निर्वाचन र परिणामको औपचारिक घोषणा मात्र बाँकी हो, हाम्रो जीत सुनिश्चित छ-चन्द्रप्रसाद ढकाल
चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षका प्रत्याशी, नेपाल उद्योग वाणिज्य महासंघ यसै साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले सबैको ध्यान आकर्षित गरेको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको नेतृत्वमा दुई वटा चुनावी प्यानल प्रतिस्पर्धामा उत्रेका छन् । ६४ पदमा हुने निर्वाचनमा लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दुई पदमा निर्विरोध भएको छ । निर्विरोध भएका प्रदेश एकबाट राजेन्द्र राउत र द्विराष्ट्रिय समूहबाट सन्दीप अग्रवाल दुबै ढकालका समर्थक हुन् । यसलाई ढकालको प्यानलको विजयी यात्राको शुरुवात भनेको छ । चुनावको तयारी कस्तो छ ? चुनाव चित्ने आधार के छन् ? प्रस्तुत छ बरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसँग गरिएको चुनावी वहस । उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । चुनावी अभियानमा देशभर भेटघाट र अन्तरक्रिया गरिरहनु भएको छ । मतदाताको अपेक्षा के छन् ? नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा तथा निर्वाचनको हामी संघारमा छौं । अहिले पनि म देशै भरिका व्यवसायी साथीहरुसँग कुराकानी तथा छलफल÷भेटघाट गर्न सक्रिय छु । उद्योगी, व्यवसायी साथिहरुकै सक्रियतामा देशका विभिन्न स्थानहरुमा चुनाव लक्षित कार्यक्रमहरु भैरहेका छन् । हामीले हाम्रो एजेण्डाहरु प्रष्टसँग राखेका छौँ, सँगसँगै ती एजेण्डाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौं । देशैभरीका उद्योगी, व्यवसायीले महासंघका काम कारवाहीलाई प्रभावकारी बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्दछ भन्ने आवाज उठाइरहनुभएको छ । देशमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउनु पर्ने छ । नयाँ नेतृत्वले निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेको छ । उहाँहरुको अपेक्षा र हाम्रा उद्देश्य साझा छन् । विधानतः अहिले निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वतः अर्कोपटक महासंघको अध्यक्ष हुने व्यवस्था छ । यस सन्दर्भमा आम उद्योगी÷व्यवसायी माझ के सन्देश लिएर पुग्नुभएको छ ? महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । देशभरीका उद्योगी व्यवसायी साथीहरुलाई मैले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र महासंघको उज्जवल भविष्य निर्माणमा सहयोग गर्नेछ भन्दै आएको छु । सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने नेतृत्व हामीले चुन्नुपर्ने छ । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । मैले सबै उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चयन गरिने चर्चा पनि चलेको थियो । तर तपाईसँगै किशोर प्रधान पनि वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । सहमतिको सम्भावना छ कि छैन ? विशेषतः पूर्व अध्यक्षज्यूहरु चुनाव गर्नु भन्दा अहिलेको अवस्थामा महासंघलाई प्रभावकारी बनाउन सहमतिबाटै जानुपर्छ भनेर प्रयास गरिरहनु भएको भन्ने सुनेको छु । यस्तो बेला सर्वसम्मत नेतृत्व चयन हुनुपर्दथ्यो र त्यो सर्वसम्मतिको पहल समयमै गरिनुपथ्र्याे । मेरो पनि यसमा समर्थन थियो । तर, त्यो हुन सकेन । भर्खरै निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । अहिले चुनावी प्रतिष्पर्धाबाटै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ । आगामी अध्यक्ष र केही पूर्व अध्यक्षहरुको समर्थन खुलेरै किशोर प्रधानलाई गएको छ, यसले तपाईलाई कत्तिको दवाबको अनुभूति भएको छ ? महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ । अर्को कुरा उहाँहरुले कुन समूहलाई समर्थन गर्दै हुनुहुन्छ भन्नेभन्दा पनि उहाँहरूले छाडेको विरासत धान्न सक्ने नेतृत्व क्षमता कुन व्यक्तिमा छ र अहिलेको अवस्थामा महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रलाई वास्तविक छाता संगठनका रुपमा महासंघलाई अगाडी बढाउनका लागि उपयुक्त व्यक्ति को हुन सक्छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा उहाँहरूले गर्नुभयो भने त्यहाँ अवश्य पनि म र हाम्रो टिम मात्र रहनेछ । यसमा उहाँहरुले पनि विचार गर्नुहुन्छ होला । तपाईले वरिष्ठ उपाध्यक्ष पद दाबी गर्नुपर्ने आधारहरु के के हुन् ? महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनु पर्दछ भन्ने आम व्यवसायीहरुको आवाज हो । मेरो उमेद्वारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले अपनत्व महशुस गर्नुभएको छ र उत्साहित हुनुहुन्छ । म सधंै व्यवसायीका हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले सबै व्यवसायी साथीहरुले मलाई नेतृत्वमा आउन आग्रह नै गर्नुभएको हो । उहाँहरुले मलाई साझा उमेद्वारका रुपमा हेर्नुभएको छ । म साना मझौला व्यवसायीको पीडादेखि ठूला उद्योगी व्यवसायीसम्मका समस्या तथा पीडालाई सहजै बुझ्न सक्छु र तिनको समाधानका लागि नीति निर्माताका तहसम्म पुर्याउने क्षमता राख्दछु । यति मात्र नभई अन्तर्राष्ट्रिय अनुभवका आधारमा मैले राज्य र निजीक्षेत्रको साझेदारीमा आर्थिक विकास गर्न सकिन्छ भनेर राज्यलाई ठोस, वस्तुपरक र व्यावहारिक सुझाव दिने क्षमता राख्दछु । हाम्रो टिम पनि उस्तै सक्षम र सबल छ । महासंघमा म दुईदुई पटक कार्यसमितिमा सर्वसम्मत वा लोकप्रिय मतका साथ आएको छु । म उपाध्यक्ष पनि सहमतिबाटै भएको हो । पूर्वअध्यक्षज्यूहरु, अग्रज उद्योगी व्यवसायीहरु लगायत अन्य पदाधिकारी सहकर्मी साथीहरुले मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिकाको उचित मूल्याङ्कन गर्नुभएको छ । मलाई लाग्छ यी आधारहरु वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीका लागि प्रयाप्त छन् । तपाईंलाई सबैभन्दा बढी सहयोग र सपोर्ट कुन कुन क्षेत्रबाट आएको छ ? देशैभरीका जिल्ला नगर उद्योग वाणिज्य संघ, एशोसियट तथा वस्तुगत संघबाट मलाई उत्साहपूर्ण समर्थन प्राप्त भईरहको छ । मेरो सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जीतलाई सुनिश्चत गरेको छ । सधैँ ओझेलमा पर्ने गरेका साना व्यवसायीहरुका लागि तपाईं नेतृत्वमा आएपछि के–के गर्नुहुन्छ ? उद्योग वाणिज्य महासंघ यस्तो संस्था हो जसमा जिल्लामा भएका सानासाना व्यवसाय पनि सहभागी छन् । हरेक क्षेत्र छन् । यसमा वस्तुगत संघको पनि सहभागिता छ । यसमा साना व्यवसायीको पनि सहभागिता हुन्छ । महासंघकै नेतृत्वमा पुग्नसक्ने साना व्यवसायीलाई पनि अधिकार हुन्छ । महासंघलाई निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा समावेशी तवरले अगाडि बढाउनु आवश्यक छ । मलाई जिल्लास्तरमा व्यवसायीहरुले भोग्ने समस्या तथा चुनौतिको पूर्ण जानकारी छ । साना मझौला उद्योग भनेको दिगो विकासको आधार भएकाले संसारभर यस्ता क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ । नेपालमै पनि लकडाउनको अवस्थामा अर्थतन्त्र धान्ने आधार यस्तै उद्यम व्यवसाय भएको तथ्य हामीले भुल्नु हुँदैन । त्यसैले साना तथा मझौला उद्योग व्यवसायको संरक्षणका लागि हामी कुनै सम्झौता गर्दैनौं । समग्र साना, मझौला तथा ठूला उद्योगी, व्यवसायीहरुको साझा संगठनका रुपमा महासंघको पुर्नसंचना गर्ने कुरामा हामी प्रतिबद्घ छौं । महासंघलाई सबै उद्यमी व्यवसायीको साझा चौतारीका रुपमा विकास गर्ने र सबैको आवाज सुनिने बनाउने छौं । कोरोनाका कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । महासंघमा आएपछि अर्थतन्त्रलाई माथि उठाउन तपाईंले कसरी योगदान गर्ने योजना बनाउनुभएको छ ? कोभिडभन्दा अगाडि नेपालको अर्थतन्त्र सुधारोन्मुख थियो । निकै लामो समयपछि नयाँ संविधानसँगै हामीले राजनीतिक स्थीरता प्राप्त गरेका थियौँ । लामो लकडाउनका कारण नेपालको आर्थिक क्षेत्रले निकै ठूलो र दीर्घकालीन क्षति व्यहोरिसकेको छ । तत्कालका लागि कोभिडबाट सिर्जित समस्याको सम्बोधन गर्नुपर्ने छ । यो मेरो प्राथमिकताको बिषय बस्तु पनि हो । कोभिडले क्षत्विक्षत् पारेको अर्थतन्त्रलाई माथि उकास्न राज्य र निजीक्षेत्रको संयुक्त प्रयास अपरिहार्य छ । कोभिडले नेपालभरिका उद्योग–व्यवसायमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा महासंघमार्फत अध्ययन गराई उद्योग व्यवसायको उद्धारका लागि सरकारलगायत सम्बद्ध सबै सरोकारवाला निकायहरूमा हामीले ठोस पहल गर्नेछौ । यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ । यससँगै, देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तसर्थ, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् नीति निर्माणमा पैरवीका लागि महत्वपूर्ण पहलकदमी लिनुपर्ने छ । नेपालमा एफडीआई भित्र्याउनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारी साथीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन योजनाबद्ध रुपमा अगाडी बढ्नुपर्ने छ । यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ । तपाईको चुनावी एजेन्डाहरु केके हुन ? सानादेखि ठूला सबै व्यवसायिले दिनानुदिन भोग्ने प्रशासनिक, श्रमसम्बन्धी, नीतिगत समस्याहरुको समाधान गर्दै देशमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ । निजी क्षेत्रका तर्फबाट महासंघले राज्यसँग साझेदारी गर्दै यसको नेतृत्व लिनुपर्दछ । यसको साथसाथै अहिले कोभिड–१९ को माहामारीले नेपालको आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ । हामी महासंघका तर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पा¥यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउने छौं । अर्को महत्वपूर्ण विषय भनेको निजी क्षेत्रलाई शसक्त बनाउदै राज्यसँगको अर्थपूर्ण साझेदारी र सहकार्यमा समृद्धिको यात्रा तय गर्नका लागि धेरै कामहरु गर्नुपर्ने छ । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा समृद्ध देशको परिकल्पना गर्न सकिदैन । हामीले लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने तथा राज्यका लागि महत्वपूर्ण सारथीका रुपमा भूमिका निर्वाह गर्ने छौं । नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । यसका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग लबिङ गर्नुपर्ने हुन्छ । यसमा हामीले पहलकदमी लिनेछौ । त्यसैगरी, उद्योगी व्यापारीसँग राज्यका निकायले जबर्जस्ती होइन, पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज बनाउनुपर्नेछ । आवश्यक पूर्वाधारको विकास गर्दै हाम्रो निर्यात व्यापार बढाउनका लागि पहल गर्नुपर्नेछ । तीन तहका सरकारबीचका आपसी समन्वयमा देखिएको अभावका कारण सिर्जना भएका करका दुविधाहरुलाई समयानुसार परिमार्जन गर्नुपर्नेछ । साना, मझौला तथा ठूला उद्योगका धेरै विषयहरुमा हामीले अहिले अगाडि बढाएका कामहरुलाई पूर्णता दिनुपर्ने छ । आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ? महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं ।सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं । अर्को महत्वपूर्ण कुरा, गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउन सक्ने हाम्रो सक्षम र सबल टिम छ । म लगाएत हाम्रो टिमप्रति आम उद्योगी व्यवसायी मतदाताहरुको दरिलो साथ रहेको छ । म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रमहरु र देश दौडाहामा लाग्ने व्यक्ति होइन । हाम्रो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रका साथीहरुसँग निकै राम्रो सम्बन्ध रहेको छ । उहाँहरुको विश्वास जित्न सफल भएको छु । सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ । महासंघको साधारणसभाको पटक पटक मिति तोकिदै स्थगित हुँदै आएको छ । यसपटक त सधारणसभा सम्पन्न होला नि ? गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । बीचमा पटकपटक मिति तोकिए पनि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । तर यसपटक भने महासंघको निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको अवस्था छ । नेपाल सरकार गृह मन्त्रालयले पनि साधारणसभाका लागि स्वीकृति प्रदान गरिसकेको अवस्था छ । तसर्थ स्वास्थ्यसम्बन्धी सबै प्रोटोकलहरु पूरा गरेर हामीले साधारणसभा सम्पन्न गर्छौं ।
महासंघमा विधान विपरित उम्मेदवार र मताधिकार, निर्वाचन मण्डल र नेतृत्वमाथि आर्थिक चलखेलको आरोप
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्था थप गरिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहले विरोध जनाएको छ । प्रधान समूहले निर्वाचन मण्डल र त्यसकाे नेतृत्वमाथि आर्थिक चलखेलको आरोप समेत लगाएकाे छ । महासंघ निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पुर्व अध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई बागमति प्रदेशकातर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवार स्वीकृत गरेको र औषधी उत्पादक संघबाट २ जनाले दिएको उम्मेदवारी स्वीकृत गरेको प्रधान समूहको दावी रहेको छ । महासंघको साधारण सभामा बर्दिवास उद्योग वाणिज्य संघले पहिलो पटक सहभागिता जनाउँदैछ । महासंघको नियमावलीले नयाँ सदस्यलाई एक पटक महासंघको साधारण सभामा सहभागि भए पछि अर्को पटकदेखि मात्र निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । नियमावलीको दफा १० (७) मा ‘कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न र उम्मेदवार खडा गर्न चाहने सदस्यले कमसेकम अगाडीको कुनै एउटा वार्षिक साधारण सभामा भाग लिइसकेको हुनु पर्दछ’ भन्ने व्यवस्था गरिएको छ । तर, बर्दिवासलाई महासंघका प्रमुख निर्वाचन आयुक्त एवं एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एकल निर्णयमा बर्दिवास उद्योग वाणिज्य संघलाई मतदान गर्ने अधिकार दिएको प्रधान समूहको दावी छ । उनले अरु पनि नयाँ संस्थालाई जसरी मतदान प्रकृयामा सहभागि हुन नदिनु पर्ने भए पनि आर्थिक चलखेलमा यस्तो गरेको प्रधान समूहको आरोप छ । बर्दिवाससँगै बिर्तामोड, कन्काई, पथरी, अत्तरिया लगायतका उद्योग वाणिज्य संघ पनि पहिलो पटक महासंघको साधारण सभामा सहभागि हुँदै छन् । तर बर्दिवासलाई अवैधानिक रुपमा न्यौपानेले मतदान अधिकार दिएका हुन् । त्यसै गरी महासंघ निर्वाचन समितिका प्रमुख न्यौपानेले विधान विपरित रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट बागमती प्रदेशको केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारीलाई पनि स्वीकृत गरेको प्रधानको आरोप छ । यस सम्बन्धमा दाबी बिरोध पेश गर्दा समेत उक्त बिरोधलाई प्रमुख निर्वाचन आयुक्त न्यौपानेले सम्बोधन नगरी एकलौटी निर्णय गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको प्रधान समूहले सञ्चार माध्यमहरुलाई पठाएको इमेलमा उल्लेख गरिएको छ । उक्त नामावलीमा निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले फरक मत अर्थात ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । केही वर्षअघि जिल्ला नगर उपाध्यक्षका उम्मेदवार भवाणी राणा विरूद्ध पनि यस्तै उजुरी परेकाे थियाे । राणाले सुर्खेत उद्याेग वाणिज्य संघमा पनि पदाधिकारीमा रिक्त अवधि मात्र जिम्मेवारी पाएकाे र महासंघमा कार्यसमिति सदस्य पनि बाँकी कार्यकाल मात्र पूरा गरेकाेले उपाध्यक्ष पदमा अयाेग्य हुने भन्दै विपक्षी निरक केसीकाे समूहले उजुरी गरेकाे थियाे । उक्त उजुरी निर्वाचत समितिले खारेज गरेपछि राणाकाे उम्मेदवारी कायम भएकाे थियाे । ‘मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका राजकुमार न्यौपानेलाई सम्बन्धित जिल्लाबाट पुरा गरेर आउनु पर्ने मापदण्ड विपरित कसरी रामेछाप उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गराइयो ?’ प्रधान समूहले निर्वाचन समितिलाई प्रश्न गरेको छ । महासंघको विधानको दफा ४६ को उपदफा ३ को (क) (ऊ) मा ‘कार्यकारिणी समितिमा सदस्य हुनका लागि सदस्य संघबाट आफूले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पुरा गरेकाे हुनु पर्ने उल्लेख छ । ‘मकवानपुरका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले रामेछापमा कहिले कुन कार्यकाल पुरा गरे र निर्वाचन समितिले विधानमा भएको व्यवस्था विपरित उनको उम्मेदवारीलाई स्वीकृत गर्यो ?’ प्रधान समूहको प्रश्न छ । उपेन्द्रजीको नातेदार भएका कारण राजकुमारलाई मनोनयन उपर कुनै कार्वाही नगरिएको प्रधान समूहको दावी छ । विधानमा भएको व्यवस्थालाई पाखा लगाउँदै निर्वाचन समितिले न्यौपानेको उम्मेदवारीलाई स्वीकृत गर्नुले आर्थिक चलखेल भएको आशंका भएको प्रधान समूहको चुनावी अभियान्तले बताएका छन् । महासंघ निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त उपेन्द्र केशरी न्यौपाने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका अध्यक्ष समेत हुन् । आफैं मतदाता रहेका न्यौपानेलाई प्रमुख निर्वाचन आयुक्त बनाइएकोमा पनि प्रधान समूहको बिरोध जनाएका छन् । तर निर्वाचन अधिकृतहरु नियुक्त गर्नेमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान, उनको अगुवा शेखर गोल्छा र भवानी राणा नै हुन् । ‘कार्यतालिका अनुसार एउटा पक्षले राखेका बिचार र दाबी बिरोधलाई सुन्दै नसुन्ने अनि अर्को पक्षका अवैध उम्मेदवार र मतदाता स्वीकृत गर्ने काम उपेन्द्रकेशरी न्यौपानेबाट भईरहेको छ । यसमा आर्थिक चलखेल भएको छ,’ प्रधान समूहको भनाई छ, ‘यदि न्यौपानेले गरेको निर्णय सही हुन्थ्यो भने निर्वाचन समितिका सदस्य रकमण कुमार कर्णले किन फरक मत राख्नु भयो ?’ निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले उम्मेदवारको नामावलीको सूची सार्वजनिक गर्ने क्रममा नेपाल औषधी उत्पादक संघबाट २ जनाको उम्मेदवारी परेको भन्दै नोट अफ डिसेन्ट लेखेको खुलासा पनि प्रधान समूहले उल्लेख गरेको छ । प्रधान समूहले नोट अफ डिसेन्टको स्कानकपी मिडियाहरुलाई पनि उपलब्ध गराएको छ । वस्तुगत तर्फका उपाध्यक्षका प्रत्यासी उमेश लाल श्रेष्ठ र सदस्यका प्रत्यासी दिपकप्रसाद दाहाल औषधी उत्पादक संघबाट मनोनयन भएको भन्दै निर्वाचन समिति सदस्य कर्णले फरक मत राखेका हुन् । यसरी एउटा प्यानलको पक्षपोष र अर्को प्यानलको कुरालाई पाखा लगाएर महासंघका प्रमुख निर्वाचन अधिकृत न्यौपानेले महासंघको गरिमालाई कमजोर बनाउने काम गरेको प्रधान समूहको निष्कर्ष छ । प्रधान समूहले पठाएको इमेलमा भनिएको छ–‘यस सम्बन्धमा महासंघको वर्तमान नेतृत्वले चासो देखाउनु पर्ने अवस्था आएको छ ।’ महासंघको अध्यक्ष भवानी राणा, हुनेवाला अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका प्रधान समूहलाई चुनाव जिताउन गोलबद्ध भएर लागेको बेलामा सोही समूहले नेतृत्वमाथि आर्थिक चलखेलको आरोप लगाएको छ ।
११ वटा वस्तुगत संघकाे समर्थन ढकाललाई, खुला रूपमा मतदान गर्ने उद्घाेष
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई खुला रूपमा सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना दिँदै सो टीमलाई खुला रुपमा सहयोग गर्ने उद्घोष गरेको हो । महासंघले शुक्रवार काठमाडौंमा चन्द्र ढकाल टीमलाई स्वागत तथा जीतको अग्रिम शुभकामना दिँदै उक्त फिन अन्तर्गतका ११ वटा वस्तुगत संघका अध्यक्षहरुले खुला रुपमा उक्त टीमलाई मतदान गर्ने उद्घोष गरेका हुन्। स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी एवम् फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए । ‘व्यवसायीक हितका लागि पनि हामीले महासंघको आसन्न निर्वाचनमा व्यवसायीक टीमलाई जिताउनुपर्छ,’ उनले भने, ‘यसका लागि हामीले चन्द्र ढकालले नेतृत्व गरेको टीमलाई भारी बहुमतले जिताउनु पर्छ ।’ अहिलेको अवस्थामा सरकारले व्यवसायीको समाधानमा लागि वेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउनका लागि पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले नेतृत्व गरेको उमेशलाल श्रेष्ठको टीमलाई जिताउनुको विकल्प नरहेको गुरुङको दावी थियो । ‘म यस फिन अन्तर्गत रहेको सम्पूर्ण सदस्यहरुलाई क्रस नगरी ढकालले नेतृत्व गरेको टीमको सम्पूर्ण सदस्यहरुलाई नै मतदान गर्न आग्रह गर्दछु,’ गुरुङले बताए, ‘यदि हामीले सानोदेखि ठूलो व्यवसायसम्म सफल रुपमा संचालन गर्दै आउनुभएको ढकालले नेतृत्व गरेको टीमलाई नै जिताउन सक्यौ भने हाम्रो समस्या पनि समाधान हुने आशा लिएका छौं ।’ साथै अबका दिन सरकारसँग दुई धारमा नभई सहकार्य गरेर व्यवसायीका समस्या समाधान गर्न समेत चन्द्र ढकाल समुहलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै फिन अन्तर्गत रहेका बस्तुगत संघका अध्यक्षहरुले स्वतः अध्यक्ष भैसकेका व्यक्तिले एउटा टिमको नाममा महासंघभित्र कार्टेलिङ गरेको भन्दै त्यसलाई तोड्न पनि ढकाल प्यानललाई भोट दिनुपर्ने बाध्यता रहेको बताएका छन् । ‘चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलको सर्वमान्य अध्यक्ष भएर बस्नुपर्ने व्यक्तिले अहिले एउटा टीम खडा गरी उक्त टीमलाई जिताउन दर्जनौं व्यक्तिलाई मनोनितको बल्छी फालेर हिडेका छन्,’ कार्यक्रममा फिन अन्तर्गत रहेको वस्तुगत संघका अध्यक्षहरुले भने, ‘उनको उक्त व्यवहारले महासंघका दुर्घटना निम्तने छ तसर्थ महासंघलाई दुर्घटनाबाट बचाउनका लागि पनि ढकाल प्यानललाई जिताउनुपर्ने छ ।’ फिनमा निर्यात क्षेत्रका कार्यरत ११ ओटा वस्तुगत संस्थाहरु रहेका छन् । जसमा नेपाल गलैचा निर्यात संघ, गार्मेण्ट एशोसिएशन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हातेकागज संघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, अलैची उत्पादक संघ, अदुवा प्रषोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एशोसिएशन रहेका छन् । सो कार्यक्रममा सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिँदै आफू पनि फिन भित्रैकै एक सदस्यको रुपमा रहेकोले यस क्षेत्रको विकासका लागि काम गर्ने बताए । ‘म चुनावको क्रममा यहाँ आएर भोट मात्रै माग्ने र पछि वास्ता नगर्ने भन्ने म र मेरो टीमबाट हुँदैन जुन कुराको यहीँ हलबाट प्रतिवद्धता जाहेर गर्दछु,’ ढकालले भने, ‘हाम्रो टीम जितेर गएपछि तपाईहरुले गर्व हुनेगरी काम गरेर देखाउनेछु ।’ साथै व्यवसायीक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्केट होल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टीमलाई जिताउन उनको आग्रह थियो । कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एशोसिएशनका अध्यक्ष शंकर पाण्डेले महासंघ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुनेभन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो टीमको विजयीसँगै महासंघले फिनसँग सहकार्य गर्दै निर्यात प्रवद्र्धनमा काम गर्ने बताए । ‘देशको कुल ग्राह्स्थ्य उत्पादनमा ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ त्यसलाई परिवर्तन गर्नु जरुरी छ,’ उनले भने, ‘हाम्रो धेरै एजेण्डा छैनन्, हामीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै देशको आर्थिक वृद्धिका योगदान पुर्याउने हो ।’ साथै उनले कार्यक्रममा पटक पटक हारेका व्यक्ति अहिले पनि चुनावी मैदानमा रहेको भन्दै आफु सगरमाथा चढ्न हिडेको व्यक्ति अहिले वेशक्याम्पमा पुगेको बताए । यसैगरी महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले फिन अन्तर्गतका सम्पूर्ण सदस्यहरुले चन्द्र ढकाल प्यानललाई बोलाएर समर्थन गर्नुनै यस टीमको जितको स्पष्ट आधार भएको बताए । कुनै समय देशमा बढी रोजगारी दिई वैदेशिक मुद्रा भित्र्याउँदै देशको आर्थिक वृद्धिमा योगदान दिने निर्यात क्षेत्र रहेको जानकारी दिँदै अबका दिनमा यस क्षेत्रको प्रवद्र्धनका लागि चन्द्र ढकाल टीमले काम गर्ने बताए । व्यवसायीलाई समस्या पर्दा सहज रुपमा उपलब्ध हुने व्यक्तिलाई महासंघको नेतृत्वमा पुर्याउनुपर्ने बताउँदै त्यसका लागि चन्द्र ढकाल र उमेशलाल श्रेष्ठको टीम उपयुक्त भएको उनले बताए ।