काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने फिल्ड व्यवस्थापन तालिम तथा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले गरेका हुन् ।
फागुन २९ र ३० गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ६० जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा तालिमको उद्देश्यबारे दुलालले प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा फिल्ड ब्यवस्थापन सम्बन्धी तालिम मेघ राज गजुरेलले प्रशिक्षण दिएका थिए ।
साथै, उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनाल ले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालीम प्रदान गरेका थिए ।
वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत ५४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब रु. २ अर्ब ३१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७१ करोड भन्दा बढी निक्षेप संकलन रहेको छ ।