११ बजे सुरु हुने एफएनसीसीआई अधिवेशन १० बजे सर्वोच्चको कठघरामा

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । महासंले कानुन विपरित र संस्थाको विधान विपरित निर्वाचन गर्न लागेको भन्दै निर्वाचन रोक्नका लागि सर्वोच्चमा रिट दायर गरिएको हो । नेपाल उद्योग वाणिजय महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि उनले निर्वाचन रोक्नैकै लागि भनेर गत बिहिबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा रिट दायर गरेका थिए । प्रशासनले रिटको सुनुवाई नगरेपछि उनी सर्वोच्चको ढोकामा जान बाध्य भएको उनले बताएका छन् । उजुरीमा भनिएको छ, ‘उजुरीमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको हुन्छ ।’ महासंघको वर्तमान कार्यसमिति अवैधानिक भइसकेको छ, अवैधानिक कार्यसमितिले वार्षिक साधारसभा गर्न पाउँदैन, यस कारण मैले रिट दायर गरेको हुँ,’ उनले भने । दर्ता भएको निवेदनको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र गृह मन्त्रालयलाई समेत दिएका छन् । उनले निवेदनमा सदस्यहरुको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप समेत लगाएका छन् । यति धेरै उद्योगी व्यवसायी छन् तपाइँले मात्र रिट दायर किन गर्नु भयो भन्ने जिज्ञासामामा उनले आफुले हिम्मत गरेकै कारण यो सम्भव भएको प्रतिक्रिया दिए । ‘व्यवसायी त धेरै छन्, तर हिम्मत मैले गरेँ, म मध्यम वर्ग परिवारको केटो, रिट दायर गर्ने आँट मैले मात्रै गर्न सकें,’ उनले विकासन्युजसँग भने । उनले सर्वोच्चले आफुलाई मंसिर ११ गते बिहान १० बजे पेशीका लागि बोलाएको पनि जानकारी दिए । महासंघको साधारणसभा पनि सोही दिन बिहान ११ बजेदेखि शुरु हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र ढकाल आफ्नोप्यानलसहित चुनावी मैदानमा छन् ।

महासंघमा सहमतिको च्याप्टर क्लोज, अध्यक्ष राणाको प्रयास असफल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा सहमतिको प्रयास असफल भएको छ । महासंघकी अध्यक्ष राणाले सहमितका लागि प्रयास गरिरहेको बताउँदै आएपनि अन्तिम समयसम्म पनि सहमतिको प्रयास हुन नसकेकाे हाे । यतिखेर महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् । दुवै जनालाई सहमति गराएर एक जनालाई महासंघको वरिष्ठ उपाध्यक्षमा चयन गर्ने प्रयास भइरहेको बताए पनि सो प्रयासले सार्थक रुप पाउन सकेन । अध्यक्ष राणाले अन्तिम समयसम्म सहमतिका लागि प्रयास गर्ने बताए पनि सो प्रयासले मुर्त रुप पाउन नसकेकाे हाे । उनले दुवै जना (ढकाल र प्रधान)सँग सहमतिका लागि हिजो सोमाबार छलफल गरेपनि दुवै जनाले आ–आफ्नै अडान राखेपछि सहमति हुन सकेन। अन्तिम सहमतिका रुपमा लिइएको हिजोको प्रयास असफल भएपछि अब सहमतिको आधारमा वरिष्ठ उपाध्यक्षको चयन गर्ने बाटो बन्द भएको हो । विभिन्न समयमा गरेको प्रयास असफल भएपछि अहिले पूर्व अध्यक्षहरुले सहमति नभएपछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमा जानु पर्नेमा जोड दिएका छन् । दुवै उम्मेदवारले आफु जित्नेमा विश्वस्त भएको र सहमतिका आधारमा अगाडि बढ्न नचाहेपछि अहिलेसम्म गरेको प्रयासले सार्थकता पाउन सकेन । दुवै उम्मेदवारहरुले आफु जित्नेमा विश्वस्त भएको पनि बताउँदै आएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकोले शेखर गोल्छा आगामी अध्यक्ष बन्ने पक्का छ । अध्यक्ष राणा मात्र होइन पूर्व अध्यक्षहरु रवीभक्त श्रेष्ठ, महेशलाल प्रधान, कुशकुमार जोशी, पद्म ज्योति र प्रदिपजंग पाण्डेले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाउन छलफल चलाइरहेका थिए । तर पनि सहमति जुट्न सकेन । प्रधानले आफू उमेरका हिसाबले पनि जेठो भएकोले यसपटक छाडिदिन ढकालसँग आग्रह गरिरहेहका थिए । तर ढकाल भने आफु चुनाव जित्ने पक्का भएकोले प्रधानले छाड्नु पर्ने धारणा राख्दै आएका थिए । चण्डिराज ढकालसहित धेरैजसो पूर्व अध्यक्ष र वर्तमान पदाधिकारी ढकालको पक्षमा छन् । प्रधानलाई पूर्व अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवानी राणा र गोल्छा समेतको समर्थन छ । प्रधान प्यानलाबाट एसोसिएटमा शौरभ ज्योति र वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्लानगरमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै ढकालको प्यानलबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगतमा उमेशलाल श्रेष्ठ र जिल्ला नगरतर्फ गुणनिधि तिवारीले उम्मेदवारी दिएका छन् । मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने साधारणसभा र निर्वाचनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष तथा ५९ कार्यकारिणी समिति सदस्य निर्वाचित गर्दैछ । समिति सदस्यमा प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७, जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट १७, वस्तुगत समितिमध्येबाट १४ र एशोसिएट्स सदस्यमध्येबाट १९ जना चयन हुनेछन् । यस्तै, द्वि–राष्ट्रिय उद्योग वाणिज्य संघ र महासंघका संस्थापक मध्येबाट एक–एक जना कार्यकारिणी सदस्य निर्वाचित हुनेछन् ।

टीमलाई प्रधानले भने: युद्धको मैदानमा आफ्नो भाइलाई पनि गोलि हानिन्छ, क्रस भोटिङकाे प्रयास नगर्नु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफ्नाे टिमका व्यवसायीलाई संगठित भएर मतदान गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा तथा भिजन डकुमेण्ट २०२२ लञ्चिङ कार्यक्रममा बोल्दै प्रधानले आफु निकटका उद्योगी तथा व्यवसायीलाई एकिकृत भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले कार्यक्रममा आत्मा एकातिर र मतदान अर्कैतिर गर्ने प्रयास समेत नगर्न आग्रह गरेका छन् । ‘उम्मेदवारले आत्माबाट आएको आवाज सुन्नु पर्यो । आत्मा किशोर प्रधान, शौरभ, दिनेश र अञ्जन भन्ने तर उता अर्कै व्यवस्था नहोस्, कुनैबाट यस्ताे काम  नहोस्, ताकि उहाँले आफ्नो कार्यकाल छोडेर जाँदाखेरि मैले नेपाल उद्योग वाणिज्य महासंघका त्यो उम्मेदवारलाई भोट दिँएँ भनेर आत्मालोचना गर्ने समय नआओस्,’ उनले भने । आफ्नो टीम काम र कर्तव्यप्रति विश्वास राख्ने भएकोले अरुकाे गफ र झुटो आश्वासनमा नपर्न समेत उनले आग्रह गरेका छन् । ‘हामी झुटो आश्वासन बाँडेर मानिसरुलाई प्रभावित पार्दैनौं, हामीले जे गर्छौं सत्यतालाई आधार मानेर र निष्ठावान तरिकाले काम गर्छौं, महासंघमा हाम्रो टिमको आवश्यकता छ, क्रस भोटिङ गर्ने प्रयास नगरौं, उनले भने,‘युद्धको मैदानमा जे पनि जायज हुन्छ, आफ्नो भाई अर्को पट्टी भयो भने पनि उसलाई गोलि हानिन्छ । त्यस कारणले एकिकृत र संगठित भएर अभियान सफल बनाऔं ।’