त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले दिए राजीनामा

बायाँबाट क्रमश : प्रा.डा. दीपक अर्याल, प्रा.डा. खड्ग केसी र प्रा.डा. केदारप्रसाद रिजाल ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका छन् । 

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उनीहरूले राजीनामा दिएका हुन् । 

नयाँ सरकारलाई काम गर्न सहजताको लागि आफूहरूले राजीनामा दिएको उनीहरूको प्रतिक्रिया छ । 

राजीनामा दिएका त्रिवि पदाधिकारीले राजीनामा पत्र विश्वविद्यालयका कुलपति प्रधानमन्त्री बालेन शाहलाई दिने तयारी गरिरहेका छन् । 

उपकुलपति रहेका प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि दीपक अर्याल उपकुलपति बनेका थिए । अर्याल गत २०८२ असार २५ गते केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।  

यस्तै, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।

Share News