एसईई पास गरेका विद्यार्थीले यस कारण रोज्ने होटल म्यानेज्मेन्ट

आजभोलिका विद्यार्थीहरू स्मार्ट छन् । अभिभावकको दबाबमा नभई आफूले गर्न सक्ने र आउने दिनमा गर्ने सकिने अवसर छनोट गरेर विषय रोज्न थालेका छन् । कुनै समय डाक्टर इन्जिनियर मात्र पेसा रोज्न दबाब दिने अभिभावकहरू पनि अहिले बच्चाहरूको रुचिका आधारमा विषय छनोटमा सहयोग गर्छन् । आजभोलि अन्य विषय जस्तै विद्यार्थीहरूको रुचि होटल म्यानेजमेन्ट क्षेत्रमा पनि बढिरहेको छ । हस्पिटालिटी क्षेत्रमा पर्ने होटलम्यानेजमेन्ट कस्ता विद्यार्थीले पढ्न सक्छन् हामीले टेक्सास कलेजको होटल म्यानेजमेन्ट विभागीय प्रमुख सुवोध दाहालसँग कुराकानी गरेका छौं ।  होटल म्यानेज्मेन्टके हो ?   होटल म्यानेज्मेन्ट भनेको अहिले विश्व बजारमा पर्यटन र होटलसँग सम्बन्धी रोजगारी छ, यसको माग पूर्ति गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डले विगत केही वर्षदेखि लागू गरेको कोर्स हो । यो कोर्स पढिसकेपछि विद्यार्थीले होटलमा इन्ट्रेयल तहको जागिर गर्न सक्छन् भने पर्यटन क्षेत्रमा पनि जान सकिन्छ । यसमा पढाइ पुरा गरिसकेपछि ब्याचलर इन होटल म्यानेजमेन्ट, ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट अन्तर्गत अध्ययन अध्यापन अगाडि बढाउन पनि सक्नुहुन्छ ।  यसको छुट्टै कोर्स हुन्छ कि विषय मात्रै छनोट गर्नुपर्छ ? एसईई दिएर होटल म्यानेजमेन्टकाे छुट्टै कोर्स भन्ने हुँदैन । यो विषय म्यानेजमेन्टमा भर्ना भएर अनिवार्य विषयहरू पढ्नै पर्ने हुन्छ । त्यो सँगसँगै मुख्य विषय भनेको होटल म्यानेजमेन्ट राखेर पढ्न सकिन्छ । यो कोर्स जम्मा २ वर्षको हुन्छ । कक्षा ११ र १२ पास गर्नुपर्छ । यसमा प्रयोगात्मक धेरै हुन्छ ।  कस्ता विषयहरू पढ्नुपर्छ ? यसका लागि माथि भने जस्तै अन्य विषयसँगै मुख्य विषयका रुपमा यो विषय पढ्नुपर्ने हुन्छ । तर ब्याचलरमा गइसकेपछि होटलमा चार वटा डिपार्टमेन्ट हुन्छ । फ्रन्ट अफिस, हाउसकिपिङ,  फुड एण्न वेभ्रेज  प्रडक्सन जसलाई किचन पनि भनिन्छ । ब्याचलर इन होटल म्यानेज्मेन्ट पढ्दा विशेष गरी होटल म्यानेज्मेन्ट पढ्नुपर्छ भने अनिवार्य विषय सँगसँगै होटल म्यानेज्मेन्ट पढ्नुपर्ने हुन्छ र कोर्सको रिक्वाएरमेन्ट अनुसार प्रयोगात्मक रुपमा लिने गरिन्छ । कस्तो रुचि भएका विद्यार्थीहरू यो विषय रोज्ने ? जसको स्वभाव बहिर्मुखी छ, जसले पाहुनासँग परिचय गर्न मन पराउँछ, आफ्नो उत्पादित सामाग्रीहरू बिक्री गर्न सक्छु भन्ने कन्फिडेन्स हुन्छ त्यस्ता विद्यार्थीले यो विषय रोज्दा राम्रो हुन्छ । यो विषय अहिले विश्व बजारमा निकै इमर्ज भएको विषय हो । के पनि विश्वास गरिन्छ भने प्रत्येक १० जनामा एक जना यो इन्ड्रष्टिसँग आवद्ध छन । विश्वमा पेट्रोलियम पछिको ठूलो इन्ड्रष्टी हस्पिटालिटी मान्ने गरिन्छ । त्यसैले पनि यो विश्व बजारमा एकदमै ग्रो भइरहेको छ । यसको माग पनि बढी छ ।  प्लसटु पढिसकेपछि स्नातक गर्नै पर्छ वा कुनै कोर्स हुन्छ ? यो व्याचलर्समा चार वर्षको कोर्ष हुन्छ । आठवटा समेस्टरमा हुन्छ । व्याचलरमा होटेलको चार वटा डिपार्टमेन्ट अनिवार्य पढ्नुपर्छ । यसमा पढेरमात्र हुँदैन प्रयाक्टिकल पनि गर्नुपर्यो । प्लसटुको भन्दा बढी प्रयाक्टिकलव्यालरमा गर्नुपर्छ भने । म्यानेजमेन्टका वेशिक कुराहरू पनि पढ्नुपर्छ । परीक्षा बोर्डले पाठ्यक्रम बनाउँदा खेरी नै ५० थेउरी र ५० माक्स प्रयाक्टिकल भनेको छ । यसमा प्रक्यिाटिकल बढी हुन्छ । प्लस टु मा अध्ययन गरेर व्याचलरमा शैक्षिक रुपमा जाने हो भने ब्याचलर इन होटलम्यानेजमेन्ट विभिन्न विश्वविद्यालयहरू अफिलियसन गरेको छ त्यसमा जाँदा हुन्छ । हैन म एक वर्ष, डेढ वर्षको डिप्लोमा गर्छु भन्यो भनेपनि यो तरिकाले अगाडि जान सकिन्छ । लागत बढी नपर्ने हिसाबले डिप्लोमा गरी यो क्षेत्रमा काम गर्न सकिन्छ । यसमा शैक्षिक रुपमा जान्छु भन्न पनि पाइयो र व्यवसायिक तरिकाले जान्छु भन्न पनि सकिन्छ । तर व्यवसायिक रुपमा जाँदा एउटा डिपार्टमेन्टमा मात्र समिति भएर बस्नुपर्छ । शैक्षिक रुपमा ब्याचलर गरिसकेपछि जुनसुकै डिपार्टमेन्टमा पनि काम गर्न योग्य हुनुहुन्छ ।  पढ्न खर्च कति लाग्छ ? यो विषय पढ्न ठ्याक्कै यति नै खर्च लाग्छ भन्ने हसुँदैन । विभिन्न स्कुल कलेजले फरक शुल्क लिन्छन् । परीक्षा बोर्डले यो विषय पढाउने स्कुल र कलेजलाई कम्तीमा प्रयोगात्मक ल्याब हुन आवश्यक पर्छ भनेको छ । टेक्सासको कुरा गर्दा प्लसटुमा होटलम्यानेजमेन्ट पढ्दा जम्मा एक लाखमा यो कोर्स पुरा हुन्छ । व्याचलरमा पनि कलेजपिच्छे फरक हुन्छ । यसमा विश्वविद्यालयको अफिलियसन अनुसार पनि हुन्छ । ल्याबमा कति लगानी गरेको छ त्यसमा पनि फरक पर्छ । तर ६/७ देखि ९/१० लाखसम्म खर्च लाग्न सक्छ । किनकि व्याचलर्समा धेरै प्रयाक्टिकल हुन्छ । इन्टर्नको लागि विदेश जानुपर्ने हुन्छ । तर विदेश गएर एक वर्ष इन्टर्न गर्दा कम्पनीले पैसा पनि दिन्छ । पैसा पनि राम्रो कमाइ हुन्छ ।  यो विषय पढेका विद्यार्थीलाई कामका अवसर कति छ ? होटलम्यानेजमेन्ट पढिसकेका विद्यार्थीले काम नपाएर घरमा बस्नुपर्ने अवस्था रहदैन । धेरैजसो विद्यार्थी आफै उयद्य्मी बन्नुुहुन्छ । हैन सुरुमा काम गर्छु भन्छ भने प्लस टुको सकिने वित्तिकै इन्ट्रलेभल काम गर्न सक्नुहुन्छ । जस्तै मैले अघि भनेको चार वटा डिमापर्टमेन्टमा गएर आफुले ज्ञान सिप प्राप्त गरेर भोलि आफ्नो स्तर अनुसारको होटेल, रेष्टुरेन्ट, क्याफे,क्याट्रीङमा पनि आफ्नो स्कोप पाउन सकिन्छ ।  विश्व बजारमा माग कति छ ? कुनै विषय आफैमा नराम्रो हुँदैन । आफुले आफैलाई पढेको विषयमा विज्ञ  बनाउन सक्यो भने त्यो अनुसार काम पनि पाइन्छ र कमाइ पनि हुन्छ । ज्ञान, अनुभव विज्ञ यि तीन कुराले काम र दामको निर्धारण गर्छ । होटलम्यानेजमेन्ट पढेको व्यक्तिसँग राम्रो सिप छ भने फुडलार्य फ्युज गरेर पनि नयाँ रेसिपी आफैले बनाउन सक्छ । यसो हुँदा एउटा नयाँ अवसर पनि हुन्छ भने बाहिर पनि यसको धेरै माग भइरहेको छ । म आफै पनि व्याचलरबाट युरोप गएर पढेर आएको हुनाले यो क्षेत्रमा राम्रो देख्छु । देश, देश बाहिर पनि छ ।  आफ्नै उद्योग खोल्न पनि सकिने, केही काम गरेर पछि आफै गर्छु भन्ने पनि सकिने यो क्षेत्र व्यापक भएकाले धेरै राम्रो अवसर छ ।  व्यक्तिमा भर पर्छ । मान्छेलाई खाना जहाँ पनि खान पर्छ । आधारभुत कुरा पनि हो । अहिले विश्वबजारमा सबै भन्दा बढी माग भएको यही विषय देखेको छु ।  पढिसकेपछिको सम्भावना के हुन्छ ? यो विषय पढेकाहरूको माग विश्व बजारमा धेरै छ । यि चार मध्ये प्रोडक्सन शेफको माग धेरै अवसर छ । नेपालमा पनि उस्तै अवसर छ र विदेशमा पनि उस्तै माग छ । अहिले नेपाली विद्यार्थी पढ्न र काम गर्न विश्का धेरै ठाउँमा पुगिसकेका छन् । इन्टर्नको लागि पनि विद्यार्थी विदेशमा जाँदा राम्रो काम गर्नेहरूलाई कम्पनीले उतै कामको अवसर पनि दिइरहेको हुन्छ । होटलम्यानेजमेन्ट पढिसकेका धेरै विद्यार्थीले पयर्टनतिर गएको पाइन्छ । यसको नेपाल र बाहिर धेरै स्कोप छ । पर्यटनमा कसरी जान सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्डले प्लसटुमा टुरिजम स्टडीज भनेर राखेको छ । यसको छुट्टै पढाइ पनि हुन्छ । तर होटलम्यानेजमेन्ट पढेका विद्यार्थीले पनि पयर्टनमा जान पाइन्छ । व्याचलर इन ट्रभल टुरिज्म स्टडिज म्यानेजमेन्टमा पनि जान पाइन्छ । यसमा गइसकेपछि ट्राभल एजेन्सी खोल्न सकिन्छ भने टुर अप्रेटरको रुपमा पनि काम गर्न सकिन्छ । सरकारी जागिर खान्छु भनेपनि पर्यटन बोर्डतिर पनि जान सकिन्छ । हस्पीटालिटी र टुरीजम एक अर्कासँग सम्बन्धीत हुन्छ त्यसैले होटलम्यानेजमेन्ट पढ्दा टुरिज्म तिर पनि जान सकिन्छ ।  कुन खानाका परिकार बनाउन बढी सिकाइन्छ ? नेपालीसँगै अरु खानाको बारेमा पनि विद्यार्थीलाई सिकाइन्छ । इटिलिनय फुड , कन्टिनेन्टल फुडको बारेमा पनि सिकाइन्छ । अहिले विश्मा सबैभन्दा धेरै कन्टिनेन्टल फुड बनाइन्छ भने होटेलमा प्रयोग हुने बेशिक कुरा जस्तै सस, सुप, वेभरेज लगायतका सबै कुरा पनि विद्यार्थीलाई सिकाइन्छ । प्रयोगात्मक परीक्षा राम्रोसँग लिएर थेउरी पढ्दै गयो भने एउटा वेसिक फुड फुडसँग सम्बिन्धत पोषण लगायतका विषयमा राम्ररी जानकारी लिन्छ ।  यो विषय पढ्न विद्यालय छनोट कसरी गर्ने ? कुनैपनि विद्यार्थीले भर्ना हुनुभन्दा पहिले कलेजकोबारेमा थाह पाउन आवश्यक हुन्छ । सकेसम्म पहिले भिजिट नै गर्नुपर्छ । आफु के विषय पढ्दै छु त्यो अनुसारको दक्ष जनशक्ती छ या छैन, भन्ने कुरा हुर्नेपर्छ । यस्ता विषय पढ्दा पढाइसँगै प्रयाक्टिकली बढी सिक्नुपर्ने भएकाले मैले काम गर्ने ल्याब कस्तो छ, कलेजले ल्यावको कति लगानी गरेको छ भन्ने कुरालाई बिचार गर्नुपर्छ । यदि ल्याबहरू छैन पढेकोमात्र छ कसरी बनाउने भन्ने सिकेको छैन भने फ्लोरमा जाँदा केही अनुभव हुँदैन । कलेज छान्दा यि कुरामा ध्यान दिनुपर्छ ।  मैले अहिले के देखेको छु भने साथी भाइले रिकमेण्डेसन गरेको भरमा कलेज छनोट गरिरहेको र विद्यार्थीहरू पनि अन्धाधुन्द भनाइ भइरहेको पाएको छु । यो राम्रो होइन पहिले कलेज राम्रो बुझनुपर्छ ।  

काठमाडौंभित्रै चार लाखदेखि ५० लाखसम्मको जग्गा, गोरेटोमा मूल्य ७ लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको छ । महानगरपालिकाले आव २०८२/८३ को लागि आर्थिक ऐनमार्फत महानगरभित्रका सबै वडामा रहेका जग्गाहरूको नयाँ मूल्यांकन सार्वजनिक गरेको हो ।  महानगरले आगामी साउन १ गते देखि नै लागू हुने गरेर महानगर क्षेत्रभित्रका प्रमुख सडक एवं अन्य सडकको दायाँबायाँ जोडिएका जग्गाहरूको नयाँ मूल्यांकन सार्वजनिक गरेको हो ।  महानगरले सार्वजनिक गरेको नयाँ मूल्यांकनमा काठमाडौं महानगरभित्र प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख  रुपैयाँसम्म जग्गाको नयाँ मूल्यांकन तोकिएको छ ।  नयाँ मूल्यअनुसार महानगरभित्र गोरेटो बाटो भएको आसपासका क्षेत्रमा जग्गाको मूल्य ७ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । बाटो नभएको ठाउँमा भने जग्गाको मूल्य प्रतिआना ४ लाख रुपैयाँसम्म तोकिएको छ । कुन ठाउँको जग्गाको मूल्य कति ? माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ । हनुमानढोका पूर्व नयाँसडक, पुरानो काठमाडौं महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै ईन्द्रचोकसम्म, न्यूरोड पिपलबोटदेखि दक्षिण आर.बी. कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौ महानगर भवन चोकसम्म, न्यूरोड खिचापोखरी,  धरहरासम्मको  मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ । केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू,  हनुमानढोका,  जिल्ला  प्रहरी  कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदैै तीनधारा पाठशालासम्म मुलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । त्यस्तै प्रतिआना ५० लाख रुपैयाँ निर्धारण भएका काठमाडौंंभिका ठाउँहरुमारत्नपार्क,  पुरानो  बसपार्क,  सहिदगेट हुँदैै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदैै भद्रकालीसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गा रहेको छ । त्यसैगरी जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा  निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य पनि ५० लाख रुपैयाँ नै रहेको छ । काठमाडौंको मनोहरा पुल-अरनिको राजमार्ग-चक्रपथ (रिङरोड)-कोटेश्वर चोकसम्म र तीनकूने–गैह्रीगाउँ–सिनामङ्गल-तिलगङ्गा- गौशाला- मित्रपार्क-चावहिल चोक हुँदै धोविखोला पुलसम्मको सिमानासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ ।  बालकुमारी-कोटेश्वर-तिनकुने-मिनभवन-नयाँ बानेश्वर-बिजुलीबजार  थापाथली-त्रिपुरेश्वर-टेकु स्थित विष्णुमती पुलसम्मका मुल सडकसँग जोडिएका दायाँंबायाँका जग्गाहरूको मूल्य प्रतिआना ३२ लाख रुपैयाँ तोकिएको छ ।  नयाँ बानेश्वरदेखि कान्तिपुर डेन्टलसम्मका दायाँबायाँका जग्गाहरु ३२ लाख रुपैयाँ र पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ३२ लाख रुपैयाँ, माइतिघर मण्डलादेखि पुरातत्व विभाग र पूर्व सिंहदरबार दक्षिणगेट हुदै हनुमान स्थानसम्मको मूल बाटोमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि प्रतिआना ३२ लाख रुपैयाँ नै निर्धारण गरेको छ । पुरानो बानेश्वर चोकदेखि भीमसेनगोला चोक र त्यहाँबाट सिनामंगल बागमती पुल, के.एम.सी.हस्पीटल चक्रपथसम्मका मूल बाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ३० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । पूतलीसडक, बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोेकेको छ । पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्मको (शुक्रपथ) मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि प्रतिआना ४० लाख रुपैयाँ नै निर्धारण गरिएको छ । चक्रपथ जोडिएका गौशालादेखि धोविखोला आसपासमा रहेका जग्गाको मूल्य प्रतिआना ३० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै गौशाला चोकदेखि रातोपुलसम्म मुल सडकसँग जोडिएका जग्गाहरुको मूल्यांकन प्रतिआना २५ लाख रुपैयाँ निर्धारण गरेको छ ।

बीमा कम्पनीले १० प्रतिशत लघुबीमा गर्नुपर्ने व्यवस्था हट्दै

काठमाडौं । न्यून आय भएका वर्गलाई लक्षित गरी लघु बीमा कम्पनीहरु सञ्चालनमा आएको २ वर्ष पुगिसकेको छ । लघुबीमा कम्पनी सुरु भएको २ वर्ष पुगिसक्दा पनि ठूला बीमा कम्पनीलाई कूल व्यवसायको १० प्रतिशत लघु बिमा गर्नुपर्ने व्यवस्था भने यथावत नै छ । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले २०७१ सालतिर लघुबिमा निर्देशिका जारी गरी बीमा कम्पनीहरूलाई लघु बिमा ‘पोलिसी’ बिक्री गर्न निर्देशन दिएको थियो । त्यसपछि आव २०७३/७४ मा बिमा कम्पनीहरूलाई कूल व्यवसायको पाँच प्रतिशत लघुबिमा गर्न सीमा नै तोकेर निर्देशन दिएको थियो ।  त्यतिबेलासम्म नेपालमा लघुबीमा कम्पनीको अवधारणा विकास भइसकेको थिएन । प्राधिकरणले सञ्चालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई नै लघु बीमा व्यवसाय गर्न निर्देशन दिँदै आएका थिए । तर पनि बीमा कम्पनीहरुले लघु बीमा व्यवसाय गर्न सकिरहेका थिएनन् । त्यसपछि सरकारले नै २०७५÷७६ को बजेटमार्फत बिमा कम्पनीहरूलाई आफ्नो कूल व्यवसायको १० प्रतिशत अनिवार्य लघुबिमा गर्नुपर्ने व्यवस्था ग¥यो । यो व्यवस्था लागू गरेर पनि बीमा कम्पनीहरुले लघु बीमाबाट तोकेको व्यवसाय जु्टाउन सकेनन् । बीमा कम्पनीहरुले लघु बीमाबाट १० प्रतिशत व्यवसाय गर्नुपर्ने अनिवार्य व्यवस्था भएकोमा २ प्रतिशत पनि व्यवसाय गर्न नसकेपछि प्राधिकरणले लघु बिमा कम्पनीको अवधारणा अघि सारेको थियो । प्राधिकरणले २०७९ मंसिरबाट ७ लघु बीमा कम्पनीलाई लघु बिमा व्यवसाय गर्न अनुमति दियो । ७ बीमा कम्पनीलाई लघु बीमा व्यवसाय गर्ने अनुमति दिएसँगै ठूला बीमा कम्पनीलाई १० प्रतिशत व्यवसाय अनिवार्य गर्ने व्यवस्था भने खारेज भएन । जुन अहिलेसम्म उक्त व्यवस्था लागू नै रहेको अवस्था छ । तोकिएको १० प्रतिशत अनिवार्य लघु बिमा नगरेकै कारण लघु बिमा कम्पनीलाई कारोबार अनुमति दिएको हुँदा यो व्यवस्था अब राखिराख्नु उचित नभएको बीमा कम्पनीहरुको तर्क छ । लघु बीमा कम्पनी स्थापना भएर सञ्चालन भएको सुरुवाती वर्षमा यो व्यवस्था नहटेपनि अब भने कुनै औचित्य नभएको कम्पनीहरुले धारणा राख्नै आएका छन् । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश कुमार रोका लघु बीमा कम्पनीहरु आइसकेपछि यो व्यवस्था अनिवार्यता गर्नुनपर्ने बताउँछन् । ‘लघु बीमा कम्पनीको अवधारणा सुरुवातको पहिलो वर्षमा खासै वास्ता गरेनौँ, गत वर्षदेखि भने हामीले यो व्यवस्थामाथि छलफल होस् भनेर भन्दै आएका छौँ, सिईओ रोकाले भने, ‘अब हामी आइसक्यौँ, केही न केही व्यवसाय पनि सुरु गरिसक्यौँ । यो व्यवस्था अब राखिराख्नु उपयुक्त हुँदैन भनेर हामीले नियामक निकायलाई लिखितमा र कार्यक्रमहरुमा पनि भन्दै आएका छौँ ।’ ठूला बीमा कम्पनीहरुलाई कुल व्यवसायको १० प्रतिशत व्यवसाय लघु बीमाबाट गर्नुपर्ने अनिवार्य व्यवस्था भएपनि कुनै कम्पनीले २ प्रतिशत पनि व्यवसाय गर्न नसकेकोमा यो हुनु र नहुनुको कुनै औचित्य नभएको उनको तर्क छ । ‘कम्पनीहरुले भनेको व्यवसाय जुटाउन सकिरहेको छैन, त्यसमा पनि केही कम्पनीले मात्रै लघु पोलिसी बेचेका छन्, अब यो व्यवस्था हटाउनु नै उपयुक्त देखिन्छ,’ सिईओ रोकाले भने । सीईओ रोकाका अनुसार १० प्रतिशत व्यवसाय लघु बीमाबाट नपु¥याउने कम्पनीलाई कडा कारबाही नहुँदा यो व्यवस्था प्रभावकारी हुन नसकेको हो । तोेकेकोे व्यवसाय नगर्ने कम्पनीलाई पेनाल्टी, कारबाही कडा बनाउने हो भने बीमा कम्पनीहरुले जसरी पनि १० प्रतिशत व्यवसाय पु¥याएर छाड्ने उनको तर्क छ । सीईओ रोका अहिले चार लघु लघु बीमा कम्पनीहरुले झण्डै एक अर्ब रुपैयाँ बराबरको व्यवसाय गर्न सक्षम भइसकेको हुँदा यो व्यवस्था हट्दा कम्पनीको व्यवसाथ बढ्नमा थप मदछ पुग्ने बताउँछन् । यस्तै, एक बीमा कम्पनीका एक सीईओ लघु बीमा कम्पनीहरु आइसकेपछि अब यो व्यवस्था खारेज नै हुनुपर्ने विचार राख्छन् । उनका अनुसार सरकारले गरेको यो व्यवस्था ठीक भएपनि बीमा कम्पनीले प्रभावकारी काम गर्न नसकेपछि हटाउनु नै उपयुक्त हो । ‘बीमा कम्पनीहरुले लघु बीमा व्यवसाय गर्ने भनेर विभिन्न जिल्लाहरुमा शाखाहरु खुलेका छन्, तर जान सकेका छैनन्, तोकेको व्यवसाय जुटाउन सकेका छैनन्, मेरो विचारमा यो व्यवस्थाको कुनै अर्थ नै छैन, हटाउँदा नै राम्रो हो,’ उनले भने । गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी यो व्यवस्थाको कारण लघु बीमा कम्पनीको व्यवसायमा असर पर्ने सुनाउँछन् । उनले भने, ‘यो व्यवस्थाले कम्पनीको व्यवसायमा असर पर्छ । किनभने अहिले मार्केटमा ठूला कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा छ । ठूला कम्पनीमा त अस्वस्थ प्रतिस्पर्धा हुन्छ भने ठूलाले हामीजस्ता साना कम्पनीलाई पेलिहाल्छ नि ।’ लघु बीमा व्यवसाय नै गर्छु भनेर कम्पनीहरु आइसकेपछि अब सबै व्यवसाय तिनै कम्पनीहरुलाई नै दिनुपर्ने तर्क गर्दै उनले भने, ‘लघु बीमा कम्पनीहरु आएको २ वर्ष भइसकेको छ, अब हामी आफै नै केही गर्न सक्ने भइसकेको छौँ ।’ यो व्यवस्था हटाउनैपर्छ भन्ने अधिकार बीमा कम्पनीलाई नभएपनि नियामक निकायले यस विषयमा सोच्नुपर्ने समय भइसकेको उनले बताए । सीईओ भण्डारी यो व्यवस्था खारेज हुँदा लघु बीमा कम्पनी र ठूला बीमा कम्पनीलाई आफ्नो व्यवसाय विस्तार गर्नमा थप सहयोग पुग्ने हुँदा हटाउनु नै पर्ने तर्क गर्छन् । के भन्छ नियामक ? बीमा कम्पनीलगायत सम्बन्धित निकायले यो व्यवस्था हटाउनुपर्ने माग राख्ने गरेको भएपनि नियामक निकायबाट भने अहिले नै हटाउँदा अलि हतार हुन्छ भन्ने खालको धारणा राख्दै आएका थिए । अब भने प्राधिकरणले यो विषयमा चासो देखाउन थालेको छ । नियामक निकाय प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीलाई कुल व्यवसायको १० प्रतिशत अनिवार्य लघु बीमा गर्नुपर्ने व्यवस्थामाथि पुनरावलोकन हुने बताएका छन् । सम्बन्धित कम्पनी, सरोकारवालाहरुबाट यो व्यवस्थामाथि पुनरावलोकण हुनुपर्छ भन्ने सुझावहरु प्राधिकरणमा आएको हुँदा यसमाथि छलफल गरेर अघि बढ्ने उनको भनाई छ । ‘बीमा कम्पनीहरुलाई कुल व्यवसायको १० प्रतिशत व्यवसाय लघुबीमाबाट अनिवार्य भन्न जुन व्यवस्था छ, त्यमसा आवश्यकताअनुसार पुनरावलोकन हुन्छ, अध्यक्ष ओझाल भने, ‘यसमा  छिट्टै सबैलाई सहज हुने गरी व्यवस्था कार्यान्वन गर्छौ ।’ लक्षित वर्गमा जान चुनौती निम्न वर्ग, ग्रामीण क्षेत्रमा जाने भनेर सञ्चालनमा आएका लघु बीमा कम्पनीहरुले अझै उद्देश्यअनुसार गाउँ गाउँमा जान भने सकेका छैनन् । यो कुरा स्वंय कम्पनीहरु नै स्वीकार्छन् । सीईओ रोका राज्यले गर्न नसकेको काम बीमा कम्पनी एक्लैले गर्न नसक्ने बताउँछन् ।  ‘कम्पनी एक्लैले गाउँ गाउँमा जान्छु भनेर सम्भव छैन, यसमा कम्पनीलाई ब्याग सर्पोट आवश्यक छ, सिईओ रोकाले भने, ‘हामीलाई गाउँमा मात्रै जानुपर्छ भन्दा त्यो सम्भव पनि छैन । किनभने हामीलाई पनि टिक्नुछ ।’ उनका अनुसार ग्रामिण क्षेत्रमा कम्पनी खोल्दा, कर्मचारी राखेर व्यवसाय गर्न खोज्दा कर्मचारीलाई तलब खुवाउने प्रिमियम उठ्नै गा¥हो छ । सिईओ रोका निकायले लघु बीमकलाई गाउँमा मात्रै जाउँ भन्नु भन्दा केही व्यवसाय शहरी क्षेत्रमा र केही गाउँमा गर्ने वातवारण भएमात्रै कम्पनी सस्टेन हुन सकिने नभए समस्या हुने प्रष्ट्याउँछन् । उनले भने, ‘हाम्रो उद्देश्य नै गाउँमा जाने हो, जाँदैनौँ भन्ने छुट छैन । तर सहरमा पनि व्यवसाय गर्न दिनुपर्छ, केहीर्ला ग्रामिणमा जान दिनुपर्छ, किनभने सहरका कम्पनीले गाउँमा खोलिएका कम्पनीलाई कभर गर्न सहज होस् ।’