अब त्रिभुवन विश्वविद्यालयको सूचना टेलिफोनबाटै प्राप्त गर्न सकिने
काठमाडौं। अब देखि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षा सम्बन्धि सूचना टेलिफोन मार्फत नै प्राप्त गर्न सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको दुईवटा नम्बरमा विद्यार्थीले परीक्षा सम्बन्धि जानकारी लिन पाउने छन् । यसअघी फोन गरेर बुझ्ने प्रावधान परीक्षा नियन्त्रण कार्यालयमा थिएन। हरेक कामको बारेमा बुझ्नको लागि कार्यलयमै पुग्नुपर्ने, त्यसमाथि पनि सहि सूचना सम्प्रेषण नभएको कारणले पनि धेरैले दु:ख पाएका थिए। त्यसैले विद्यार्थीलाई सहि सूचना सम्प्रेषण गर्ने उद्देश्यले यस सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । विद्यार्थीले टेलिफोन नं ४६७२६३२ अथवा ४२८४१६९ मा संपर्क गरेर सुचना प्राप्त गर्नसक्ने छन्।
अष्ट्रेलिया शैक्षिक मेलाको चौथों संस्करण हुने
काठमाडौं। अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गरि मेगा अष्ट्रेलिया शैक्षिक मेलाको चौथों संस्करण आयोजना हुने भएको छ । नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृति विषयमा सूचना दिन मेला आयोजना गरिएको आयोजकले जनाएको छ । यस मेला मङ्सिर ६ र ७ गते होटेल अन्नपूर्णमा आयोजना हुने छ । मेलामा विभिन्न कलेज तथा बिश्वबिद्यालयका प्रतिनिधिबाट छात्रवृत्ति तथा बिभिन्न कोर्ष सम्बन्धि जानकारी साथै बिद्यार्थीको लागि कुन बिषय ठिक भन्ने बारेमा समेत जानकारी दिइने छ । मेलामा जान कुनै शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ ।
सौगात मन्टेश्वरीद्धारा ११५ कुमारीको पुजा, नेपारी संस्कार सबैले मनाए
काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरीले शनिबार कुमारी पुजा कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ११५ जना कुमारीको पुजा गरिएको छ । कुमारी पुजा नेवारी समूदायमा चलिआएको संस्कार भए पनि स्कूलले आयोजना गरेको पुजामा सबै समूदाय सहभागि हुने गरेको, काठमाडौंभन्दा बाहिरका मानिसहरु पनि सहभागी हुने गरको सौगात मन्टेश्वरीकी प्रिन्सिपल राज्यलक्ष्मी बैदारले बताइन् । स्कूलले यस्तो कार्यक्रम हरेक वर्ष गर्ने गरेको र यस पटकको कार्यक्रम चौथो भएको उनले जानकारी दिइन् । जयप्रकाश मल्लको पालामा शुरु भएको कुमारी पुजाको परम्परालाई जोगाउने, नारीहरुको शुस्वास्थ्यको कामना गर्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कुमारीको आत्मामा तलेजु भवानीको बास हुन्छ, कुमारीलाई पुँजा गर्दा धेरै लाभ हुन्छ भन्ने विश्वास भएको उनले बताइन् । सानासाना बाबुनानीलाई कुमारी पुजा सिकाउन, परम्परा र संस्कार सिकाउन, अभिभावक र अभिभावकका आफन्तहरुसँग स्कूलको सम्बन्ध सुमधुर बनाउन यस्तो कार्यक्रम फलदायी भएको उनले बताइन् । कुमारी पुजामा स्थानीय महिलाहरुले नानीहरुलाई टिका लगाउने, माला लगाउने, पैसा दिने, कापी, कलम, मिठाई, वितरण गर्ने गरेका थिए । स्कूलले मैत्रीनगरस्थित इसानेश्वर मन्दीर परिसरमा कुमारी पुजा आयोजना गरेको हो । उक्त कार्यक्रमलाई कीर्तिपुर इनर व्हिल क्लब र स्थानीय समूदायले सहयोग गरेका छन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय समूदायको बाक्लो उपस्थिति थियो । सम्बन्धित समाचार अबको शिक्षा लौरो देखाएर होइन, मल्टिबोर्ड देखाएर