त्रिविमा यस बर्ष दीक्षान्त आवेदक बढे

काठमाडौं। अनलाइन फारम भर्ने सुविधा दिइएपछि यस वर्ष त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन चाहने विद्यार्थी बढेका छन् । पुसमा हुने ४४ औं दीक्षान्त समारोहमा करिब १० हजार विद्यार्थी सहभागी हुने त्रिविले जनाएको छ । गत वर्ष ८ हजार २ सय विद्यार्थी सहभागी थिए । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहीबारसम्मलाई म्याद दिइएकामा दिउँसोसम्म ९ हजार ९ सय २० जनाले अनलाइन फाराम भरेको जनाएका छन् । यस वर्ष ७३ हजार ९ सय १ विद्यार्थी दीक्षान्तयोग्य छन् । त्यसमा स्नातकका ५४ हजार ७ सय ९४ र स्नातकोत्तरका १८ हजार ८ सय ७९ छन् । एमफिल १ सय ५६ र पीएचडी ७२ जना छन् ।

अब जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौं। जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए। कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो । मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन् । परीक्षा शुल्क रु तीन हजार ५०० लाग्छ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिन्छ । रासस

त्रि.वी दिक्षान्तको अनलाईन आवेदन फर्म भर्ने भोली अन्तिम दिन

काठमाडौं। त्रि.वी को चवालिसौं दिक्षान्त समारोहमा सहभागीताको लागि अनलाईन आवेदन फर्म भर्ने मिती २०७५ साल कात्तिक ७ गते सम्म कायम गरिएकोमा विजय दशमीको लामो बिदाको कारणले गर्दा उक्त अवधी २०७५ साल कात्तिक १५ गते सम्म बढाएको छ। उपत्यका बाहिरका विद्यार्थीको सहजताको लागि त्रि.वी ले यस बर्ष देखी अनलाईन फार्म शुरु गरेको हो।