सन नेपाल लाइफको नारायणी क्षेत्रमा तीन शाखाको स्थान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्रअन्तर्गत रहेका तीन शाखाको स्थानान्तरण सम्पन्न गरी नयाँ संरचनायुक्त कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले टाडि शाखा (रत्ननगर–टाडि २), भरतपुर शाखा (भरतपुर–३, शहीद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर–१८) गरी तीन शाखालाई आधुनिक सुविधायुक्त स्थानमा सारेर औपचारिक रूपमा कार्य सुरु गरेको हो । नयाँ कार्यालयमार्फत विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ । स्थानान्तरण उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, सम्बन्धित शाखा प्रबन्धक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन संरचनागत सुदृढीकरण अनिवार्य भएको बताउँदै, शाखा स्थानान्तरण ग्राहक–मैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए । त्यस्तै, प्रमुख बजार अधिकृत चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली र सहज मार्गदर्शन जस्ता सुधारहरूले ग्राहक सन्तुष्टि वृद्धि हुने विश्वास व्यक्त गरे । कम्पनीले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै आएको जनाएको छ ।

सिटिजन लाइफको सीईओमा पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी पौडेललाई पुनः नियुक्त गरिएको हो ।  पौडेलको दोस्रो कार्यकाल यही पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन्स लाइफमा २०७४ सालमा सीईओमा नियुक्त भएका थिए। पौडेलले आफ्नो नेतृत्वमा कम्पनीलाई अब्बल संस्था बनाउन विशेष भूमिका निर्वाह गरेका छन् । 

नेशनल लाइफको सिईओ क्लब कार्यक्रम सम्पन्न, कर्णाली र सुदूरपश्चिमका अभिकर्ता सम्मानित

काठमाडाै । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कार्यक्रम सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।  प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेक थिए ।  सीईओ खत्रीले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको जानकारी दिँदै १६ सयभन्दा बढी अभिकर्ता छनोट सफल भएको बताए ।