काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ५ को प्रादेशिक कार्यालय नेपालञ्जमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदेश नं ५अन्तर्गत बैंकका ११ वटा शाखाहरु (बढैेयाताल,बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगंज,सानोश्री तथा सिद्धार्थनगर)बाट व्यापार विस्तारका गरेको छ । प्रदेश नं ५ मा रहेका १३ जिल्लामध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ ।यस प्रदेशमा बैंकले करिव ४० हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जको आदर्श नगरमा, प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।
सिटिजन्स बैंकको हालसम्म ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।