नेपाल इन्स्योरेन्सले गर्यो नेपाल बैंकको कर्मचारीको कोरोना बीमा दाबी भुक्तानी

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल बैंकको कर्मचारीलाई कोरोना बीमाको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले सो दाबी परेको २४ घण्टा भित्रै रकम भुक्तान गरेको हो । बिरेन्द्रनगर सुर्खेतमा रहेको नेपाल बैंक शाखाको कर्मचारीले कोरोना बीमाको दाबी गरेका हुन् । इन्स्योरेन्स कम्पनीले सोही दाबी भुक्तानी तत्कालै  फर्छ्यौट गरेको हो । नेपाल इन्स्योरेन्स नेपालको पहिलो इन्स्योरेन्स कम्पनी हो भने नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो । सो दाबी भुक्तानी फर्छ्यौटको जानकारी नेपाल इन्स्योरेन्स कम्पनीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।  

सिद्धार्थ ईक्वीटी फण्डले साढे ७ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले ५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई साढे ७ प्रतिशत प्रतिफल दिने भएको छ । फण्डले कर सहित सो मात्रा अर्थात ११ करोड २५ लाख रुपैयाँ प्रतिफल इकाईधनीलाई वितरण गर्ने भएको हो । त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले पनि आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने भएको छ । संस्थाले कर सहित सो मात्रा अर्थात ६ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यी दुबैकाे आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीलाई सो मात्राको प्रतिफल वितरण गर्ने निर्णय गरेको हाे ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जाल सहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।