आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स र कान्ति आरोग्य अस्पताल, नेपालगञ्जबीच सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई कान्ति आरोग्य अस्पतालमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको कम्पनीले जनाएको छ ।  अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्याब टेस्ट तथा एक्सरेमा ३० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, अपरेसन, भिडियो एक्सरे र औषधिमा १० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।  कान्ति आरोग्य अस्पताल विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने नेपालगञ्ज क्षेत्रको अस्पताल हो ।  बिरामी–केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेर अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ ।  नेपालगञ्जको मुटुमा अवस्थित यस अस्पतालमा अत्याधुनिक सुविधा र स्पेशलिस्ट चिकित्सकहरूको टोलीमार्फत उच्चस्तरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।  

शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’, सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी

काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ ।  उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो सँगै यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ । यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि कोशेढुंगा भएको कम्पनीले जनाएको छ । एसएएफएद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ । यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन र वित्तीय अनुशासन प्रतिको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गर्ने कम्पनीले जनाएको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दिनेश सरियाले लिए शपथ

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशक शाम्भराज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए । शपथ ग्रहण समारोहले कम्पनीको नेतृत्वमा नयाँ व्यवस्थापनद्वारा अघि बढाइने जिम्मेवारी र दायित्वको औपचारिकता पुष्टि गरेको बताइएको छ ।