
काठमाडौं । एनआई सीएशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच क्यासब्याक सम्झौता भएको छ । टेक्नोलोजीको रिचार्जर एप प्रयोग गरी एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोडेलको मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको हो । अरु बैंकको मोबाइल बैंकिङ मार्फत् उक्त मोबाइल फोन खरिद गर्दा भने ५% मात्रै क्यासब्याक पाइन्छ ।
यो योजना भदौ १८ देखि असोज १ गते सम्म सञ्चालन हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष श्री किसन राईले हस्ताक्षर गरेका छन् ।
मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनआईशी एशिया करिब १८ लाख ग्राहकका साथ देशको सबैभन्दा ठूलो शाखासञ्जाल भएको बैंक हो ।