मेरो सेयरको समस्या समाधान, लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न सक्ने

<p>काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर सफ्टवेयरको ‘माई पोर्टफोलियो’ मा देखिएको प्राविधिक समस्या समाधान भएको छ । गत बुधबारदेखि उक्त पोर्टफोलियोमा देखिएको समस्या समाधान भई आज(शुक्रबार)बाट पुनः सुचारु भएको हो । उक्त पोर्टफोलियोमा लाष्ट ट्रान्जेक्सन प्राइस(पछिल्लो कारोबारको मूल्य) तथा लाष्ट क्लोजिङ प्राइसमा अन्तिम मल्य प्राप्त गर्न नसकेकोले सीडीएससीले सो सेवा बन्द [&hellip;]</p>

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर सफ्टवेयरको ‘माई पोर्टफोलियो’ मा देखिएको प्राविधिक समस्या समाधान भएको छ । गत बुधबारदेखि उक्त पोर्टफोलियोमा देखिएको समस्या समाधान भई आज(शुक्रबार)बाट पुनः सुचारु भएको हो ।

उक्त पोर्टफोलियोमा लाष्ट ट्रान्जेक्सन प्राइस(पछिल्लो कारोबारको मूल्य) तथा लाष्ट क्लोजिङ प्राइसमा अन्तिम मल्य प्राप्त गर्न नसकेकोले सीडीएससीले सो सेवा बन्द गराएको थियाे । यससँगै लगानीकर्ताहरू उक्त सेवा लिनबाट बञ्चित रहेका थिए ।

उक्त समस्या समाधान भएसँगै लगानीकर्ताले मेरो सेयर मार्फत आफ्नो पोर्टफोलियो हेर्न सक्ने भएका छन् ।

सम्बन्धित समाचारः

मेरो सेयरकाे ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा अनिश्चितकालको लागि बन्द

Share News