एनआईसी एशियाको थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा दार्चुलामा
काठमाडौं । एनआईसी एशिया बैंकले यु के एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त जिल्लाको महाकाली नगरपालिका, वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा २१ औं र २२ औं शाखा रहित बैंकिङ्ग सेवा पुस १७ र १८ गतेबाट संचालनमा ल्याएको हो । बैंकले महाकाली नगरपालिका, वडा नं.७ धापमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरेको हो । यसैगरि महाकाली नगरपालिका,वडा नं.९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन महाकाली नगरपालिका, वडा नं.९ का वडा अध्यक्ष हरसिंह डाँगाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको छ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४६ अर्ब बनाउन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
सिटिजन्स बैंकको प्रदेश नं ४ काे प्रादेशिक कार्यालय पोखरामा
काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमल चौरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ४ का उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । नेपाल राज्यको संरचना : संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । त्यस्तै प्रदेश नं ४ मा रहेका ११ जिल्ला मध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव १७ हजार ग्राहक वर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।
नेपाल पुनर्बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्सबीच पुनर्बीमा सम्झौता
काठमाडौँ । नेपाल पुन र्बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्झौता भएको छ । कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता गरेको हो ।