रिलायबल इन्स्योरेन्स तेश्रो वर्षमा, नयाँ योजनाहरु ल्याउने लक्ष्यः सीईओ लोहनी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, अभिकर्ता र सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । कम्पनीले आगामी दिनहरुमा हरेक नेपालीलाई सुहाउँदो नयाँ नयाँ योजनाहरु ल्याउने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले जनाएका छन् ।

बैंकर्स संघका अध्यक्ष ढुंगानाले भने-‘आत्तिनु पर्दैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन’

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाली बैंकहरुको एटीएम सिस्टम ह्याक गरी लाखौँ रकम लुटिएको बताएका छन् । धेरै पैसा देशभित्रकै बैंकका एटीएम र केही पैसा देश बाहिरका एटीएमबाट पनि लुटिएको उनले बताए । लाखौं रकम लुटिएको छ, तर यति नै लुटियो भन्ने यकिन भइसकेको छैन-उनले भने । शनिबार राति नबिल बैंकको एटीएमबाट अबैधानिक तरिकाले पैसा लुट्दै गरको अवस्था ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपाली बैंकका एटीएम ह्याक भएको तथ्य सार्वजनिक भएको छ । सोही घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसरले भर्खरै आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ढुंगानाले लुटिएको रकमको लेखाजोखा र अनुसन्धान भइरहेको बताए । उनले भने-‘तर निक्षेपकर्ता आत्तिनु पर्दैैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन ।’

नेरुडेले लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौँ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृतशी प्राप्त भई साधारण सभाबाट पारित भएपछि बोनस प्रदान गर्ने कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जनाएका छन् ।