हालसम्म ५ जीवन बीमकले घोषणा गरे नयाँ बोनसदर, कुनले कति दिँदैछन् ?
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म ५ जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हालसम्म नेपाल लाइफ, मेट लाइफ, आईएमई लाइफ, सानिमा रिलायन्स र सिजिटन्स लाइफले नयाँ बोनस दर घोषणा गरेका हुन्। बीमा कम्पनीहरूले हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि नयाँ बोनसदर घोषणा गर्ने गरेका छन् । त्यसैको आधारमा बीमितले नयाँ बोनस रकम पाउँछन् । नेपाल लाइफ नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म निर्धारण गरेको छ । त्यस्तै, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा)मा न्यूनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँ, सावाधिक जीवन बीमालेख (जीवन समुनन्त) मा न्यूनतम ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म निर्धारण गरेको छ । सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १÷विकल्प २) को लागि न्यूनतम १० वर्षसम्म, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम भएको छ । सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क) मा न्यूनतम ५५ रुपैयाँदेखि ६० रुपैयाँ कायम भएको छ । सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजना) मा न्यूनतम प्रतिहजार ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म नयाँ बोनसदर तोकेको छ । सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) बीमालेखमा प्रतिहजार न्यूनतम ७० रुपैयाँदेखि ८२ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि) बीमा योजनामा न्यूनतम ५६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) योजना र अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि) मा न्यूनतम ५६ रुपैयाँ कायम गरेको छ । अन्य (जीवन सारथी) बीमालेखमा न्यूनतम ६२ रुपैयाँदेखि ८५ रुपैयाँ कायम गरेको छ । सानिमा रिलायन्स लाइफ सानिमा रिलायन्स लाइफले आव २०८१/८२ को लागि न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमालेखमा न्यूनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजना (एकल) योजनाअन्तर्गत न्यूनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म, त्रिपल सावधिक बीमालेखमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म निर्धारण गरेको छ । त्यसैगरी कम्पनीले नयाँ दम्पती सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि ३० रुपैयाँ, सावधिक तथा आजीवन योजनाअन्तर्गत न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म नयाँ बोनस दर कायम गरेको छ । अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रुपैयाँदेखि ४२ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी योजनाअन्तर्गत न्यूनतम १९ रुपैयाँदेखि २१ रुपैयाँ, मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) मा न्यूनतम २४ रुपैयाँदेखि ५४ रुपैयाँसम्म नयाँ बोनस दर कायम गरेको छ । त्यसैगरी १५ वर्षे अग्रिम भुक्तानी योजनाअन्तर्गत न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाअन्तर्गत ३० रुपैयाँ, सामूहिक सावधिक बीमालेखको लागि २० रुपैयाँ, सावधिक तथा आजीवनमा न्यूनतम ३० रुपैयाँदेखि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । सावधिक योजनाअन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँ, सीमित भुक्तानी सावधिकअन्तर्गत न्यूनतम ४२ रुपैयाँदेखि ६५ रुपैयाँबाल सावधिक (मेरो मुटु आई) योजनामा न्यूनतम २२ रुपैयाँदेखि ४५ रुपैयाँ, बाल सावधिक (मेरो मुटु ई) अन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । आइएमई लाइफ कम्पनीले विभिन्न बीमालेखको लागि न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा सावधिक सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमालेखमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सामूहिक सावधिक बीमालेखमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म सावधिक तथा आजीवनमा न्यूनतम ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा न्यूनतम ३८ रुपैयाँदेखि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमालेखको लागि न्यूनतम ३० रुपैयाँदखि अधिकतम ६५ रुपैयाँसम्म कायम गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमालेख सम्पूर्ण बीमा अवधिका लागि एउटै प्रतिहजार २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ । वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ६० रुपैयाँसम्म कायम गरेको छ । मेट लाइफ मेट लाइफले विभिन्न बीमालेखमा न्यूनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म नयाँ बोनसदर घोषणा गरेका छन् ।कम्पनीले अग्रिम भुक्तानी (थ्री पेमेन्ट प्लान) बीमालेखमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अन्तर्गत सावधिक जीवन बीमा योजनामा न्यूनतम ५० रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको छ । शिक्षा संरक्षण बीमालेखमा न्यूनतम ५० रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको छ । माई चाइल्ड एजुकेसन प्रोटेक्सन बीमालेखमा न्यूनतम ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ बोनसदर कायम गरेकोे छ । सिटिजन लाइफ सिटिजन्स लाइफले विभिन्न बीमालेखमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ बोनसदर तोकेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँ बोनसदर कायम गरेको छ । सिजिजन शुभारम्भ योजना (सावधि बीमालेख) मा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म कामय गरेको छ । सिटिजन बाल भविष्य योजना (सावाधिक बीमालेख) अन्तर्गत न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीवन बीमालेख) न्यूनतम ३८ रुपैयाँदेखि ६५ रुपैयाँ नयाँ बोनसदर निर्धारण भएको छ ।
२० प्रतिशत लाभांश वितरण गर्ने सिटिजन लाइफ इन्स्योरेन्सको घोषणा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत (करसहित) नगद लाभांश सेयरधनीलाई दिने घोषणा गरेको हो । इन्स्योरेन्सका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
जेनजी क्षतिको भुक्तानीमा बीमा कम्पनीहरूको सुस्तता, तीन महिना बित्दा १८ प्रतिशतमात्रै भुक्तानी
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दाबी भुक्तानीमा बीमा कम्पनीहरूको सुस्तता देखिएको छ । क्षति भएको तीन महिना बितिसक्दा पनि निर्जीवन बीमा कम्पनीहरूले हालसम्म क्षतिको १८ प्रतिशतको हाराहारीमा मात्रै दाबी बापतको भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बीमा कम्पनीहरूले ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । यो कुल दाबीमध्ये १८.७ प्रतिशत मात्रै भुक्तानी हो । जेनजी आन्दोलनको क्रममा भएको भौतिक क्षति तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३०० वटा बीमा दाबीको २३ अर्ब ४४ करोड रुपैयाँ दाबी परेको थियो । सञ्चालनमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, ३ अर्ब २१ करोड ८९ लाख सम्पत्ति बीमातर्फ, १ अर्ब ८ करोड मोटर बीमातर्फ, ६ करोड ८१ लाख इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ, ६६ लाख परिवहन र अन्यतर्फ ३९ लाख रुपैयाँ भुक्तानी भएको छ । पुनर्बीमा कम्पनीबाट २ अर्ब ५६ करोड भुक्तानी पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ । पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।