एनआरएन लघुवित्तको ३९ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाको ३९ लाख २८ हजार ८७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज (भदौ १८ गते बिहीबार) मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था, दिव्या लघुवित्त वित्तीय संस्था र एनआरएन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका थिए । यी तीन संस्था एक बराबर एक बराबर एक(१ः१ः१) को अनुपातमा गाभिएर एनआरएन लघुवित्तको नामबाट कारोबार शुरु गर्ने भएका हुन् । त्यसपछि प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको ३९ लाख २८ हजार ८८ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै संस्थाको सो मात्राको सेयर आगामी आइतबार(भदौ २१ गते) बाट दोश्रो बजारमा सेयर कारोबार हुने छ ।
एनआईसी एशिया क्यापिटलले सेयरधनीलाई साढे ३ कराेड बराबरकाे लाभांश वितरण गर्ने
काठमाडाैं । एनआईसी एशिया क्यापिटल सेयरधनीलाई ३ कराेड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने रु.३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हाे । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।
नबिल ब्यालेन्सड फण्ड २ र इक्वीटी फण्डको भदौ २५ गते बुक क्लोज
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्सड फण्ड २ र नबिल ब्यालेन्सड इक्वीटी फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । उनीहरुले ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने भएका हुन् । यी दुई फण्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल वितरण गर्न लागेका हुन् । जसमध्ये ब्यालेन्सड फण्ड २ ले ईकाइधनीलाई कर सहित ९ प्रतिशतका दरले १० करोड ८ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, नबिल इक्वीटी फण्डले आफ्ना ईकाइधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले ७ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको छ । सो मिति(भदाै २५ गते) भन्दा अघिल्लो दिन अर्थात भदौ २४ गतेसम्म इकाई खरिद गरी नामसारीमा आएका सबै इकाईधनीहरुले सो मात्राको प्रतिफल पाउने छन् । सम्बन्धित समाचारः नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले लाभांश वितरण गर्ने