यी हुन एसोशिएटमा निर्वाचित हुने १९ उम्मेदवार, कसको मत कति ?
काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना सम्पन्न भएको छ । एसोशिएटतर्फ खसेको १६५० मतमा सबै मत गणना भइसकको छ । १९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा १९ जना बढी मत ल्याएर विजयी भएका हुन् ।
एसोसिएटमा साढे १३ सय मत गणना गर्दा कुनले कति मत पाए ?
काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना अझै बाँकी छ । जिल्ला जगर र वस्तुगत तर्फ मतगणना सकिए पनि एसोशिएटतर्फको जारी नै छ । एसोशिएटतर्फ १६५० मत खस्दा १३५० गणना भएको छ । १९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । यस्तो छ मतपरिणाम डा. रामशरण थपलिया- ११४७ मनोज पौडेल-१०९९ आनन्द कुमार अग्रवाल – १०९० अम्बिका पौडेल – १०८० शुनिल नारायण श्रेष्ठ – १०७८ शुसिल थापा – १०५५ राजेश कुमार अग्रवाल – १०५१ शैलेन्द्र गुरागाईं – १०४१ देशबन्धु बस्नेत – १०२६ हेमन्त गोल्छा – १०२३ गोपाल खनाल – १०१५ अविनाश बोहरा – ९५७ उज्वल कुमार श्रेष्ठ – ९४५ प्रवलजंग पाण्डे – ८९९ शक्ति कुमार बेगानी- ७९९ जुना माथेमा -७८६ सन्दीप कुमार अग्रवाल -७३९ ऋषी कुमार अग्रवाल – ७१५ मुकुन्द प्रसाद तिमिल्सिना – ७१२ रतनलाल केडिया -६९९ रामशरण भण्डारी -६८० बाबुकाजी कार्की -६७३ चिराग गोयल – ६२६ कृष्णलाल महर्जन – ६१७ भरत रानाभाट – ४७८ चन्द्र प्रसाद ढकाल – ४३४ राज्यलक्ष्म महर्जन शाक्य – २१६ निराजन बहादुर चलाउने -१७६
रोचक बन्दै महासंघको मत परिणाम, उमेशलाल र रामचन्द्रलाई सफलता
काठमाडौं । नयाँ नेतृत्वका लागि भएको नेपाल उद्योग वाणिज्य महासंको मत परिणाम रोचक बन्दै गएको छ । अहिलेसम्म जिल्लानगर र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ । जसमा वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ समूहका उम्मेदवार हेमराज ढकाल विजयी भएका छन् भने जिल्लानगरतर्फको उपाध्यक्ष रामचन्द्र संघईका उम्मेदवार सुरकृष्ण बैद्य निर्वाचित भएका छन् । बैद्यले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै विजयी भएका छन् भने हेमराज ढकालले सुकुन्तलाल हिराचन र मनिषलाल प्रधानलाई पराजित गर्दै विजयी भएका छन् । वस्तुगततर्फ कुल १४ सदस्यहरुमध्ये उमेशलालको समूहबाट ८ जना निर्वाचित भएका छन् भने अञ्जनको समूहबाट ६ जना निर्वाचित भएका छन् । जिल्लानगरको सदस्यहरुमा भने उमेशलाल समूहबाटै बढी सदस्य निर्वाचित भएका छन् । जिल्ला नगरको सदस्यहरुमा उमेशलालको ११ र अञ्जनको ७ वटा सदस्य निर्वाचित भएका छन् । संघईको समूहबाट जिल्ला नगर सदस्यमा कुनै पनि उम्मेदवार निर्वाचित हुन नसके पनि उपाध्यक्षमा बाजी भने बैद्यले नै मारेका छन् । विशेष गरेर बैद्यको जितले संघई खुसी भएकका छन् । उनले बैद्यको जितले आफुलाई पनि जित्ने सम्भावना रहेको बताएका छन् । यसअघि अधिकांशले संघईको जिल्लानगरमा कमजोर उपस्थिति रहेको तर्क गरिरहेको बेला बैद्यले जिल्ला नगरमा जित्दा संघईलाई पनि आशा पलाएको हो । यस्तै, उनले एसोसिएटमा आफुलाई बलियो उम्मेदवारको रुपमा चिनाएका छन् । त्यसले पनि आफुलाई जित्न सघाउ पुग्ने उनको तर्क छ । उनले अब आफु जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।