साताको पहिलो दिन परिसूचक घट्यो, २९ करोडको मात्रै कारोबार
काठमाडौँ । साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा वित्त ०.८४ र अन्य २.८३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ २.९५, होटल १४.४८, विकास बैंक ९.२७, जलविद्युत् ९.६७, निर्जीवन बीमा १३.०५, उत्पादन ३०.६, लघुवित्त ०.१, जीवन बीमा ३७.३३, सामूहिक ०.०४ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु एक करोड ५८ लाख ५६ हजार ६८५, नबिल बैंक रु एक करोड ५३ लाख ७३ हजार ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४६ लाख ८५ हजार १४९ र प्रभु बैंकको रु एक करोड २० लाख २५ हजार ४२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.५० प्रतिशतले कमाउदा मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच, माहुली सामुदायिक लघुवित्त ३.१० र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०६ प्रतिशतले कमाए । यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ताले ९.६४, दिव्यश्वरी हाइड्रोपावर ६.७५, नबिल इक्विटी फण्ड ४.०८ र नेशनल माइक्रोफाइनान्सका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।
जीवन बीमा कम्पनीले आर्जन गरे ७१ अर्ब ८४ करोड बीमा शुल्क, कसले कति ?
काठमाडौ । जीवन बीमा गर्ने कम्पनीहरुले आर्थिक बर्ष २०७५/७६ मा ७१ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुको प्रथम बीमा शुल्क कुल २९ अर्ब २६ करोड रुपैयाँ र नविकरण शुल्क ३९ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ । नेशनल लाईफ इन्स्योेरेन्सले बीमा शुल्क ७ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । यसमध्ये प्रथम बीमा शुल्क २ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने नबीकरण बीमा शुल्क बापत ५ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको हो । नेपाल लाईफ ईन्स्योेरेन्सले बीमा शुल्क २२ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क ९ अर्ब १ करोड रुपैयाँ रहेको छ भने नविकरण शुल्क भने १३ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले बीमा शुल्क १३ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ४ अर्ब ४९ करोड रुपैयाँ नबिकरण शुल्क ९ अर्ब १५ करोड रुपैयाँ रहेको छ । मेट लाइफ एलिकोले बीमा शुल्क ४ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ५४ करोड र नबिकरण शुल्क २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । एशियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ७१ करोड रुपैयाँ र नबिकरण शुल्क २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो । यसैगरी सूर्या लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने १ अर्ब १८ करोड रुपैयाँ नबिकरण शुल्क आर्जन गरेको छ । गुराँश लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क ७० करोड रुपैयाँ र नविकरण शुल्क १ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको हो । प्राइम लाइफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ९७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीले नबिकरण शुल्क १ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । यता, आइएमई लाईफ इन्स्योरेन्सले बीमा शुल्क ९० करोड रुपैयाँ आर्जन गरेको छ । युनियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने नबिकरण शुल्क २५ करोड रुपैयाँ आर्जन गरेको हो । ज्योति लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब रुपैयाँ आर्जन गरेको तथ्याङ्क बीमा समितिमा बुझाएको छ । कम्पनीले प्रथम बीमा शुल्क ८३ करोड रुपैयाँ र नविकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सले बीमा शुल्क ८६ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ६९ करोड रुपैयाँ छ भने नबिकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो । रिलायन्स लाईफले बीमा शुल्क ७२ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४२ करोड रुपैयाँ र नबिकरण शुल्क ३० करोड रुपैयाँ आर्जन गर्यो । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ३५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब २७ करोड रुपैयाँ र नबिकरण शुल्क भने ७ करोड रुपैयाँ रहेको छ । यता, सिटिजन लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४९ करोड रुपैयाँ र नबिकरण ६२ करोड रुपैयाँ आर्जन गरेको हो । सानिमा लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४३ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । प्रथम बीमा शुल्क ३५ करोड रुपैयाँ र नविकरण शुल्क भने ८ करोड रुपैयाँ आर्जन गरेको हो । प्रभु लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ३९ करोड रुपैयाँ र नबिकरण शुल्क ५ करोड रुपैयाँ रहेको छ । यसैगरी, महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा शुल्क २० करोड रुपैयाँ आर्जन गरेको छ भने कम्पनीको प्रथम बीमा शुल्क २० करोड रुपैयाँ रहेको छ । यता, राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क ६ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ ।
‘ई-सेवा’मा खाता खोल्ने २० लाख नाघे
काठमाडौँ । ‘ई-सेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको हो । ई–सेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको जनाएको छ । २५ जनवरी २००९ बाट सेवा सुरू ई–सेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको हो । पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ । ‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ,’ ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने । ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।