‘कोभिड-१९ थाहा भएन, कोभिड-१०० चै युनियन लाइफमा उत्पत्ति भयो’
काठमाडौं । विश्वभर संक्रमण र सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड-१९) को उत्पत्ति कहाँ भयो भन्ने अझै यकिन भएको छैन । सन् २०१९ को अंग्रेजी महिनामा पहिलो पटक मानिसमा संक्रमण पुष्टी भएको कोभिड-१९ को उत्पत्तिस्थललाई लिएर चीन र अमेरिका जस्ता महाशक्ति राष्ट्रबीच आरोप प्रत्यारोप नै चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड-१९ भाइरस चीनले बनाएको भन्दै ‘चिनियाँ भाइरस’को नाम दिइरहेका छन् । चीनका उच्च सरकारी अधिकारीहरु अमेरिकी सेनाका अधिकारीहरु सैन्य तालिमका लागि चीनको वुहान प्राप्तमा आउँदा यो भाइरस ल्याएको हुन सक्ने प्रत्यारोप गरिरहेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले यो भाइरस मानव निर्मित नभइ प्राकृर्तिक भएको बताइसकेको छ । तर, नेपालको एउटा बीमा कम्पनी युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण भने कोभिड-१०० को उत्पत्ति आफ्नो कम्पनीमा भएको सगर्व दाबी गरिरहेका छन् । उनी गत वैशाखमा आफूले पहिलो पटक आफ्ना कर्मचारीको दिमागमा कोभिड-१०० भरिदिएको बताउँछन् । ‘चैतमा लकडाउन भएपछि मानिसहरुको मनमा त्रासदीको भयावह अवस्था थियो । यस्तै अवस्थामा चैत २० गतेदेखि मैले अनलाइन तालिम सुरु गरेँ । अनि मैले सबैको दिमागमा कोभिड-१०० भर्दिएँ,’ सिइओ कर्णले विकासन्युजसँग भने । उनका अनुसार कोभिड-१९ भनेको डर, भय, त्रास सिर्जना गर्ने महामारी हो । कोभिड-१०० भनेको मास्क लगाउ, स्यानिटाइजर बोक, दुरी कायम गर र प्रफुल्लित मुद्रामा बाहिर जाऊ भन्ने हो । मानिसले पैसा कमाउनु नै कोभिड-१०० हो भनेर आफूले व्याख्या गरेको उनले स्मरण गरे । त्यसैकारण युनियन लाइफले बैशाख महिनामा सबैभन्दा बढी पोलिसी बेच्न सकेको र सबैभन्दा बढी प्रिमियम संकलन भएको उनको भनाइ छ । ‘मैले युनियन लाइफका कर्मचारीको दिमागमा कोभिड-१०० भरेपछि बजार तरंगित भयो । युनियन लाइफले गर्न सक्छ भने हामीले किन नसक्ने भन्ने अन्य बीमा कम्पनीलाई पनि पर्यो । हामीले एकै दिमा ७ वटासम्म अनलाइन कन्फरेन्स गरेका छौं । कहिले शाखा प्रमुखलाई, कहिले प्रादेशिक प्रमुखलाई, कहिले सिनियर एजेन्सी म्यानेजरलाई, कहिले एमडीआरटी मेम्बरहरुलाई तालिम दिएका हुन्थ्यौं । त्यसपछि युनियन लाइफमा मात्रै होइन, जीवन बीमा बजारमा कोभिड-१०० आयो,’ सिइओ कर्णले भने ।
नेप्सेको सिस्टममा समस्या, कारोबार हुन ढिलाई हुने
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को सिस्टममा समस्या देखिएको छ । सिस्टममा नेटवर्कको समस्या आएको कारण नियमित समयमा कारोबार हुन ढिलाई हुने नेप्सेले जानकारी गराएको छ ।
पुनर्बीमा कम्पनीको वित्तीय विवरण मुन्सीले मात्र बुझ्ने, बीमा समिति भन्छ-ध्यानाकर्षण भएकाे छ
काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीले अपूर्ण र अस्पष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । चार महिना ढिलागरी प्रकाशित गरेको वित्तीय विवरण मुन्सीले बुझ्न सक्ने, सर्वसाधारणले बुझ्न नसक्ने खाल्को छ । मुन्सीले पनि पत्रिकासँगै क्यालकुलेटर लिएर हिसाव गरेपछि मात्र वास्तविकता जानकारी पाउने छ । बैशाख महिनाभित्र प्रकाशित गर्नु पर्ने तेस्रो त्रैमासको वित्तीय विवरण साउनसम्म पनि प्रकाशित नगरेको विषयमा विकासन्युजमा सामाचार प्रकाशित भएपछि पुनर्बीमा कम्पनीले मंगलबार वित्तीय विवरण प्रकाशित गरेको छ । पुनर्बीमा कम्पनीले निर्जीवन बीमातर्फबाट ८२ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । जीवन बीमा तर्फबाट ९ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । कुल नाफा कति हो भनेर वित्तीय विवरणमा प्रकाशित गरिएको छैन । त्यसको लागि मुन्सीले झै क्यालकुलेटर दवाएर हिसाव निकाल्नुपर्ने हुन्छ । नाफाको विवरण मात्र होइन, आम्दानी, खर्च, जगेडा तथा कोष, बीमा कोष लगायत सबै शीर्षकको हिसाव अस्पष्ट र अपूर्ण रहेको छ । यस विषयमा विकासन्युजले बीमा समितिका उच्च अधिकारीसँग जिज्ञासा राख्दा सर्वसाधारणले सेयर लगानी गरेको कम्पनीको वित्तीय विवरण पूर्ण र प्रष्ट हुनुपर्ने बताए । ‘पुनर्बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणको फर्म्याट परिमार्जन हुनुपर्ने देखियो । यसमा हाम्रो ध्यानाकर्षण भएको छ’ उनले भने । १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको पुनर्बीमा कम्पनीमा सवा सवा तीन अर्ब रुपैयाँ संचित कोष छ । बीमा कोषसहित १२ अर्ब ६७ करोड रुपैयाँ पुँजी परिचालन गरेको कम्पनीले चैत महिनासम्ममा जम्मा ९१ करोड रूपैयाँ नाफा गरेको छ । सम्बन्धित समाचार पुनर्बीमा कम्पनीले ४ लाख लगानीकर्तालाई झुक्यायो, सेयर मूल्यमा चलखेल गर्ने संस्थागत नियत पुनर्बीमा कम्पनीमा अर्थमन्त्री र नेकपा महासचिव निकट संचालकबीच झगडा, सीईओ ‘काँग्रेसी कर्मचारी’ पेल्दै