रौतहटको चन्द्रपुरमा कामना सेवाकोे ७५औं शाखा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा मंगलबार ७५औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संषिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।

ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत, सर्वसाधारणको हिस्सा ४५ प्रतिशत

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल १३ लाख ४४ हजार ५३१ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

एनसीसी बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र अजोड इन्स्योरेन्स लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्ने छन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।