धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको शाखा बिस्तार

<p>काठमाडौँ । धनुषा जिल्ला शिरेश्वर नगरपालिकाको सखुवा महेन्द्रनगरमा कृषि विकास बैंक लि.को शाखा कार्यालय बिस्तार भएको छ । जेठ ३ गतेका दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका विशिष्ठ कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा [&hellip;]</p>


काठमाडौँ । धनुषा जिल्ला शिरेश्वर नगरपालिकाको सखुवा महेन्द्रनगरमा कृषि विकास बैंक लि.को शाखा कार्यालय बिस्तार भएको छ । जेठ ३ गतेका दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमका विशिष्ठ कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराए ।

उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा महेन्द्रनगर वासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, प्रकाश पारे । कार्यक्रममा कृषि विकास बैंक लि.का कामु विभागीय प्रमुख बासु अधिकारी, क्षेत्रीय कार्यालय जनकपुरका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Share News