काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ अंकले घटेर २७४४ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार १३ कम्पनीको सेयर मूल्य बढ्दा २५१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रोको भएको छ । नेसनलको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पिीनिङको १७ करोड, रिडि पावरको १६ करोड, शिवम् सिमेन्टको १५ करोड र एसवाई प्यानलको १४ करोड रुपैया बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा धौलागिरी लघवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।