आइएमई पे र जनरल इन्स्याेरेन्स कम्पनीबीच सम्झौता

<p>काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र जनरल इन्स्याेरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीले जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् । झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र [&hellip;]</p>

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र जनरल इन्स्याेरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीले जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् ।

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

Share News