महासंघ निर्वाचन : रामचन्द्र संघई देखिए अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा ५०० मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका छन् । ५०० मत गन्दा उनले १७७ मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार श्रेष्ठले १६३ र उमेशलाल श्रेष्ठले १५६ मत ल्याएका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।

महासंघ निर्वाचन : ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइसकेको छ । सो क्रममा ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् । ३०० मत गन्दा उनले ११३ मत ल्याएका छन् । यस्तै, दोस्रोमा रामचन्द्र संघाईले ९६ र अञ्जनकुमार श्रेष्ठले ९१ मत ल्याएका छन् । महासंघकाे नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।

महासंघ निर्वाचन : अञ्जनको अग्रता, उमेश र रामचन्द्रले पछ्याउँदै

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एक सय मत गणना हुँदा अञ्जनले ४०, उमेशले ३७ र राचन्द्रले २३ मत पाएका छन् । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ । अहिले एसोशिएट तर्फको मत गणना भइरहेको छ ।