काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा प्रस्तावक तथा कर्मचारीका लागि सहुलियत र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटल सँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ ।
मिति २०८३ वैशाख ९ गते कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल परीक्षण सहुलियत दरमा छिटो र सहज रूपमा उपलब्ध गराइनेछ भने परीक्षणपछि आवश्यक मेडिकल रिपोर्ट पनि शीघ्र प्रदान गरिनेछ । साथै कम्पनीमा कार्यरत कर्मचारीहरूले अस्पतालबाट १० प्रतिशत छुटसहित सहुलियत दरमा स्वास्थ्योपचार सेवा पाउने व्यवस्था गरिएको छ ।
यस सम्झौताबाट कम्पनीसँग आबद्ध ग्राहक तथा कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।