पनीले २ अर्ब २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा २ अर्ब ९१ करोड ४० लाख, सन् २०२१ म १ अर्ब ९६ करोड ६० लाख र सन् २०२० मा १ अर्ब ७६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । ग्लोबलले उच्च तथा मध्यम स्तरका व्यक्तिका लागि लक्षित गर्दै स्कटल्याण्डको जनी वाल्कर कम्पनीले उत्पादन गरेको ब्लाकलेबल, डबलब्लाक, रेडलेबललगायत महंगा ह्विस्कीका साथै सिमरअफ कम्पनीको भोडका आयात गरी नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीले इक्रा नेपालमा ऋणका लागि रेटिङ गराउँदा एनपी ए थ्री रेट्रिङ पाएको छ । कम्पनीले फण्डमा आधारित दीर्घकालीन २६ करोड र सर्टटर्मका लागि ९५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले नन फण्डेड २९ करोड ८० लाख रुपैयाँ गरेर कुल १ अर्ब ५० करोड ८० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले व्यापार, उत्पादन, हस्पिटालिटी, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेको छ । कम्पनीको अध्यक्ष आशिषकुमार अग्रवाल हुन् । जसको यस कम्पनीमा १९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यो कम्पनीमा विभिन्न १४ जनाको सेयर छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार अग्रवाल हुन् । । कम्पनीले विभिन्न ब्राण्डका ह्विस्की, भोडका, रम, जिन, ब्राण्डी र टकिलाको बिक्री गर्दै आएको छ । सन् १९९८ नोभेम्बर ३० मा स्थापना भएको ग्लोबल ट्रेडिङले विभिन्न मुलुकहरूमा उत्पादन भएको ब्राण्डेड मदिरा र बियर आयात गरी नेपालभरि बिक्री वितरण गर्दै आएको छ । इक्रा नेपालले मदिरा उत्पादनहरू नेपालमा सबैभन्दा बढी कर लगाइने वस्तुहरूमा पर्ने हुँदा प्रत्येक वर्ष उत्पादन शुल्क बढ्दै जाँदा केही जोखिम सिर्जना गर्न सक्ने उल्लेख गरेको छ । सरकारले तयार मदिरामा उच्च आयात शुल्क लगाँदा र घरेलु मदिरा उद्योगलाई संरक्षण दिँदा आयातित मदिरा कम्पनीलाई समस्या हुन सक्ने उल्लेख गरेको हो ।