आशा लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने फिल्ड व्यवस्थापन तालिम तथा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका हुन् । फागुन २९ र ३० गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ६० जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा तालिमको उद्देश्यबारे दुलालले प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा फिल्ड ब्यवस्थापन सम्बन्धी तालिम मेघ राज गजुरेलले प्रशिक्षण दिएका थिए । साथै, उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनाल ले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालीम प्रदान गरेका थिए । वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत ५४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब रु. २ अर्ब ३१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७१ करोड भन्दा बढी निक्षेप संकलन रहेको छ ।

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो दुई नयाँ बचत खाता

काठमाडौं । सिटिजन्स बैंकले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको लछ । उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ बैंकले उक्त दुई नयाँ खाताको शुभारम्भ गरेको हो । ५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सक्ने छन् । यस योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ । साथै, रु शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापन लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ । बैंकले दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिंग सुविधा (मोबाईल) सुविधा दिएकाे छ । त्यसैगरी, अनलाइन कारोबार गर्न सुरक्षित थ्री डी सेक्योर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट पाँचला भन्दा बढी खग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले माग्यो २२ कर्मचारी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी विभिन्न पदमा २२ कर्मचारी माग गरेको हो । बिहीबार प्रकाशित सूचनाअनुसार नायव महाप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा कर्मचारी माग गरिएको छ । आवेदन दिने म्याद चैत २० र दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्मलाई तोकिएको छ । कम्पनीले दशौँ र नवौ तहको परीक्षा दस्तुुर १२ सय, आठौं, सातौं र छैठौं तहको लागि १ हजार र पाँचौँ तहको लागि परिक्षा दस्तुर ४ सय रुपैयाँ तोकेको छ । प्रत्येक थप समूहका लागि थप दस्तुर लाग्ने व्यहोरामा खुलाइएको छ ।