सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अन्र्तगत मुक्तिनाथ विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ । साथै कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड मूल्यकोे आईपोओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँने भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा डोटी र डडेल्धुरामा बीमा जागरण कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा डोटी र डडेल्धुरामा छुट्टाछुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । डोटीमा भएको कार्यक्रममा कम्पनीका महा प्रवन्धक कमलराज गौतमको सभापतित्वमा संचालनमा कार्यक्रमको प्रमुख अतिथीहरुमा दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मलासी, उपमेयर शिवराज खड्का, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला स्थित सरकारीतथा गैरसरकारी कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु ल्गायत स्थानीय समाजसेवी, पत्रकार उपस्थिती रहेको थियो । डडेल्धुरामा संचालित कार्यक्रममा सामाजिक अभियन्ता तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले फजुल खर्च गर्नु भन्दा बीमा गर्न आग्रह गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय डडेल्धुराले शनिबार जिल्ला सदरमुकाम बस पार्कमा आयोजना गरेको बीमा जागरण कार्यक्रममा बताएका छन् । कार्यक्रममा सहभागी हुन पहिलो पटक डडेल्धुरा आएका धुर्मुसले भने, रक्सी–जाड, चुरोट खाने पैसाले बीमा गर्ने र आफ्नो परिवार खुशी बनाउँन आग्रह गरेका छन् । कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका महा प्रबन्धक कलमराज गौतम, डडेल्धुरा अमरगडि नगरपालिकाका नगर प्रमुख विशेश्वर ओझा, जिल्ला न्यायधिस कृष्णचन्द ज्ञवालि, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसि, ससस्त्र प्रहरी बलका प्रमुख रमेशबहादुर कुवर, पत्रकार महसंघका अध्यक्ष मानबहादुर साउद लगायतको सहभागिता थियो । ५ हजार बढि व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महा प्रबन्धक गौतमले बीमाबारे जानकारी दिएका छन् ।
प्रदेश नं. ५ काे नवलपरासीमा नेपाल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । प्रदेश नं ५ नवलपरासी जिल्ला (पश्चिम) को पाल्हीनन्दन स्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बैंकले वित्तीय साक्षरता कार्यक्रम छानेकोमा स्थानीय जनताको तर्फबाट आभार व्यक्त गरेका थिए । नेपाल बैंक पाल्हीनन्दन शाखाका शाखा प्रवन्धक विनोद गुप्ताको सभापतित्वमा बैंकका भैरहवा, मणिग्राम तथा बुटवल क्षेत्रका शाखा प्रबन्धकहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रमको प्रधान कार्यालयका प्रवन्धक शंकरप्रसाद अधिकारीले सहजिकरण गरेका थिए । २५० बढी स्थानीय विद्यार्थी, कृषक, उद्यमी, व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा बैंकको प्रधान कार्यालय संस्थागत योजना तथा अनुसन्धान विभागका प्रमुख तथा कार्यक्रम संयोजक लेखनाथ भुसालले बैंकिङ्ग आदत, वचतको महत्वबारे चर्चा गर्दै नेपालको बैंकिङ्ग बजारमा नेपाल बैंकले पुर्याउँदै आएको छ । प्रदेश नं ५ का प्रमुख पासांग दोर्जी शेर्पाले यस प्रदेशमा उद्यमशीलता बढाई रोजगारी तथा आय अभिवृदि गर्ने उद्यमी व्यवसायीको प्रयासमा नेपाल बैकले हरसंभव सहयोग गर्ने जनाएका छन् । सिद्धाार्थ उच्च माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष केदार गिरीले यस कार्यक्रमबाट यस उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु तथा यस क्षेत्रका बासिन्दाको बैंकिङ्ग आदत विकासमा योगदान पुग्ने बताएका छन् । बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा पुराउँदै आएको छ ।