पुनर्बीमा कम्पनी खुलेको २ वर्ष वित्दा पनि ब्रोकर कम्पनी खुलेन, करोडौ कमिशन विदेशीको पोल्टामा
काठमाडौं ५, भदौ । नेपालमा पुनर्बीमा कम्पनी स्थापना भएको करीब दुर्ई वर्ष पुग्न लाख्दासमेत यसका लागि कारोबार गर्ने ब्रोकर तयार हुन नसक्दा समस्या भएको छ । पुनर्बीमा कम्पनी आएर कारोबार थालेको दुई वर्षसम्म पनि नेपालमा नै ब्रोकर कम्पनी स्थापना हुँन नसक्दा बार्षिक करोडौ रुपैयाँ कमिशनमार्फत विदेशीले लैजाने गरेका छन् नेपालमै स्थापना भएका र कारोबारसमेत गरिरहेका बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीबीच करोबारमा विदेशीलाई कमिशन दिएको खुलासा भएको छ । नेपालकै बीमा र पुनर्बीमा कम्पनीबीचको कारोबारमा विदेशी ब्रोकरले चलखेल गर्दा करोडौं रुपैयाँ कमिशनका रुपमा विदेशीले लगेको तथ्य सार्वजनिक भएको छ । नेपाल ब्रोकरकम्पनी नहुँदा बिमक र पुनर्बीमा कम्पनीबीच दलालीको काम विदेशी कम्पनीले मात्रै गर्दै आएको उल्लेख छ । विदेशी कम्पनीले दलाली गरेका कारण पनि नेपालबाट करोडौं रुपैयाँ कमिशनबापत बाहिरिने गरेको छ । नेपालमा दलाल कम्पनी नभएकै कारण नेपाका बीमा र विदेशी पुनर्बीमा कम्पनीबीचको दलालको काम भारतीय कम्पनीले गर्ने गरेका छन् । भारतीय कम्पनी जेबी बोडा र बीएस दस्तुले दलालीको काम गर्दै आएको उल्लेख छ । नेपालमा जेबी बोडाले स्थानीय एजेन्ट्समार्फत नेपालमा काम गर्ने गरेको छ भने अन्य कम्पनीले भने आवश्यकता अनुसार स्थानिय एजेन्ट्स राज्ने वा प्रतिनिधि कार्यालय स्थापना गर्ने गरेका छन् । विदेशी कम्पनीले आफूलाई जसरी सहज हुन्छ त्यसैगरी नेपालमा आएर पुनर्बीमाको डिल गर्ने गरेका छन् । नेपालमा पुनर्बीमा कम्पनी एक वर्ष अगाडि नै स्थापना भइसकेको छ । तर, यसका लागि ब्रोकरको काम गर्ने दलाल भने तयार भएका छैनन् । बीमा समितिमा एक निजी कम्पनीले आवेदन दिएको भएपनी आवश्यक प्रकृया नपुगेको समितिले जानकारी दिएको छ । नेपालमा विदेशी कम्पनीले नै पुर्नबीमाको डिल गरिरहेको नेपाली कम्पनीबाट नै दक्षताका साथ काम गर्न चाहेको बीमा समितिले जानकारी दिएको छ ।
नेपाल घुम्दाको ट्राभल बीमा शुल्क दोब्बर महंगियो
काठमाडौं ४, भदौ । नेपाल आउने विदेशी पर्यटकको बीमा रकम अस्वभाविक ढंगले बढिरहेको पदयात्रा पर्यटन व्यवसायीले बताएका छन् । अघिल्लो वर्षको भूकम्प, नाकाबन्दी, वर्षातको समयमा हुने बाढी पहिरोको जोखिम र राजनीतिक अस्थिरतले पर्यटकको बीमा रकम दुई गुणसम्मले बढेको नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा एसियन टे«किङका संचालक आङछिरिङ शेर्पाले बताए । ‘विदेशी पर्यटकलाई नेपाल ल्याउँदा लाग्ने बीमा रकमको शुल्क अप्रत्यासित रूपमा बढकोछ’, शेर्पाले भने । यसले गर्दा नेपालको प्याकेज बेच्न पनि निकै गाह्रो हुन थालिसकेको छ । पर्यटकले सम्बन्धित देशबाट नै बीमा रकम भुक्तानी गरेर आउने गरेका छन् । पर्यटनक नेपाल आउँदा स्थान, क्षेत्र, बसाई अवधि तथा ट्रेकिङ ह्याण्डलिङ गर्ने कम्पनीमा उसको बीमा रकम कति हुने भन्ने तय हुने गरेको पनि शेर्पाले बताए । उनका अनुसार नेपाल आउन बीमा रकम बढ्नु र राष्ट्रिय ध्वजाबाहकको अभावमा नेपाल आउने प्याकेज नै महङ्गो पर्ने गरेको हो । नेपाल आउने विदेशी पर्यटकको लागि बीमा रकम बढ्नु, सेवाको लागत बढी पर्नुले नेपालका व्यवसायीले प्याकेज विक्री गर्न पनि निकै गाह्रो भएको छ । बीमा रकम मात्रै नभएर भूकम्प र नाकाबन्दीको कारण नेपाल आउने पर्यटकको खर्चसमेत बढाएको छ । भूकम्पले थला परेको पर्यटन क्षेत्रलाई नाकाबन्दीले झन पछाडि धकेलेको समग्र पर्यटन व्यवसायीले भोगेरै आएको पनि हो । यस भन्दा अघि पनि नेपालको अस्थिर राजनीतिको कारण बीमा रकम बढी नै थियो । नेपालमा भइरहने बन्द हड्ताल र राजनीति अस्थितरताले पर्यटनलाई निकै ठूलो असर पारेको छ । अहिलेको अस्थिर सरकारका कारण पनि पर्यटनले गति लिन नसक्नु र नेपालप्रतिवको विदेशी पर्यटकको विश्वास निकै थोरै हुनुले पनि विमा रकम अस्वभाविक रुपमा बढीरहेको भनाइ शेर्पाको छ । हवाई उड्डयन सुरक्षा नै नेपालमा पर्यटकको बीमा रकम बढाउने माध्यम बनेको पर्यटन व्यवसायी बताउँछन् । पछिल्लो समय नेपालमा देखिएको हवाई यात्राको असुरक्षा पनि यसको कारण हो । गत फेब्रूअरीमा तारा एयरको दुर्घटना भएको दुई दिनमै काष्टमण्डपको जहाज दुर्घटना हुनु, दुई साता अघि मात्रै मकालु एयरको जहाज कर्णालीमा दुर्घटना पर्ने, फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुनु र विमानस्थलको धावनमार्ग तथा चराकै कारण पनि हवाई क्षेत्रलाई चुनौति बढ्नुले पनि पर्यटक आत्तिने गरेका छन् । पर्यटन व्यवसायीका अनुसार कुनै पनि सानो घटनाले पनि पर्यटक आत्तिने र डराउने गर्छन भने जोखिमको क्षेत्रमा जाने आउने विषयमा बीमा तथा खर्च बढ्नु सामान्य नै हो । यूरोपका नागरिकलाई नेपालको आन्तरिक वायुसेवा सकेसम्म प्रयोग नगर्नु भनेर एड्भाइजरी जारी गरेको अवस्था अझै जारी छ । नेपालका आन्तरिक वायुसेवा यात्रा गर्न चाहने ती यात्रुको लागि सम्वन्धित देशले बीमा शुल्क चर्को लिनुको कारण बनेको छ । बीमाकै कारण पर्यटकीय प्याकेज महङ्गो बीमाकै कारण नेपालमा आउने विदेशी पर्यटकको खर्च प्याकेज महङ्गो हुने गरेको पनि पर्यटन व्यवसायी बताउँछन । पर्यटकले गर्ने सबैभन्दा ठूलो खर्च नै बीमा रकममा हुने गरेको पदयत्रा पर्यटनको प्याकेज बढेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपालको भनाइ छ । नेपाल बसाई जति लामो भयो उति धेरै बीमा शुल्क तिर्नुपर्छ । बीमा रकम बढेसँगै पर्यटकको नेपाल बसाई खर्च, नेपाल आउन लाग्ने शुल्क, राष्ट्रिय ध्वजाबाहक नहुँदा बढ्ने हवाई भाडासहित पर्यटकको खर्च निर्धारण हुने गरेको व्यवसायी बताउँछन् । पर्यटकको नेपाल बसाई अनुसार बीमा र पर्यटकीय प्याकेजको शुल्क निर्धारण हुने गरेकाले पनि बीमाको शुल्क दिन वा महिनामा तय हुने गरेको छ । नेपाल आउने पर्यटकले सम्वन्धित देशमा नै बीमाको शुल्क तिरेर आउने गर्छन । नेपालका पर्यटन व्यवसायीले त ह्याण्डेल मात्रै गर्ने पनि व्यवसायीको भनाइ छ । पर्यटकको समग्रमा नेपालमा पर्यटकीय प्याकेज भूकम्प र नाकाबन्दीपछि दोब्बर नै महङ्गो भएको छ । एक साताको शुल्क, दुई साताको र महिनाको शुल्कमा फरक फरक शुल्क हुने र सोही अनुसार बीमा शुल्क निर्धारण हुने गरको छ । टानका एक व्यवसायीका अनुसार सामान्यता एउटा पर्यटकले नेपालमा पाँच सय देखि एक हजार डलरसम्मको प्याकेजमा आधा बीमा शुल्क नै तिर्ने गरेको छ । यस्तो शुल्क दुइ वर्ष अगाडि १० देखि २० प्रतिशतमा मात्रै सिमिति थियो । बीमाबाटै पैसा अशुल्न उद्दार नेपालामा आएका विदेशी पर्यटकको अन्नपूर्ण, सगरमाथा आधार शिविर तथा लाङटाङमा पदयात्रा जाने पर्यटक तथा सगरमाथा आरोहणमा जाने पर्यटकले गरेको बीमाकै पैसा अशुल्न व्यवसायीले पर्यटकलाई उद्दार गराउने गरेका छन् । साना र थोरै शूल्कमा प्याकेज बेचेको व्यवसायीले सगरमाथा क्षेत्रमा पुगेका पर्यटकलाई खानामा (दिसामा पाइने) कोलिफर्म मिसाएर खुवाउने र झाडापखाला लाग्यो भनेर हेलिकोप्टरबाट उद्दार गरेर ल्याउने गरेको टानका एक बरिष्ठ पर्यटन व्यवसायीले बताए । उनका अनुसार पर्यटक विरामी भएको बहानामा हेलिकोप्टरमा उद्दार गर्न पाइने, नेपालकै महङ्गो ग्राण्डि अस्पताल लैजाने गरेका छन् । अस्पतालसँगको मिलेमतोमा गरिने यस्तो कार्यले बीमाबाट रकम अशुल्न पाइने, व्यवसायीले पनि हेलिकोप्टर रेस्क्यु तथा अस्पतालबाट कमिशन लिने गरेकोले पनि अधिकांश पर्यटकलाई विरामीको बहानामा बीमा रकम अशुल्ने गरेको पाइएको छ । पर्यटकलाई विरामी बनाएर पैसा अशुल्नेमा सस्तो प्याकेज विक्री गर्ने पर्यटन व्यवसायी तथा पटकपटक पर्यटकलाई उद्दार गराएको बहानामा आर्थिक लाभ लिन चाहने व्यवासीको कारण पदयात्रा क्षेत्र विस्तारै बद्नाम हुँदै गएको पनि टानको भनाइ छ । नेपालमा आउने पदयात्रा पर्यटकमध्ये अधिकांशले बीमा रकम दाबी गर्न थालेका कारण पनि पर्यटकीय प्याकेज तथा बीमा नै महङ्गो हुन पुगेको पनि टानका एक पूर्व अध्यक्षको बुझार्ई छ ।
आरम्भ माईक्रोफाईनान्सको थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा
काठमाडौं, १ भदौ । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्थाले आफ्नो थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा विस्तार गरेको छ । संस्थाले भदौ १ गते बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा शाखा कार्यालयहरु सञ्चालन गरेको छ । निकट समयमै संस्थाले थप पाँच पहाडि जिल्लाहरुमा आफनो कार्यक्षेत्र बिस्तार गरी थप शाखा कार्यालय स्थापनाको लागि आवश्यक गृहकार्य गरि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७३/०७४ मा मात्रै थप करिब २४ करोड लगानी गरी ११ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवा उपलव्ध गराउने लक्ष्य लिएको छ । वित्तीय संस्थाले आफनो पूँजी वृद्धिका लागि भदौ १८ गते विशेष साधारण सभा समेत बोलाएको छ । पूँजी वृद्धि पश्चात संस्थाको जारी शेयर पूँजी ४ करोड रुपैयाँ तथा चुक्ता पूँजी २ करोड ४ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसंस्थाको योजना रहेको छ । हाल संंस्थाको १३ वटा शाखाहरु सञ्चालनमा छन् ।