एनसीसी बैंक अवकाश काेषले बाढ्यो ७० प्रतिशत लाभांश
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक अन्तर्गत संचालित एनसीसी बैंक अवकाश काेषले अवकाश पाएका कर्मचारीहरुलाई ७० प्रतिशत लाभांश वितरण गरेको छ । काेषले उक्त कर्मचारीहरुलाई २०७५ असार मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशत अर्थात ३ करोड ६२ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको हो । कोषले करिब २०० भन्दा बढी संघ संस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको छ । उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नाे संचित बचत भएको रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको छ । साथै, सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा पनि दिँदैै आईरहेको कोषले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
एनएमबि बैंक र एनबीआई बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता
काठमाडौँ । एनएमबि बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई)बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एप्सबारे ज्ञान दिलाई आ-आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्ने जनाइएको छ । साथै बैंकले एनबीआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने जनाएको छ ।
सिद्धार्थ बैंकले शुरु गर्यो प्लाटिनम बचत खाता, यस्ता छन् फाइदा
काठमाडौँ । सिद्धार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पुर्याउन विभिन्न आकर्षक सुविधाहरु सहित सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ । प्लाटिनम खाता खोल्दा डेविट कार्ड प्रयोग गरी देशभरी रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । देशभरि रहेका ४५० भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४०५ सम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने र यो खातामा आकर्षक ६.५५ वार्षिक ब्याज दर रहने सिद्धार्थ बैंकले जनाएको छ ।