मानुषी लघुवित्तको बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त, ३ करोडको आईपीओ जारी गर्ने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मानुषी लघुवित्तले तीन करोड रुपैयाँको साधारण सेयर(आईपीओ) निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्टलाई बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । लघुविक्तले प्रति सेयर अंकित मूल्य एकसय रुपैयाँ दरका ३ लाख कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

सिटी एक्सप्रेसद्वारा ‘हरेक कारोबारमा आकर्षक उपहार’ याेजनाका विजेताहरु घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै ईनाज बैंक एल बिलाडसँगको सहकार्यमा सुरु गरेकाे योजनाको विजेता घोषण गरेको छ । यस योजना अन्तर्गत ४५ जना बिजेताहरुले सिसटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । यस कोभिड-१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको छन् ।

आइएमई पे र जनरल इन्स्याेरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र जनरल इन्स्याेरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीले जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् । झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।