सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो दुई नयाँ बचत खाता

<p>काठमाडौं । सिटिजन्स बैंकले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको लछ । उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ बैंकले उक्त दुई नयाँ खाताको शुभारम्भ गरेको हो । ५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको उच्च ब्याजदर प्रदान [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको लछ । उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ बैंकले उक्त दुई नयाँ खाताको शुभारम्भ गरेको हो ।

५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।

साथै, रु शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापन लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ ।

यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ ।

बैंकले दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिंग सुविधा (मोबाईल) सुविधा दिएकाे छ ।

त्यसैगरी, अनलाइन कारोबार गर्न सुरक्षित थ्री डी सेक्योर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट पाँचला भन्दा बढी खग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News