काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले आगामी भदौ २० गते आब्हान गरेको विशेष साधारणसभा स्थिगित भएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीको कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले सो दिनको सभा हाललाई स्थिगित गर्ने निर्णय गरेकाे हो ।
उक्त निर्णय भदौ १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।
सरकारले कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न निषेधाज्ञा जारी गरी सभा, सम्मेलन, भेला लगायतका मानिसहरुको भिडभाड हुने सबै कृयाकलापहरु गर्न निषेध गरेको छ । त्यसैले, संस्थाको संचालक समितिको ५१औं बैठकको निर्णयानुसार उक्त निर्वाचनको सहितको विशेष साधारण सभा र सो सम्बन्धी सबै कार्यक्रमहरुको अर्को सूचना जारी नगरेसम्मको लागि हाललाई स्थगित गरेको हो ।