नेशनल लाइफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश, कर पनि तिरिदिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर सहित उक्त परिमाणमा लाभांश दिने घोषणा गरेको हो उक्त लाभांशमा कर प्रयोजनको लागि लाग्ने रकम समेत कम्पनीले ब्यहोर्नेछ । नेशनल लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले त्यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । यो बनेनस बीमा समितिको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदनपश्चात् लागु हुने पनि कम्पनीले स्पष्ठ पारेको छ ।

५२ करोड रकम अपचलन गरेको आरोपमा दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

बाँके । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्यौँ, प्रहरीले उहाँहरुलाई खोजिरहेको छ, तर सम्पर्कमा हुनुहुन्न।” यसअघि पाठक उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेका थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेका थिए । सोही मुद्दाको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी नायब उपरीक्षक सापकोटाले रकम अपचलन अभियोग लागे पनि अध्यक्षद्वयले के–कति रकम अपचलन गरेको भन्ने अहिले नै स्पष्ट नभएकाले यसबारे थप अनुसन्धानपछि मात्रै यकिन तथ्य खुल्ने बताए । प्रहरीले पक्राउ पुर्जी जारी भएलगत्तै वडाध्यक्षद्वय पाठक र बर्मा भारततिर फरार भएको हुनसक्ने प्रहरीको आशङ्का छ । सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाई मुख्य आरोपी अरुणकुमार बर्मासहित गङ्गाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालक पनि सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तीव्र पारिएको बाँके प्रहरीले जनाएको छ । ११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो । बाँके प्रहरीले सूचना जारी गर्दै बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आह्वान गरिसकेको छ । सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी अहिले बन्द अवस्थामा रहेको छ । रासस

वादीका हायु समुदायलाई आरम्भले दियो वित्तीय साक्षरता तालिम

काठमाडौं । देशको १५ पहाडि जिल्लाहरुमा १५,५०० घरधुरीमा विपन्न घरपरिवारमा सेवा विस्तार गरी रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र १८ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वादी गाउँका हायु समुदायका ५० ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” संञ्चालन गरेको छ । तालिमको संञ्चालन मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लुँईटेलले गरेका थिए । यस संस्थाको केन्द्रीय कार्यालयका अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख सन्तोष थापा, मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लँुईटेल, चरिकोट शाखाका शाखा प्रवन्धक निकेश श्रेष्ठ, शाखाका कनिष्ठ सहायक दिलकृष्ण बस्नेतले प्रशिक्षकको भूमिका निर्वाह गरेका हुन् । उक्त तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथामका बारेमा छलफल भएको थियो । त्यसैगरी, ब्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएका थिए । वित्तीय साक्षरता तालिममा तालिमको बारेमा वादी आरम्भ महिला केन्द्र, केन्द्र नं. १९ का केन्द्र प्रमुख मिना हायुले यस किसिमको तालिम महत्वपूर्ण रहेको बारेमा जानकारी गराएकी थिइन् । बजेट बनाएर कार्य गर्दा बचत गर्न सजिलो पर्दो रहेछ त्यस्तै फडिरडाँडा आरम्भ महिला केन्द्र, केन्द्र नं. २८ का केन्द्र प्रमुख गंगा मगरले जोखिम न्यूनीकरण ब्यवसायिक योजना, लघुव्यवसाय ऋणको सदुपयागिता, पारिवारिक बजेट तथा कसरी ब्यवसायिक हुन सकिन्छ भनेर कार्यक्रमबाट जानकारी पाएकोमा खुसी ब्यक्त गरेकी हुन् । त्यसैगरी केन्द्र नं. २८ लाई आरम्भको उत्कृष्ट केन्द्र बनाउने अठोट व्यक्त गरेका थिए ।