नबिल ब्यालेन्सड फण्ड २ र इक्वीटी फण्डको भदौ २५ गते बुक क्लोज

<p>काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्सड फण्ड २ र नबिल ब्यालेन्सड इक्वीटी फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । उनीहरुले ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने भएका हुन् । यी दुई फण्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल वितरण [&hellip;]</p>

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्सड फण्ड २ र नबिल ब्यालेन्सड इक्वीटी फण्डले आगामी भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् । उनीहरुले ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने भएका हुन् ।

यी दुई फण्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल वितरण गर्न लागेका हुन् । जसमध्ये ब्यालेन्सड फण्ड २ ले ईकाइधनीलाई कर सहित ९ प्रतिशतका दरले १० करोड ८ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नबिल इक्वीटी फण्डले आफ्ना ईकाइधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले ७ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको छ ।

सो मिति(भदाै २५ गते) भन्दा अघिल्लो दिन अर्थात भदौ २४ गतेसम्म इकाई खरिद गरी नामसारीमा आएका सबै इकाईधनीहरुले सो मात्राको प्रतिफल पाउने छन् ।

सम्बन्धित समाचारः

नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले लाभांश वितरण गर्ने

 

 

Share News