बीमा बजार खाली छ, आफ्नो इच्छा जति छ त्यति लिन सकिन्छ-मनोज कुमार लाल कर्ण
मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत, युनियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड २०७४ सालमा बीमा समितिबाट १० वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाए । त्यसमध्ये एक युनियन लाइफ इन्स्यारेन्स कम्पनीले असोज ४ गते बीमा समितिबाट बीमा व्यवसाय गर्न अनुमति पाएकाे थियाे । असोज ६ गते उद्घाटन गर्याे र असोज २२ गतेदेखि कारोबार सुरु गर्याे । काराेबार गरेकाे तीन वर्षमा वार्षिक झण्डै ३ अर्ब बीमा शुल्क संकलन गरेकाे छ । शाखा, उपशाखा विस्तार, अभिकर्ता परिचालनमा पनि कम्पनी धेरै अगाडि देखिएकाे छ । प्रमुख कार्यकारी अधिकत मनाेज कुमार लाल कर्ण ९० डिग्रीकाे भर्टिकल ग्रोथकाे लक्ष्य लिएकाे बताउँछन् । कसरी सम्भव छ ? प्रस्तुत छ विकासन्युजले गरेकाे विकास वहस । युनियन लाइफले धेरै वर्ष पुराना कम्पनीकै हाराहारीमा बीमा शुल्क संकलन, पोलिसी बिक्री र अभिकर्ता बनाउन लागेको छ, छोटो समयमा नै यो प्रकारको प्रगति कसरी सम्भव भयो ? मेरो काम गर्ने स्टायल नै यही हो । म जहाँ पनि एग्रेसिभ नै काम गर्छु । म जहाँ जहाँ गएको छु, त्यहाँ एग्रेसिभ्ली नै काम गरेको छु । र, यो एउटा प्रोसेस पनि हो । मैले हतार हतार काम गरेको मात्रै विजिनेस बढेको होइन । मुख्य कुरा त जीवन बीमाको बजार नै खाली छ । बजार खाली छ भने आफ्नो इच्छा जति छ, त्यति लिन सकिन्छ । वास्तवमै भन्नुहुन्छ भने हामीले जति बजार लिनुपर्ने हो, त्यति लिन सकेका पनि छैनौं । विजनेस अझै बढी हुनुपर्ने थियो । बजार खाली छ भनेर किन भन्नुभएको ? अहिले पनि २५/२६ प्रतिशत नेपालीले मात्रै जीवन बीमा गरेका छन् । अर्थात ७५ प्रतिशत बजार अझै खाली छ । अर्काे कुरा, २५ प्रतिशत नेपालीले जुन बीमा गरेका भनिएको छ, त्यसमा पनि ५/६ प्रतिशत पोलिसी दोहोरिएको होला । एउटै मान्छेले ४/५ वटा पोलिसी लिएको हुन्छ । त्यसैकारण वास्तविक रुपमा हेर्ने हो भने बढीमा २० प्रतिशत नेपाली मात्रै बीमा गरेका छन् । त्यसैकारण बजार खाली छ भनेको हुँ । सबैलाई बीमा चाहिन्छ, ८० प्रतिशत मान्छेले बीमा गराएका छैनन् भने बजार खाली नभएर के हो ? केही मान्छेले जसलाई हातमुख जोर्न समस्या भएको व्यक्तिले बीमा गर्न सक्दैन भन्छन् । तर, बीमाको दृष्टिकोणबाट हेर्ने हो भने बीमा गराउन नसक्ने व्यक्ति एक जना पनि छैनन् । दुई सय, चार सय वा हजार तिरेर पनि बीमा गराउन सकिन्छ । धेरै रकम तिर्न नसक्नेलाई बीमा गर्न नसक्ने व्यक्ति भनेर किटान गर्नुभएन । वास्तविक रुपमा हेर्ने हो भने बढीमा २० प्रतिशत नेपाली मात्रै बीमा गरेका छन् । त्यसैकारण बजार खाली छ भनेको हुँ । सबैलाई बीमा चाहिन्छ, ८० प्रतिशत मान्छेले बीमा गराएका छैनन् भने बजार खाली नभएर के हो ? बीमा ऐन आएर निजी क्षेत्रपनि खुल्ला गरिएको करिब ३ दशक हुन थाल्यो, यो अवधिमा पनि बीमाले समेटेको क्षेत्र २५ प्रतिशत मात्रै हुनुमा कसको कमजोरी देख्नुहुन्छ ? यसमा समग्र बीमा क्षेत्रकै कमजोरी छ । यसको हिस्सेदार म पनि हूँला । संचार क्षेत्र पनि होला । बीमाको बारेमा संचार क्षेत्रले कुरा उठाइरहनु पथ्र्याे होला । कम्पनीहरुले बीमामा समेटिने वातावरण बनाउनु पथ्र्याे होला । सरकारले पनि प्राथमिक तहदेखिकै शिक्षामा बीमा विषय अध्यायन गर्ने गराउने प्रबन्ध मिलाउनु पर्ने थियो होला । सबैको कमजोरीका कारण आज बीमाको अवस्था यस्तो भएको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनी संचालनमा आएपछि कति जना नयाँ अभिकर्ता बनाउनु भयो, कर्मचारी नयाँ कति जना र अन्य कम्पनीबाट कति जना थप्नुभयो ? हाम्रो कम्पनीको कुरा गर्दा अन्य कम्पनीमा काम गरेर आएका कर्मचारी र अभिकर्ताको संख्या निकै कम छ । गत असार मसान्तसम्ममा हाम्रो कम्पनीका करिब ३९ हजार अभिकर्ता छन् । यी करिब सबै नयाँ अभिकर्ता हुन् । हरेक कम्पनीले प्राय नयाँ अभिकर्ता नै बनाउने गरेका छन् । बीमाको दृष्टिकोणबाट हेर्ने हो भने बीमा गराउन नसक्ने व्यक्ति एक जना पनि छैनन् । दुई सय, चार सय वा हजार तिरेर पनि बीमा गराउन सकिन्छ । तपाईंको स्वभाव त शान्त जस्तै देखिनु हुन्छ, व्यवसाय जस्तै एग्रेसिभ हुनुहुन्न ? यो फरक कुरा हो । व्यक्तिगत जीवनमा म शान्त छु । बीमा क्षेत्रमा आउनुअघि करिब १० वर्षसम्म ट्युसन पढाएँ । त्योभन्दा अघि केही समय विद्यालयमा पढाएको पनि थिएँ । त्यसरी पढाउँदा पनि मलाई मेरा विद्यार्थीले विद्यालय तथा विश्वविद्यालय टप गर्नुपर्छ भन्ने मलाई लाग्थ्यो । तर, यो बीमा कम्पनीमा आउँदा यसलाई टप गराउँछु भन्ने मेरो दिमागमा छैन । मेरो दिमागमा के छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी ९० डिग्रीको बृद्धिदर हासिल गरेर अघि बढ्नुपर्छ भन्ने छ । रकेटको स्पीडमा अघि बढ्नुपर्छ । हामीले निश्चित अवधिको लागि पाएको जीवनमा स्लोली जानु हुन्न । जे काम गरेपनि एग्रेसिभ गर्नुपर्छ । जो व्यक्ति जुन ठाउँमा छ, उसले त्यो ठाउँमा राम्रो काम गर्नुपर्छ । मैले यो कम्पनीमा पनि भन्ने गरेको छु कि पोलिसी बेच्ने भन्दा पनि बीमाको बारेमा बुझाउने प्रयास गरौं । हामीले हाम्रो वरिपरी भएका, आफन्त वा छिमेकीमध्ये कसैको निधन भयो र बीमा नभएको कारण सो परिवारमा आर्थिक नोक्सानी परेर समस्या उत्पन्न भयो भने त्यसको जिम्मेवार हामी सबै जना हो । जुन बीमा कम्पनीमा गरेपनि बीमा गराउनु पर्यो, हाम्रो ध्यान यतातिर हुनुपर्छ । गत असार मसान्तसम्म कस्तो व्यवसाय भयो ? गत असार महिनामा मात्रै ७५ करोडको प्रिमियम संकलन भयो । असार मसान्तसम्मको कुरा गर्ने हो भने २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । र, १ लाख ७० हजार पोलिसी विक्री गरेका छौं । अभिकर्ता ३९ हजार भए । १ सय ८६ वटा शाखा भएका छन् । नयाँ कम्पनीका लागि यो धेरै नै उपलब्धिमुलक काम हो । बजार हिस्सा करिब १० प्रतिशत पुग्यो । मेरो दिमागमा के छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी ९० डिग्रीको बृद्धिदर हासिल गरेर अघि बढ्नुपर्छ भन्ने छ । रकेटको स्पीडमा अघि बढ्नुपर्छ । कम्पनी संचालनमा आएको ३ वर्ष पनि नपुग्दै १० प्रतिशत बजार हिस्सा पुर्याउन सकिन्छ भन्ने लागेको थियो ? मलाई लागेको थियो । राम्रो टीम बनाएर सोही अनुसार मोटिभेट गर्न सकेको अबस्थामा यति उपलब्धी हासिल हुन्छ भन्ने मलाई लागेको थियो । यो कम्पनी सुरु हुनुअघि लाइसेन्सिङ प्रकृयामै रहेको बेलामा थापाथलीमा कार्यालय राखिएको थियो । त्यो बेला बीमा कै एकजना साथी मलाई भेट्न आउनु भएको थियो । असोज महिना लागिसकेको थियो । साथीले यो वर्ष लाइसेन्स पाउनु भयो भने कतिको व्यवसाय गर्नुहुन्छ भनेर सोध्नुभयो । मैले उहाँलाई ५० करोड रुपैयाँ जतिको गर्न सकिन्छ भनेर जवाफ दिएको थिएँ । उहाँले ‘दाइ यस्तो गफाडी कुरा नगर्नुस्, यति धेरै बीमा शुल्क ल्याउन सक्नुहुन्न’ भन्नुभयो । तर, त्यो वर्ष नै ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थियौं । उहाँले किन यस्तो भन्नुभएको थियो भने कुनै पनि बीमा कम्पनी खुलेको वर्ष ५० करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थिएन । त्यसैले उहाँले शंका गर्नुभएको थियो । कारोबार सुरु गरेको पहिलो वर्षको ९ महिनामा नै ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन कसरी सम्भव भयो ? हामीले त्यही अनुसारको टीम बनाएका थियौं । एग्रेसिभ मार्केटिङ गरेका थियौं । त्यो बेला हाम्रो मात्रै होइन, अरुको पनि विजनेस बढेको थियो । सबैको बीमा शुल्क बढेको थियो । नयाँ कम्पनी आएपछि पुराना कम्पनीको पनि बीमा शुल्क बढ्यो । नयाँ १० वटा कम्पनीमध्ये युनियन लाइफ निकै अघि बढेको छ, यो कसरी सम्भव भयो ? सबै कम्पनीको आफ्नो आफ्नो रणनीति हुन्छ । आफ्नै किसिमले व्यवसाय विस्तार गरेको हुन्छ । त्यही अनुसार अरु कम्पनीले अलि विस्तारै अघि बढ्ने रणनीति बनाए होलान् । हामी एग्रेसिभ भएर अगाडि बढ्यौं । युनियन लाइफले छोटो समयमा नै जुन प्रकारको उपलब्धी हासिल गरेको छ, यसले संकट ल्याउने सम्भावना छ कि छैन ? छैन । समस्या कतिबेला आउँछ भने बीमा गरेपछि कुनै विन्दुमा पुगेर रोकियो वा तल झर्न लाग्यो भने समस्या आउने हो । युनियन लाइफ अहिलेसम्म भर्टिकल ग्रोथमा गएको छ । पहिलो वर्ष ८६ करोडको बीमा शुल्क संकलन भयो । दोस्रो वर्ष २ अर्ब ४९ करोड रुपैयाँ पुग्यो । र, अहिले २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । हाम्रो ग्रोथ यो हिसावले गएको छ । हाम्रो ग्रोथ २ अर्ब ४९ करोडबाट ५ अर्ब रुपैयाँ पुगेको होइन । युनियन लाइफले गरेका बीमामध्ये कुन पोलिसीमा अलि बढी जोखिम छ भन्ने लाग्छ ? कुनै पनि पोलिसीमा जोखिम बढी हुदैन । किनभने सबै पोलिसी एक्चुरीले बनाएको हुन्छ । मनीब्याक पोलिसीमा बीच बीचमा रकम फिर्ता दिनुपर्छ । यस्तो पोलिसीको बीमा शुल्क नै केही महंगो हुन्छ । अवधि पूरा भएपछि भुक्तानी पाइने इन्डोमेन्ट पोलिसीको बीमा शुल्क सस्तो हुन्छ । तर, कुनै पनि प्रडक्ट बेच्दा पोटफोलियो मिलाउनु पर्छ । हामीले पोटफोलियो मिलाएका छौं । मनीव्याक र इन्डाेमेन्टमध्ये बीमा कम्पनीलाई कुन पोलिसी बढी फाइदाजनक हुन्छ ? हामीसँग करिब ३० प्रतिशत पोटफोलियो मनीव्याक छ । दुबै पोलिसीमा रकम भुक्तानी अवधिका आधारमा बीमा शुल्क तय गरिएको हुन्छ भनेर मैले अघि पनि भनिसकेको छु । यी दुई पोलिसीको तुलना नै गर्ने हो भने कम्पनीहरुका लागि मनीव्याक भन्दा इन्डोमेन्ट पोलिसी नै उत्तम हो । बीमा अभिकर्तालाई दिइने कमिसन बढी भएको कारण जीवन बीमाशुल्क महंगो भएको छ भन्ने गुनासो पनि आएको छ, यसमा तपाईंको धारणा के छ ? संसारभर नै जीवन बीमा भनेको अभिकर्ताको आधारमा चल्ने हो । अभिकर्ताले कमिसन पाउने विश्वव्यापी नियम नै हो । एक्चुरीले पनि अभिकर्ताले कमिसन आउने गरी दर तय गरेको हुन्छ । अभिकर्ताले १०/१५ चोटी गएर भनेपछि बीमा गर्ने गरिएको छ । अभिकर्ता गएन, अभिकर्तालाई कमिसन दिएन भने बीमा नै हुदैन । यो व्यवसायको प्रकृति नै यस्तै हो । प्रत्येक्ष बीमा गर्न सकिदैन ? बीमा कम्पनीको होर्डिङ बोर्ड देखेर बीमा गर्न आउने १ प्रतिशत पनि हुदैनन् । बीमालाई मान्छेले आवश्यकता वा अपरिहार्य हो भन्ने गरी सोचेकै छैनन् । विश्वभर नै जीवन बीमा भनेको एजेन्सी फोर्सबाट चल्ने व्यवसाय हो । सबै व्यवसायको आफ्नै प्रकृति हुन्छ । बीमाको प्रकृति नै यस्तै हो । दक्षिण एसियाली देशमा अभिकर्ता कमिसन दर कस्तो छ ? अरु देशमा त हाम्रोमा भन्दा पनि बढी कमिसन छ । कतिपय देशले बीमा अवधिभरको कमिसन दिने व्यवस्था पनि गरेका छन् । हाम्रो देशमा जम्मा १० वर्षसम्म मात्रै कमिसन पाइने व्यवस्था छ । कतिपय देशमा त एक वर्षको प्रिमियम अभिकर्ता कमिसनमै जाने व्यवस्था पनि छ । अभिकर्ता कमिसन घटाउन सक्ने हो भने बीमा शुल्क सस्तो पर्थ्याे, घटाउन सक्ने ठाउँ देख्नुहुन्छ ? म त त्यस्तो ठाउँ देख्दिनँ । घटाउनु पनि हुदैन । किनभने २० वर्षसम्मको लागि बीमा गरायो भने उसले पहिलो २ वर्षपछि त ५ प्रतिशतका दरले बाँकी ८ वर्षसम्म कर कटाएर कमिसन पाउने हो । तर उसले सेवा त २० वर्ष नै दिनुपर्छ । प्रत्येक्ष बीमा गर्न सकिने व्यवस्था सबै कम्पनीमा छ । तर, बीमा गराउँछु भन्दै कोही पनि आउँदैनन् । प्रत्येक्ष बीमा गराउन आउने व्यक्तिलाई अभिकर्ताले पाउने कमिसन छुट दिन सकिदैन ? अभिकर्ता बीचमा चाहिन्छ नै । एजेन्ट नै भएन भने पोलिसी ल्याप्स हुने सम्भावना बढेर जान्छ । यो व्यवसायमा शतप्रतिशत प्रत्येक्ष वा शतप्रतिशत अनलाइन गरेर सम्भव हुन्न । अहिले गाउँबाट बीमा आइरहेको छ । गाउँका मान्छे मेरो आवश्यकता हो भने बीमा गर्न कहाँ जान्छन् ? यसको लागि धेरै समय लाग्छ । अहिलेसम्म जम्मा २० प्रतिशत जनतालाई मात्रै बीमा गराउन सकेका छौं । अभिकर्ताले दैनिक गएर भनेका भन्यै छन् । अहिलेसम्म बीमा भएको भनेको नै फोर्सफुल्ली हो । बीमाको बारेमा १० चोटी नभनी कसैले बीमा गर्दैन । कर्मचारी राखेर बीमा गराऊ न त भन्यो भने योभन्दा पनि बढी खर्च हुन्छ । अभिकर्तामार्फत आएको बीमामा खर्च कम छ । त्यसैले घटाउनु हुदैन, बरु बढाउनु पर्छ । बीमा अवधिभरको कमिसन पाउने व्यवस्था गर्नुपर्छ । यसो भयो भने अभिकर्ता अझ सक्रिय भएर लाग्छ । बीमा अभिकर्ताको कमाईं त्यही कम्पनीका सिइओको भन्दा बढी हुन्छ भन्ने चर्चा सुनिन्छ, फेरि तपाईं अभिकर्ता कमिसन अझै बढाउनु पर्छ भन्नुहुन्छ ? विश्वमा ८० प्रतिशत मान्छेहरु विश्वविद्यालयको अध्ययनकै क्रममा सेलिङ प्रोफेसनमा आउँछन् । २० प्रतिशत मात्रै यताउता हुने हो । सेलिङ प्रोफेसनको विशेषता नै यस्तो हो कि जसले जति काम गर्न सक्छ त्यति नै कमाइ हुन्छ । जति मेहेनत गर्यो उति कमाइ हुन्छ । यस्तो कमाई तलबले होइन, कमिसनले निर्धारण गर्ने गरेको हुन्छ । अभिकर्ताहरु दिनरात, घामपानी, केही नभनी काम गरिरहेका हुन्छन् । उनीहरु दिनमा १६/१८ घण्टासम्म पनि काम गरिरहेका हुन्छन्, त्यसैले कमाउँछन् । अभिकर्ता मात्रै होइन, अन्य क्षेत्रमा पनि जसले धेरै मेहेनत गरेको हुन्छ, उसको कमाइ धेरै हुन्छ । यो कम्पनीको लागि तपाईं कति समय खट्नुहुन्छ ? मैले विहान ७ बजेदेखि राती १० बजेसम्म यही कम्पनीको लागि समय दिएको छु । यो कम्पनीका कर्मचारी कति समय काम गर्छन् ? शाखा कार्यालयहरुमा गएर हेर्नुभयो भने विहान ८ बजेदेखि राती १० वजेसम्म हाम्रा कर्मचारीहरु कम्पनीका लागि खटिरहेका पाउनु हुन्छ । तपाईंको कम्पनीमा कर्मचारी टर्नओभर कत्तिको छ ? सुरुसुरुमा कर्मचारी आउने, जाने क्रम अलि बढी नै थियो । पछिल्लो एक वर्षयता त्य क्रम रोकिएको छ । अरु कम्पनीहरुबाट धेरै कर्मचारी ल्याएका पनि छैनौं । हामीले कलेज पढ्दै गरेका र विद्यालय पढाउँदै गरेका शिक्षक बढी ल्याएका छौं । नयाँ कर्मचारीले बढी व्यवसाय ल्याएका छन् । बैंक, सहकारी र शिक्षण पेशाबाट आएका कर्मचारीले बढी व्यवसाय ल्याएका छन् । पुरानोको तुलनामा नयाँ कर्मचारीले बढी विजनेस ल्याउन सक्नुको कारण के होला ? यसको मुख्य कारण भनेको हाम्रो तालिम नै हो । हाम्रो मोटिभेसन नै हो । चैतमा लकडाउन भएपछि मानिसहरुको मनमा त्रासदीको भयावह अवस्था थियो । यस्तै अवस्थामा चैत २० गतेदेखि मैले अनलाइन तालिम सुरु गरेँ । अनि मैले सबैको दिमागमा कोभिड–१०० भर्दिएँ । कोभिड–१९ भनेको डर, भय, त्रास सिर्जना गर्ने महामारी हो । कोभिड–१०० भनेको मास्क लगाउ, स्यानिटाइजर बोक, दुरी कायम गर र प्रफुल्लित मुद्रामा बाहिर जाऊ भन्ने हो । पैसा कमाऊ त्यो कोभिड–१०० हो भनेँ । त्यसैकारण युनियन लाइफले बैशाख महिनामा सबैभन्दा बढी पोलिसी बेच्यो । सबैभन्दा बढी प्रिमियम संकलन भयो । अनि बजार तरंगित भयो । युनियन लाइफले गर्न सक्छ भने हामीले किन नसक्ने भन्ने अन्य बीमा कम्पनीलाई पनि पर्यो । हामीले एकै दिमा ७ वटासम्म अनलाइन कन्फरेन्स गरेका छौं । कहिले शाखा प्रमुखलाई, कहिले प्रादेशिक प्रमुखलाई, कहिले सिनियर एजेन्सी म्यानेजरलाई, कहिले एमडीआरटी मेम्बरहरुलाई तालिम दिएका हुन्थ्यौं । त्यसपछि युनियन लाइफमा मात्रै होइन, जीवन बीमा बजारमा कोभिड–१०० आयो । कुन क्षेत्रबाट बढी बीमा आएको छ ? शहर तथा ग्रामीण दुबै क्षेत्रबाट बीमा आएको छ । प्रादेशिक रुपमा हेर्दा जनसंख्याको आधारमा करिब उस्तै बीमा आएको देखिन्छ । बीमा भनेको जनसंख्या, आम्दानी तथा सचेतना जस्ता कुराले निर्धारण गर्ने भएकोले १ देखि सुदूरपश्चिम प्रदेशसम्ममा जे जति व्यवसाय आएको छ, त्यो करिब उस्तै देखिन्छ । युनियन लाइफको गत आर्थिक वर्षको व्यवसायबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ? म सन्तुष्ट छु । असार महिनामा मात्रै हामीले ७५ करोडको प्रिमियम ल्यायौं । व्यक्तिगत बीमामा व्याकडेटिङ गर्न नपाउने भनेर बीमा समितिले निर्देशन जारी गर्यो । यो निर्देशन बीमा कम्पनीहरुका लागि बरदान सावित भयो । डबल बीमा गरिएको छ भने २ वर्षपछि र सिंगल बीमा गरिएको छ भने एक वर्षपछिदेखि नै ऋण लिन पाइने व्यवस्थाले बिमित र कम्पनी दुबै पक्षलाई फाइदा भयो । तर, गत आर्थिक वर्षमा कोभिड–१९ नआएको भए हामीहरुको विजनेस योभन्दा निकै धेरै हुन्थ्यो । कोभिड–१९ नआएको भए हामी गत आर्थिक वर्षसम्ममा ५ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्ने थियौं । म सन्तुष्ट छु भन्नुको अर्थ कोभिड–१९ को बेलामा जे जस्तो व्यवसाय भयो, त्यो राम्रो हो मात्रै भनेको हूँ । आइसीयुमा भएको विरामीले ३ चम्चा खाना खानु भनेको राम्रो हो । खुसीको कुरा हो । तर एउटा स्वस्थ मानिसले ३ चम्चा खाना खायो भनेर खुसी हुन सकिदैन । युनियन लाइफले कहिलसम्म मार्केट लिड गर्छ ? म मार्केट लिड गर्नेतिर दौडेकै छैन । यो मार्केट लिड गर्नेगरी अघि बढ्नुपर्छ भन्ने मेरो इन्टेन्सन पनि छैन । युनियन लाइफ हरेक घरमा जानुपर्छ । बीमा बजारको बृद्धि हो । हरेक जनजनले हरेक घरले बीमा गर्यो भने १५ वर्षपछि त सबै नागरिक लखपति हुन्छन् । अनि नेपाल पनि गरिब राष्ट्र बनिरहदैन । युनियन लाइफ इन्स्योरेन्स कम्पनीप्रति समकक्षी कम्पनीहरुले अलि बढी आलोचनात्मक दृष्टिकोण राख्छन्, किन होला ? कुनै बेला सबैभन्दा बढी आलोचना विश्वविद्यालयका प्रोफेसरको हुन्छ, प्राथमिक विद्यालयका शिक्षकको कम हुन्छ । बजारम एग्रेसिभ्ली गएपछि आलोचना हुनु स्वभाविक नै हो । त्यो आलोचना मेरो लागि बरदान हो । अरुले आलोचना गरेकै कारण म राम्रो ट्रयाकमा हिड्न वाध्य हुन्छु । यो कम्पनीको आइपीओ कहिले आउँछ ? यसमा केही प्राविधिक समस्याहरु छन् । यो कम्पनीले असोजदेखि कारोबार सुरु गरेको थियो । अर्काे वर्षको कात्तिकमा कम्पनीको साधारणसभा भयो । त्यसपछि आइपीओको लागि पठायौं । तर, धितोपत्र बोर्डले कारोबार गरेको एक वर्ष पूरा भएको हुनुपर्छ भन्यो । बोर्डको यस्तो भनाइपछि अर्काे वर्ष कुनुपर्ने वाध्यता आयो । अब एक्चुरी भ्यालुएसन भएर बीमा समिति पठाउने र स्वीकृति पाएपछि एजीएम गरेर आइपीओमा जाने हाम्रो योजना छ । क्रेडिट रेटिङको काम भइरहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा आइपिओ आइसक्छ ।
अब ग्राहकहरुलाई बैंकमा गएर सेवा लिने समय हुँदैन: सीईओ भण्डारी
सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी अधिकृत-कुमारी बैंक लिमिटेड कुमारी बैंक र सुरेन्द्र भण्डारीबीचको सम्बन्ध एउटै सिक्काका दुई पाटा जस्तो छ । स्थापनासँगै एक दशक कुमारी बैंकमा बिताउनु भएका भण्डारी केही वर्ष सिद्धार्थ बैंकको सीईओ हुनुभयो । तीन वर्षअघि फेरि उहाँ कुमारी बैंकमा नै फर्किनु भयो । देव विकास बैंकलाई प्राप्तिपछि कुमारी बैंक पनि ठूलो बाणिज्य बैंकको रुपमा स्थापित भएको छ । १२ अर्ब ५२ करोड चुक्ता पुँजी, १२० अर्ब निक्षेप, ११२ अर्ब कर्जा लगानी, २०६ शाखा, १० लाख भन्दा बढी ग्राहकसहित दह्रिएको कुमारी बैंक फेरि पनि मर्जको कुरा गर्दैछ । प्रस्तुत छ कुमारी बैंकको आगामी यात्रा र बैकिङ क्षेत्रका समसामहिक विषयमा सुरेन्द्र भण्डारीसँग गरिएको विकास वहस । दुई दशकदेखि कुमारी बैंकले हाँसिल गरेका उपलब्धिहरुलाई तपाई कसरी समिक्षा गर्नुहन्छ ?/बैंकका प्रमुख उपलब्धिहरु के–के हुन् ? आजभन्दा २० वर्ष अगाडि कुमारी बैंक स्थापना भएको हो । २० वर्ष अगाडि स्थापना गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि म नै हुँ । त्यतिखेर हामीले कुमारी बैंकलाई नयाँ स्रोत र स्वरुपका साथ अगाडि बढाएका थियौं । त्यतिखेर मास बैंकिङ र डिजिटलाइजेसनमा कसरी जाने भन्ने कुरालाई हामीले प्राथमिकता दियौं । त्यही क्रममा सन् २००१/०२ तिर हामीले नेपालमा पहिलो पटक मोबाइल बैंकिङ रइन्टरनेट बैंकिङ पनि सुरु गरेका थियौं । अनलाइनबाटै सपिङ गर्न सकिने, अनलाइनबाटै ब्यालेन्स चेक गर्न सकिने व्यवस्था पनि हामीले गर्यौं । यी सबै दुई दशक पहिले नै सुरु भएको अवस्था हो । कुमारी बैंकको ग्रोथ सबै कुरा राम्रो नै गइरहेको थियो । बीचमा आएर कुमारी बैंकको जुन प्रोग्रेस हुनु पर्ने थियो त्यो अलि कम भयो । म त्यो बीचमा कुमारी बैंकमा थिइन । बीचमा केही लस भएको जस्तो भएको थियो । विगत ३ वर्षदेखि म फेरि कुमारी बैंकमा छु । अहिले प्रोग्रेस भइरहेको नै छ । जब कुमारी बैंकले तपाईलाई गुमायो त्यसपछि कुमारी बैंक पछाडि पर्याे भन्न खोज्नु भएको हो ? मैले त्यस्तो भन्न त खोजेको होइन । एउटासंस्था एक जनाले चल्दैन ।संस्थामा जस्ता मानिसहरु छन्, संस्था पनि त्यस्तै हुन्छ । पुरै टीमले काम गरेको अवस्थामा मात्र संस्थाको वृद्धि विकास हुन्छ । सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ नकी एउटा सीईओले गर्दा केही पनि हुन सक्दैन । मैले इम्पावरमेन्ट मात्र गर्ने हो । काम हाम्रो टीमले गर्ने हो ।सबै काम मैले मात्र गर्छु भनी सोच्यो भने उपलब्धि केही पनि हुन सक्दैन । कलेक्टीभ फोर्स र कलेक्टीभ इनर्जीले नै हामी अगाडि बढ्न सक्छौं । विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने पनि कुमारी बैंकको ग्रोथ राम्रै भएको छ । हाम्रा सम्पूर्ण वित्तीय परिसूचकहरु राम्रो नै छन् । बजारमा हाम्रा नयाँ प्रडक्टहरु पनि लिएर आएका छौं । बैंकको प्रोगेस पनि राम्रै छ । आफ्नै रफ्तारमा बैंक गइरहेको छ । तपाईले बैंक ग्रोथमा छ, सबै इण्डिकेटरहरु राम्रा छन् भन्नुभयो । कुमारी बैंकको स्ट्रेन्थ वा राम्रा सूचकहरु के–के हुन् ? कुमारी बैंककोसबैभन्दा बलियो पक्ष ह्युमान रिसोर्स हो । जुन सिस्टम र प्रोससका साथ हामी काम गर्छौं त्यो एकदमै ट्रान्सपरेन्सी छ । त्यो भइसेकपछि बिजनेस त त्यसबाटै जितिन्छ । त्यो कुरामा राम्रो भयो भने ग्रोथ आफै भएर आउँछ । हामीले देव विकास बैंकलाई पनि एक्वायर गर्यौं । हामसँग २ सय ६ वटा शाखाहरु छन् । १४/१५ वटा एक्सटेन्सन काउन्टरहरु छन् । त्यस्तै, हाम्रो निक्षेप १ सय २० अर्ब रुपैयाँ रहेको छ भने कर्जा १ सय १२अर्ब रुपैयाँ छ । दुई हजारको हाराहारीमा कर्मचारीहरु छन् । हाम्रो लगानी राम्रोर सुरक्षित क्षेत्रमा छ । पहुँच देशभर छ । प्रविधिमा धेरै अगाडि बढिरहेको छ । हामी लक्ष्य र सोच प्राप्त गर्दै अगाडि बढिरहेका छौं र आगामी दिनमा पनि अझ बलियो भएर जानेछौं । कुमारी बैंकको एक दशक अगाडिको स्ट्रेन्थ भनेको थोरै शाखा, थोरै कर्मचारी, थोरै सञ्चालन खर्च र प्रतिस्पर्धी वासलात थियो । त्यतिबेलाको तुलनामा अहिले कर्मचारीको संख्या र बैंकका शाखाहरुको संख्या ओभर क्लाउडेड भएन ? अहिलेबैंक तथा वित्तीय पहुँच बढेको छ । नयाँ उद्यमीहरु पनि बढी आएका छन् । बैंक तथा वित्तीय संस्था बढी भएकै र सबैमा वित्तीय पहुँच र ज्ञान भएकै कारण नयाँ उद्यम गर्ने सोच विचारहरु आएका छन् । जुन राम्रो पक्ष हो । हाम्रो विजनेश पनि पहिला भन्दा धेरै ठूलो भएको छ । शाखाहरु बढी भएर धेरै फाइदाहरु भएका छन् । देव विकास बैंबलाई एक्वायर गर्दा पनि शाखा बढी भएकोले नयाँ ठाउँमा आफ्नो पहुँच बढाएका छौं । नयाँ र धेरै ग्राहक बनाउन सकिरहेका छौं । हामीसँग अहिले १० लाख ग्राहकहरु छन् । अझ यसलाई एक्विजिसन र मर्ज गराएर १० लाख मात्र ग्राहक होइन २० लाख नै हुन सक्छन् । कुमारी बैंकले देव विकास बैंकसहित धेरै विकास बैंक तथा फाइनान्स कम्पनीलाई एक्वायर गरेको छ । यसले कुमारी बैंक सीनर्जी दिइरहेको छकि एक्वाएर पछि कुमारी बैंक आफै रुम्मलिरहेको छ ? ३ वर्ष अगाडिको कुरा गर्नु हुन्छ भने बैंकको लेण्डिङ ४२ अर्ब र डिपोजिट ५० अर्ब रहेको थियो । देव विकाससँग एक्विजिसन भइसकेपछि तीन वर्षमा डिपोजिट डबल भइसकेको अवस्था छ । यो कहाँबाट आयो त ?जब हाम्रो नेटवर्किङ भयो । कर्मचारीहरुको संख्या बढ्यो । नयाँ ठाउँहरु हामीले पायौं त्यसले गर्दा हामीले यो ग्रोथ लिन सक्यौं । हामी हाम्रो पुरानै शाखाहरुमा बसेको भए यति चाँडै यस्तो फड्को मार्न सक्थेनौं । तपाईको अबको याजना के हो ? अब बैंकको फोकस डिजटल ओरिन्टेसनमा हो । कोरोना भाइरसले पनि प्रविधिमा जानुपर्छ भन्ने कुरा सिकाएको छ । त्यसले पनि बैंकहरुले मुभ गर्नैपर्छ । हामीले डिजिटल माध्यमबाट कसरी अगाडि बढ्न सक्छौं भनेर योजनाबद्ध तरिकाले अगाडि बढ्दै छौं । त्यसको लागि हाम्रो रोडम्याप र भिजन तयार पनि हुँदैछ । संस्था सर्भिस प्रोभाइडर र हाम्रा ग्राहकलाई लाभ तथा आकर्षक गराउने हिसावले हामी हाम्रा योजनाहरु बनाउँदैछौं । हामी छिट्टै नै नयाँ कुराका साथ अगाडि आउँछौं। अबको एक दशकपछि नेपालको बैंकिङ क्षेत्रमा के कस्तो रुपान्तरण होला जस्तो लाग्छ तपाईलाई ? मैले देखेकको अबको दश वर्षपछि क्यासलेस इन्भाइरोमेन्ट बन्छ । शाखाहरु पनि त्यति धेरै नचाहिएला । सबै अटोमेटिक सर्भिस अपरेटमा जान्छन् । विदेशमा पनि यस्तै भइरहेको छ । पहिले बैंक भनेपछि ठूलो स्ट्रोथ बिल्डीङ हुन्थे, अब त्यस्तो हुँदैन । भोलिको दिनमा बैंक भनेपछि प्रविधिका सामग्रीहरु देख्नुहुन्छ । विश्वभर यस्ता परिर्वतन भइरहेका छन् । अबको दश वर्षमा नेपालमा पनि त्यस्तो अवश्य नै हुन्छ । ग्राकहरुलाई पनि बैंकमा गएर सेवा लिने समय हुँदैन । २० वर्षमा त यति परिवर्तन भइसक्यो अर्को १० वर्षसम्म त धेरै परिवर्तन हुन्छ । १० वर्षपछि जनशक्तिमा कस्तो किसिमको परिर्वतन आउला ? अहिले हामीसँग जुन जनशक्ति छ, यसले नै भोलि नेपालमा परिवर्तन ल्याउँछ ।यही जनशक्तिले प्रविधियुक्त नेपाल बनाउन भूमिका खेल्छ । त्यो पपुलेसनले भोलि नेपालमा नयाँ सोच र नयाँ आइडियाहरु सिर्जना गर्छन् । डिजिटल प्रविधिमा जाने तपाईको योजना र तपाईले अहिले व्यवहारिक रुपमा गरेको अभ्यासबीच तालमेल छ ? एकदमै तालमेल छ । मैले के भनेको हो भने बैंकको आफ्नो संरचना त अवश्य रहन्छ नै । तर, त्यसको शाखाहरु हराउँछन् । यसको हेड अफिस त भव्य नै रहन्छ । यसका सर्भिस आउलेटहरु बन्द हुन्छन् । एटीएमहरु पुरै विस्तापित हुन्छन् । बैंकरले जुन किसिमलेसेवा सुविधा दिन खोजिरहेका छन् त्यसलाई ग्राहकले सजिलै एडप्ट गरेका छन् ? हामीले हाम्रा ग्राहक तथा प्रयोकर्ताहरुलाई पनि डिजिटल प्रविधिमा इंगेज गर्नुपर्ने छ । पहिले बैंक आफै इंगेज हुनुपर्यो । त्यसपछि सर्भिस प्रोभाइडरहरु त्यसमा सक्षम हुनुपर्यो र हाम्रा ग्राहकहरु पनि त्यो सुविधालाई पनि लिन सक्नुपर्यो । हामी सबै इंगेज भइसकेपछि त्यसमा सबैले खेल्न सक्नु पर्यो । त्यसका लागि बैंकहरुले पनि भूमिका खेल्नुपर्छ । ग्राहकहरुले पनि विस्तारै हाम्रा सेवा सुविधाहरु प्रति जानकार र आकर्षण पनि बढ्दै गएको छ । बैंकहरुले धेरै पहिलेदेखि इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका प्रविधिगत सेवा सुरु गरेका थिए । तर त्यसमा प्रयोगकर्ताको आकर्षण खासै देखिएन । त्यसको प्रयोग गर्नको लागि कोभिड आउनु पर्यो । बैंकहरुले प्रडक्ट बनाइरहेका त छन् तर त्यसलाई उचित किसिमले मार्केटिङ गर्न सकिरहेका छैनन, किन ? तपाईको प्रश्नमा म सहमत छु । प्रयोगकर्तालाई हाम्रो प्रडक्टहरुमा हामीले इंगेज गर्नुपर्छ । उनीहरुलाई प्रडक्टमा आकर्षण गराउनका लागि हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्छ । हामीले त्यो काम पनि गरिनै रहेकाछौं । यो सबै विस्तारै सिक्दै गर्दै जाने कुरा हो । प्रयोगकर्ताले पनि जान्दै र बुझ्दै गएका छन् । समग्र बैंकिङ क्षेत्रकोट्रेण्डको कुरा गरौं, बैंकका प्रयोगकर्ताहरु र बैंकहरुले दिने सर्भिसमा के कसरी डेभलप भइरहेको छ ? हामीले अझ पनि धेरै काम गर्न बाँकी नै छ । अहिले पनि हामी डिजिटलाइजेसनको एकदमै लो स्टेपमा छौं । हामी त अहिले डिजिटलमा पेमेन्ट मात्र गरिरहेका छौं । अनलाइन ट्रान्जेक्सनमा मात्र छौं । अब विस्तारै सबै बैंकहरुले रोडम्यापहरु तयार गरिरहेका छन् । अब कसरी जाने भन्नेबारे सबैले आफ्नै खालका योजनाहरु बनाइरहेका छन् । अब अवस्थाको बारेमा कुरा गरौं । अस्वभाविक रुपमा बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेका छन् । कल एकाउण्टमा त ब्याज नै छैन । यो नर्मल अभ्यास हो ? यसलाई अस्वभाविक भन्न मिल्दैन ।सबैभन्दा पहिले त निक्षेपको ब्याज पहिले किन बढेको थियो र अहिले किन घट्यो भन्ने कुरा हामीले अध्ययन गर्नुपर्छ । जब बजारमा डिपोजिट सरप्लस हुन्छ कष्ट अफ गुड्स आफै कम हुन्छ । जब टाइट हुन्छ त्यसको कष्ट बढ्दै जान्छ । यही फण्डामेन्टल पनि यसमा लागु हुन्छ । अहिले पनि स्वभाविक रुपमा त्यस्तै भएको हो । कमोडिटको कुरा गर्दा पनि कमोडिटी सरप्लस छ भने मूल्य त घटेर नै आउँछ । फण्डामेन्टल त्यही लागू भएको हो । सेयर बजारको इक्डेक्स तलमाथि भएजस्तै बैंकको ब्याजदर पनि त्यस्तै उच्च दरमा तलमाथि हुनुलाई सामान्य नियम भन्न मिल्छ ? मिल्दैन । त्यहाँ अन्य फन्डामेन्टलहरुले पनि काम गरिरहेका हुन्छन् । तरलता प्रयाप्त छ भने कष्ट अफ डिपोजिट घट्छ र कष्ट अफ लेण्डिङ पनि घटेर नै जान्छ । बजारमा तरलता छैन उद्योगले पैसा मागिरहेको छ भने पनि उद्योगलाई पनि हाई कष्टमा पैसा लैजान्छ र डिपोजिट पनि हाइकष्ट मै हाल्छ । त्यसैले आजका दिनमा बजारमा तरलता प्रयाप्त भएकोले कष्ट घटेको हो । आजको दिनमा तपाईले मुद्दती निक्षेप कतिमा लिइरहनु भएको छ ? हामीले ६/७ प्रतिशतमा लिइरहेका छौं । ढेड वर्षअघि १३ प्रतिशतमा कुमारीले नै निक्षेप लिएको थियो । अहिले ६ प्रशितमा झरेको छ । विदेशमा ०.५ वा एक प्रतिशत व्याजदर घटबढ हुनुलाई पनि ठूलो परिवर्तन मानिन्छ । तर नेपालका किन यस्तो अश्वाभाविक रुपमा व्याजदर परिवर्तन भएका छन् ? अर्थतन्त्रकाे लागि ब्याजको मुभमेन्ट०.५ र १ प्रतिशतभन्दा बढी घटबढ हुनु राम्राे हुँदैन । तर नेपालमा यसको कारणहरु धेरै छन् । आज डिपोजिट दर घटिरहेको छ र लेण्डिङ रेट पनि घटिरहेको छ । केही दिन हामीले पर्खेर बस्नु पर्ने हुन्छ । बैंकको संख्याहरु धेरै छन् । हामीले चाँडै रियाक्ट गर्छौं । बैंकको ब्याजदरमा जुन किसिमको अस्थिरता सिर्जना भइरहेको छ यसमा बैंकका अपरेटरहरु अर्थात सीईओहरु नै जिम्मेवार छैनन् ? यसमा बैंकिङ क्षेत्रको कमजोरी पनि छन् । मेरो व्यक्तिगत धारणा लिनु हुन्छ भने यो किसिमको उतारचढाव हुनै हुँदैन । यस्तो खालको परिवर्तन आउनु पर्छ भने पनि ३/४ वर्षमा आउनु पर्छ । हाम्रोमा त २ महिनामै आउँछ । मर्जको बारेमा कुमारी बैंकले के सोचिरहेको छ ? हामीले पहिले मर्ज र एक्विजिसन पनि गर्यौं । आउने दिनहरुमा पनि हामी तयार भएर बसेका छौं ।जो सँग हाम्रो कल्चर र विजनेस मिल्छ हामी मिल्न सक्छौं । हामी त्योसँग मिल्न तयार हुन्छौं । फेरि पनि पहिलेको जस्तै डिभलोमेन्ट बैंक अर्थात फाइनान्स कम्पनीलाई एक्वायर गर्नुहुन्छ कि वाणिज्य बैंकहसँग मर्ज हुने हो ? ए क्लास अर्थात बी क्लास जहाँ हाम्रो कम्बिनेसन मिल्न उनीहरुसँगै मिल्छौं । हाम्रो बोर्ड पनि त्यसको लागि ओपन छ र हाम्रो मर्ज कमिटी पनि ओपन छ र म पनि झनै ओपन छु । मेरो धारणा देशमा बैक तथा बित्तीय संस्थाको संख्या कम हुनु पर्छ भन्ने हो । अब लगानीकर्ताको साइडबाटहेरौं,कुमारी बैंकका लगानीकर्ताहरु कतिको खुसी छन् ? त्यो मैलेभन्दा पनि तपाईहरुले बुझ्नु पर्ने कुरा हो । मेरो सोच भनेको बैंकले आफ्नो पूर्ण क्षमता देखाएर काम गर्ने हो । हामीले नियामक निकायहरुका अगडि राम्रो संस्था भनेर चिनाउनु पर्छ र त्यही अनुसार अगाडि बढ्नुपर्छ । लगानीकर्ता, कर्मचारी र ग्राहकहरुका लागि पनि हामीले राम्रो संस्था बनाउने हो ।त्यही अनुसारको भिजन बनाएर अगाडि बढ्ने हो । यी ४ कुराहरुलाई लिएर अगाडि बढ्ने हो हामीले कति उपलब्धि हाँसिल गरिरहेका छौं त्यो तपाइहरु जस्तो मान्छेले मूल्यांकन गर्ने हो । कुमारी बैंक २० वर्ष पुरानो वाणिज्य बैंक हो । अहिले यसको सेयर मूल्य २ सयभन्दा तल छ । यो सेयर मूल्यले त तपाईहरुलाई लगानीकर्ताले पत्ताएको जस्तो त देखिँदैन नि ? त्यो भन्ने तपाइले हो । हाम्रो उदेश्य राम्रोसँग काम गर्दै जाने हो । राम्रै काम गर्दै गएपछि त्यसको रिर्टन पनि अवश्य नै आउँछ । विगत दुई वर्षदेखि हाम्रो राम्रै नै भइरहेको छ ।हामी एउटा उदेश्य लिएर अगाडि बढेका छौं । यो सोचले हामीलाई डेस्टिनेसनमा पुर्याउँछ । हामीले बैंकको पर्फमेन्स राम्रो गर्ने बित्तिकै लगानीकर्ताको रिर्टन आफै आउँछ । कुमारी बैंकका लगानीकर्ताले अर्को वर्ष कति लाभांश पाउँछन् ? अर्को वर्ष कति लाभांश पाउँछन् भन्ने कुरा अहिले नै जवाफ दिन मिल्दैन । मौद्रिक नीतिमा आएका प्रोभिजनहरुलाई मिलाएर गर्नुपर्ने हुन्छ । हामीले कहाँबाट कसरी ग्रो भइरहेको छ भन्ने कुरा हेर्नुपर्छ । सबै बिजनेस एक्कासी हाई भएर जाँदैन, विस्तारै ग्रो हुँदै जान्छ । वर्षेनी बढाउँदै जाने हो । बैंकिङ भनेको रिक्सको क्षेत्र पनि हो । यी सबै कुराहरुलाई अध्ययन गरेर अगाडि बढ्नुपर्छ । यसरी अगाडि बढ्यो भने लगानीकर्ताहरुले चाहेको रिर्टन दिन सकिन्छ । राष्ट्र बैंकले असोजमा पनि कर्जा नउठेमा कर्जाको ५ प्रतिशतका प्रोभिजन गर्नुभनेको छ । त्यसले बैंकहरुको नाफामा निकै असर गर्छ अड्कलबाजी पनि गरिएको छ ।यसमा तपाईको धारणा के हो ? हो, अवश्य असर धेरै नै पर्नेछ । अहिले अर्थतन्त्र स्ट्याण्डमै छ । यो समय आफूलाई जोगाउने समय हो । बैंकले ग्राहकलाई जोगाएपछि बैंक पनि आफै जोगिन्छ । यो रिर्टन हेर्ने बेला होइन । कोरोनाको असर अझै कहाँसम्म जान्छ भन्ने कुरा भन्न सकिन्न । त्यसैले अहिले हामी सुरक्षित हुने कुरा हो । अर्थतन्त्रमा अहिले धेरै असर त गरेको नै छ तर हामीले सुरक्षित ल्याण्डिङ गर्ने हो । टेक अफ गर्ने समय त आउँछन नै ।
८ वर्षमा एशियन लाइफको जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ-राजेश कुमार श्रेष्ठ
राजेश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०१६ सालमा विरगञ्जमा जन्मनु भएका राजेश श्रेष्ठले २०४१ सालमा त्रिभुवन विश्वविद्यायलबाट एमबीए गरी २०४२ सालमा सोल्टी होटलबाट पेशागत यात्रा शुरु गर्नु भयो । २०४३ सालमा नेपाल बैंकमा अधिकृत हुनुभयो । बैकिङ सेवामा रहदारहदै कानुन विषयमा स्नातक (विएल) डिग्री पनि लिनुभयो । १७ वर्ष नेपाल बैंकमा काम गरेपछि उहाँ २०५९ पुसमा एनसीसी बैंकमा प्रवेश गर्नुभयो । एनसीसी बैंकमा रहँदा विरगञ्ज शाखा प्रबन्धक, काठमाडौं शाखा प्रबन्धक, आन्तरिक लेखापरिक्षण प्रमुख भएर काम गर्नुभयो । २०६३ साल फागुनमा उहाँ महालक्ष्मी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत हुनुभयो । उक्त फाइनान्समा ५ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेपछि २०६९ साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भएको आज ठिक ८ वर्ष पूरा भएको छ । ८ वर्षमा उहाँले के गर्नुभयो, के गर्न सक्नुभएन ? २०६४ सालमा खुलेका ४ कम्पनी मध्ये एशियन लाइफ इन्स्योरेन्स कम्पनी कसरी अगाडि आयो ? एशियनको सबल पक्ष के हुन् ? एउटा बैंकको सीईओ पद जति ग्ल्यामर देखिन्छ, बीमा कम्पनीको सीईओ किन हुँदैन ? प्रस्तुत छ विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । तपाई बैंकिङ पृष्ठभूमिबाट बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा आउनुभयो । बीमा कम्पनीको ८ वर्ष सीईओ भईसक्नुभयो । बैंकको सीईओ निकै ग्ल्यामरस देखिन्छ, इन्स्योरेन्सको सीईओमा त्यो देखिन्न, किन ? तपाईले सहि कुरा गर्नुभयो । बैंकको सीईओ र बीमाको सीईओमा फरक नै ग्ल्यामरको हो । हुन त बैंकिङ र बीमा दुबै व्यवसायिक संस्था हुन्, सेवा प्रदायक संस्था हुन् । फरक के छ भने बैंकको सीईओ र ग्राहकबीच प्रत्यक्ष सम्पर्क हुन्छ । कर्जा लिन, व्याजदर घटाउन, निक्षेपको सुरक्षा गरिदिन वा निक्षेपमा बढी व्याजको लागि नेगोसिएट गर्न मानिसहरु बैंकका सामान्य कर्मचारी देखि सीईओसम्म पुग्छन् । मार्केटिङ भ्यूबाट हेर्दा पनि बैंकका कर्मचारी, सीईओहरु ग्राहकको ढोकाढोकामा पुग्नै पर्छ, कर्जाको लागि वा निक्षेपको लागि । यसले ग्राहक र बैंकका कर्मचारीबीच अन्तर्क्रिया र सम्बन्ध राम्रोसँग हुन्छ । तर बीमा कम्पनीको कर्मचारी वा सीईओ बीमितसँग प्रत्यक्ष अन्तर्क्रिया वा सम्बन्ध हुँदैन । अभिकर्ता मार्फत बीमा गराइन्छ । अभिकर्ताहरु नै बीमितको ढोकाढोकामा पुगेका हुन्छन् । मैले सुनेको थिए इण्डियामा ‘बि वेयर अफ दी इन्स्योरेन्स एजेन्ट’ भनेर ढोकामा टाँस्थे रे । बीमा अभिकर्ता पटक पटक आउँछन्, विजनेशको कुरा गरेर झन्झट गर्छन् भनेर । नेपालमा पनि बीमाको बुझाई कम छ । ३ लाखको मोटरसाईकल किनेर तुरुन्त बीमा गर्छन्, तर आफ्नो जीवन बीमा गर्दैनन् । आफ्नो जीवन अमूल्य छ भनेर मानिसहरुले बुझेका छैनन्, हामीले बुझाउन सकेका पनि छैनौं । सामाजिक दृष्टिकोणमा पनि फरक छ । समाजमा पनि परिचय गराउँदा उहाँ त फलानो बैंकको सीईओ, फाइनान्सको सीईओ हुनुहुन्छ भनेर चिनाउँछन् । बीमा कम्पनीको सीईओलाई चिनाउँदा ‘उहाँ बीमा कम्पनीमा काम गर्नुहुन्छ’ भनेर चिनाउँछन् । बैंकको कर्मचारी भनेपछि मान्छे नजिक हुन खोज्छन् । आज पनि नचिनेको बैंकबाट कर्जा लिन निकै गाह्रो हुन्छ । चिनेको छ भने सजिलो हुन्छ । चिनेको मान्छेलाई निक्षेपमा प्वाइट ५ प्रतिशत बढी व्याज दिने अधिकार हुन्छ । कर्जामा कम व्याज गरिदिनसक्छ । यस्ता आशा भनौं वा लोभले मानिसहरु बैंकका कर्मचारी वा सीईओसँग नजिक हुन्छन् । तर त्यहि बीमा अभिकर्ता भनेपछि मान्छेहरु टाढाटाढा हुन खोज्छ । त्यस्तै, बैकिङ सेवा सबैलाई आवश्यक परिरहेको हुन्छ भने जीवन बीमाको पैसा बचत भएपछि गरौंला भन्ने मानिसहरुको सोच हुन्छ । त्यसैले बैंकिङ क्षेत्र ग्ल्यामर जबको रुपमा आउँछ भने बीमा त्यति ग्ल्यामरसको रुपमा लिईंदैन । भविष्यमा पनि यस्तो होला वा परिवर्तन आउँला ? समयसँगै मानिसको सोच पनि परिवर्तन हुन्छ । आवश्यकता पनि परिवर्तन हुन्छन् । कार्यप्रणालीमा परिवर्तन हुन्छ । हिजोको दिनमा बीमाले समयमा भुक्तानी दिँदैनन् भन्ने गुनासो थियो भने अहिले त्यो हटेको छ । हामी बीमा दावी भएको ३ दिनभित्र भुक्तानी गर्ने अभ्यास गरिरहेका छौं । दुर्घटनाको केसमा एक दिनमै दावी भुक्तानी गर्छौ । विगतमा यूनिटीले बीमाको नाममा ६/७ अर्ब उठाएर भाग्यो वा सरकारले कारवाही गरेपछि बन्द भयो । त्यसले बीमाप्रति धेरै मानिसको धारणा नराम्रो बनायो । अहिले परिस्थिति फरक हुँदैछ । बीमा गर्नुपर्ने रहेछ, अप्ठ्यारो अवस्थामा बीमाबाट लाभ हुँदो रहेछ भन्ने सन्देश समाजमा गएको छ । बैंकिङ क्षेत्रबाट आएको व्यक्ति, बीमा कम्पनी चलाउन कठिन भएन ? बैकिङ पृष्ठभूमिबाट आएको व्यक्तिले बीमा कम्पनीको सीईओको जिम्मेवारी समाल्न नसक्ने भन्ने हुँदैन । व्यवस्थापकीय काम धेरै हुँदैन । प्राविधिक विषयहरुमा जान्ने मान्छेलाई जिम्मेवारी दिने, आफू पनि अपडेट हुँदै जाने नियमित प्रकिया नै हुन् । अनुभवजन्य भन्दा पनि अन्य प्रकृतिको चुनौतिहरु, कठिनाईहरु आए । जस्तै, यस कम्पनीको व्यवस्थापकीय नेतृत्वमा म आउँदै गर्दा यस कम्पनीले एक विषम परिस्थितिको सामना गरी रहेको थियो । कम्पनीले लाभांश वितरण सम्बन्धमा फरक निर्णय गरेको थियो । कम्पनीमाथि नियामकले एक प्रकारको कारवाही गरेको थियो । नियमनकारी निकायबाट जारी ६ प्रतिशतको इन्सेन्टिभ वितरणको कारण जीवन बीमा अभिकर्ताहरु असन्तुष्ट थिए, आन्दोलित थिए । कम्पनीका कर्मचारीहरु पनि असन्तुष्ट थिए । कम्पनीको उच्च व्यवस्थापनका व्यक्तिहरुले राजीनामा दिएका थिए । त्यस कठिन अवस्थामा कम्पनीलाई समाल्न स्वभाविक रुपमा गाह्रो भयो । हामीले संयमित रुपमा कम्पनीलाई अगाडि बढाउने प्रयास गर्यौं । पछि पनि हामीले गम्भिर र प्रतिकूल परिवेशको सामना गर्नुपर्यो । २०७२ सालको महाभूकम्पको सामना गर्नुपर्यो । आर्थिक वर्ष २०७३/७४ मा सरकारले थप १० वटा जीवन बीमा कम्पनीहरुलाई इजाजत दिएपछि बजारमा ठूलो तरङ्ग पैदा भयो । यस कम्पनीबाट करिब ५०/६० जना अनुभवी कर्मचारीहरु अन्य कम्पनीमा गएको कारण यस कम्पनीमा असहज अवस्था सिर्जना हुन गयो । उक्त समयमा खुल्न लागेका अधिकांश नयाँ कम्पनीहरुको लक्ष्य यसै एशियन लाईफ इन्स्योरेन्सका अनुभवी कर्मचारीहरुलाई २/३ पद माथि दिएर, दोब्बर तेब्बर तलब दिएर भए पनि ताना तान गर्ने अवस्था थियो । त्यस्तो संकटको घडीमा यस कम्पनीमा रहेका कर्मचारी साथीहरुले व्यवस्थापनलाई साथ दिई कम्पनीलाई बचाउन तथा व्यवसायमा वृद्धि गर्न समेत ठूलो सहयोग गरे जसको कारण आ.व.२०७४/७५ मा कम्पनीले प्रथम बीमा शुल्कमा ८१.८१ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भयो भने आ.व.२०७५/७६ मा प्रथम बीमा शुल्कमा ७१ प्रतिशतले वृद्धि भएको थियो । फेरी हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको छ । यस परिवेशमा पनि कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमा शुल्क संकलनमा वृद्धि गर्न सफल भएको छ । महाभूकम्प गएको वर्ष पनि हामीले व्यवसाय वृद्धि गर्यौं । एकै पटक ठूलो संख्यामा अनुभवी कर्मचारीले छोड्दा पनि व्यवसाय वृद्धि गर्यौं । अनेक आपतविपत्का बावजुद पनि कम्पनीको ग्रोथ नियमित रह्यो । र, २०६४ सालमा स्थापना भएका चारवटा कम्पनीहरु मध्ये एशियन लाइफले आफूलाई अब्बल स्थानमा राखिराख्न सफल भएकाे छ । एशियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको ८ वर्ष अवधिमा के कस्तो उपलब्धी भए ? म यस कम्पनीको व्यवस्थापनमा आउँदा आ.व. २०६८/६९ मा, कूल बीमा शुल्क १ अर्ब ३ करोड रुपैयाँ थियो । जीवन बीमा कोष २ अर्ब १४ करोड रुपैयाँ थियो । २० वटा शाखा, ७० वटा उपशाखा थिए । अभिकर्ता संख्या करिब ४५ हजार रहेको थियो । आ.व. २०७६/७७ मा प्रथम बीमा शुल्क १ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ । कुल बीमा शुल्क ४ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ । जीवन बीमा कोष करिब २२ अर्ब रुपैयाँ भएको छ । शाखा संख्या ३६, उपशाखा संख्या १०४, अभिकर्ता संख्या करिब ९० हजार पुगेको छ । एशियन लाइफ इन्स्याेरेन्स कमपनीकाे बीमा शुल्क आम्दानी यस अवधिमा जीवन बीमा कोषको वृद्धि असाध्यै राम्रो छ । ८ वर्षमा जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ । त्यस्तै, ८ वर्षमा बीमा शुल्क साढे ४ गुणाले वृद्धि भएको छ । नेटवर्कको कुरा गर्दा डोल्पा, मनाङ्ग र मुस्ताङ्ग वाहेक ७४ जिल्ला मै शाखा, उपशाखा कार्यालयहरु रहेका छन् । शाखा, उपशाखा कार्यालय नभएका जिल्लाहरुमा पनि अभिकर्ताको उपस्थिति रहेकोछ । ७७ वटै जिल्लामा हामीले व्यवसाय विस्तार गरेको छौं । ०६४ सालमा खुलेका अन्य जीवन बीमा कम्पनीहरु भन्दा एशियन लाइफ हरेक दृष्टिले अगाडि छ । जीवन बीमा क्षेत्रमा भईरहेका असल अभ्यास के के हुन्, सुधार गर्नुपर्ने विषय के के छन् ? पछिल्लो समयमा १० वटा नयाँ कम्पनी खुलेपछि बीमा बजारको विस्तार उच्चदरमा भएको छ । नयाँ कम्पनीको प्रवेशपूर्व बीमा पहुँच ६/७ प्रतिशत मात्र थियो । अहिले २६ प्रतिशत पुगेको छ । एकै पटक १० वटा जीवन बीमा कम्पनी बजारमा आउँदा चुनौतिहरु पनि आए । सर्वाभाइबल अफ द फिटेस्टको अवस्था आयो । सबै कम्पनीहरु आफूलाई बचाउन र टिकाउन आक्रामक रुपमा अगाडि बढे । सबै कम्पनीहरुले कार्यक्षेत्र विस्तार गरे । सिस्टममा एकिकृत गर्दै लगेका छन् । अपरेशनलाई क्रमशः अटोमेशन गर्दै लगेका छन् । अभिकर्ता उत्पादनमा जोड दिने, ग्राहकको सेवास्तर वृद्धि गर्ने कार्यमा जोड दिए । ८ वर्षअघि सुशासनको परिपालनाको मामलामा बीमा क्षेत्र पछाडि नै थियो । अहिले धेरै सुधार भएको छ । यस मामिलामा बीमा समितिको भूमिका धेरै राम्रो रह्यो । बीमाप्रतिको विश्वास बढाउनको लागि, बीमा कम्पनी बलियो बनाउनको लागि, बीमा बजार विस्तारको लागि, सर्वसाधारणमा बीमाको पहुँच बढाउनको लागि बीमा समितिले खेलेको भूमिका राम्रो छ । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले आफ्ना संरचनाहरु परिवर्तन गरिरहेका छन्, कार्यप्रणालीमा परिवर्तन गरिरहेका छन् । नयाँ १० वटा कम्पनी आउनुपूर्व निदाएका थिए, नयाँ कम्पनी आएपछि पुराना कम्पनी पनि जागेका हुन् ? यसलाई यसरी पनि नहेरौं । बीमाबारे जनचेतनाको कमी छ । आर्थिक अवस्थाले पनि मानिसहरुको लागि बीमा प्राथमिकताको सूचिमा धेरै पछाडि छ । अहिले पनि ७४ प्रतिशत मानिसले आफ्नो बीमा गराएका छैनन्र। पहिला बीमा कम्पनीहरु अलि सुसुप्त भएको र अहिले बढी जागरुक भएको कुरा त सहि नै हो । नयाँ कम्पनी आएपछि पनि उनीहरुको ग्रोथ पनि राम्रो देखिएको छ । पुराना कम्पनीहरुको पनि व्यवसाय वृद्धि भएकै छ । पछिल्लो समय बीमाको पहुँच वृद्धि हुनुमा बीमा अभिकर्ता इन्सेन्टिभ स्थीर हुनु पनि एउटा कारण हो । हामीसँग जीवन बीमाको इतिहास ५० वर्षको भईसक्यो । तर ४६ वर्षसम्म अभिकर्ताले पाउने इन्सेन्टिभ अस्थिर भयो । कहिले बढ्ने, कहिले घट्ने । त्यसले बीमा कम्पनी र अभिकर्ता एकदमै अन्यौलमा रहेको पाइन्छ । कतिपय अभिकर्ता पलायन भए । किनकी अस्थिरताले बीमा बजारप्रति विश्वास नै जागेन । अरुको भविष्यको आर्थिक सुरक्षा गर्न भनेर कार्यस्थलमा खट्ने अभिकर्ताले आफ्नै आर्थिक भविष्य असुरक्षित भएको कुरा हामीलाई सुनाउँथे । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाईँ सर आउनुभएपछि इन्सेन्टिभ सम्बन्धि विवाद पनि टुङ्ग्याई दिनुभयो । इन्सेन्टिभ दर पनि स्थीर भयो । त्यसले पनि बजार विस्तारमा मद्दत गरेको छ । त्यस्तै, २०७२ सालमा महाभूकम्पले बीमाप्रतिको जनचेतना वृद्धिमा सहयोग गरेको छ । बीमाको महत्व सर्वसाधारणले बुझ्न थालेका थिए । यस परिवेशमा २०७४ सालमा नयाँ कम्पनी आए । विगत तीन वर्षमा आर्थिक वृद्धि दर पनि लगातार ६/७ प्रतिशत रह्यो । सर्वसाधारणको आय स्तर पनि वृद्धि भएको छ । यी सबै कुराले बजार विस्तारमा सहयोग गरेको छ । बीमा अभिकर्ताको इन्सेन्टिभ वृद्धि भएपनि, स्थीर भएपनि बीमा अभिकर्ताहरु अहिले पनि पूर्णकालिन भएका छैनन्, पार्टटाइम जबको रुपमा लिन्छन्, किन ? जीवन बीमामा अभिकर्ताको ठूलो महत्व छ । अभिकर्ताहरु सन्तुष्ट नभएसम्म बीमा कम्पनीहरुको व्यवसाय विस्तार हुन पनि सक्दैन । अभिकर्ता कतिबेला सन्तुष्ट हुन्छन्, कतिबेला पूर्णकालीन हुन्छन् भने जब उनीहरु आर्थिक रुपमा सुरक्षित हुन्छन् । अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा नेपालमा अभिकर्ताले पाउने इन्सेन्टिभ एकदमै कम पनि छैन, धेरै पनि छैन । मध्यमस्तरको रहेको छ । तपाईले नै भन्नुभयो एशियन लाइफमा ९० हजार जना अभिकर्ता छन् । अरु कम्पनीको डाटा पनि यस्तै उच्च देखिन्छ । तपाईहरुले देखाउने सबै अभिकर्ता पूर्णकालिन छन् ? अभिकर्ता पेसाप्रति समर्पित छन् ? सबै बीमा कम्पनीको डाटा जोड्दा झण्डै ६ लाख अभिकर्ता छन् । तर त्यसमा १५ देखि २० प्रतिशत मात्र सक्रिय छन् । नयाँ वा पुराना जुनसुकै कम्पनीबाट तालिम लिएका, अभिकर्ता बनेका व्यक्ति हुन्, १५ देखि २० प्रतिशत मात्र सक्रिय हुन्छन् । त्यसमा पनि पूर्णकालिनको संख्या निकै कम छ । सबैतिर अनलाईन कारोबार विस्तार हुँदै गएका छन् । बीमा कम्पनीहरुले पनि डिजिटल सेवालाई विस्तार गर्दै लगेका छन् । अनलाइन सेवा विस्तार हुँदै जाँदा कुनै मानिसले अनलाइनबाटै बीमा पोलिसी लिने, प्रिमियम भुक्तानी गर्ने दिन कति पर छ ? अर्थात बीमा अभिकर्ता विस्तापित हुने सम्भावना कति छ ? तत्काल त्यस्तो परिस्थिति नहोला । बीमा समितिले ३ लाखसम्मको बीमा पोलिसी अनलाईनबाट बिक्री गर्न पाउने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुले काम गरिरहेका छन् । तर प्रभावकारी कम भएको छ । बीमितहरु पनि अनलाइन फ्रेण्डली छैनन् । अनलाइन पोलिसी सेल अभ्यास क्रमशः विस्तार होला तर तत्काल अभिकर्ता भूमिकाहीन बन्ने अवस्था आउँदैन । नेपालमा बैंकास्योरेन्सको अभ्यास किन विवादित भयो ? बैंकास्योरेन्स भन्दा पनि कर्पोरेट एजेन्सीको रुपमा काम शुरु भएको थियो । त्यसमा केही विवाद छन् । बैंकहरुको भूमिका पनि विवादमा परेको छ भने बीमा अभिकर्ताहरुले आफ्नो रोजगारी गुम्ने भयो भनेर विरोध पनि गरेका छन् । मेरो विचारमा बैंकास्योरेन्स बन्न नै गर्नु ठिक होइन । ५/६ लाख अभिकर्ता बेरोजगार बनाउने गरी कर्पोरेट एजेन्सीमा जानुपनि हुँदैन । यसबारे अध्ययन गरेर सबैको हित हुने गरी नयाँ विधि निर्माण गरिनुपर्छ । बैंकास्योरेन्सलाई निषेध गर्नु पनि ठिक होइन । किनकी आज सबै स्थानीय तहमा बैंकहरु पुगेका छन् । बैकिङ पहुँच पनि बढी छ । बैंकप्रति सर्वसाधारणको विश्वास पनि राम्रो छ । बैंकास्योरेन्सलाई कर्पोरेट एजेन्सीको रुपमा लैजानु हुन्न । बैंकले बीमा गर्दा पाउने कमिशन अभिकर्ताले पाउने कमिशन भन्दा कम गरिनुपर्छ । केही आचारसंहिता बनाइनुपर्छ । बैंकहरुले बीमालाई ग्राहक सेवा वृद्धि गर्ने स्कीमको रुपमा लैजानुपर्छ, कमिशनको लागि मात्र होइन । एशियन लाइफको सवल पक्ष के हो ? यस कम्पनीले १२/१३ वर्षको दौरानमा जीवन बीमा कोष २२ अर्ब रूपैयाँ बराबर बनाएको छ । जीवन बीमा क्षेत्रका अन्य पुराना कम्पनीले उक्त समयावधीमा समयमा रु.१०/१२ अर्ब भन्दा बढी पुर्याउन सकेका थिएनन् । जीवन बीमा कोष भनेको कम्पनीको सबैभन्दा ठूलो स्ट्रेन्थ हो । कम्पनीले यो कोषलाई विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ । त्यसले निरन्तर कम्पनीका लागि आम्दानी सिर्जना गर्छ । यस कम्पनीको एशियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे जीवन बीमा काेष सञ्चालक खर्च अरु कम्पनीको तुलनामा निकै कम छ । कम्पनीले कुल बीमा शुल्क आम्दानीको ९५ देखि १०० प्रतिशत जीवन बीमा कोषमा राख्दै गयौं । १९ वटा जीवन बीमा कम्पनी मध्ये सबैभन्दा बढी रकम जीवन बीमा कोषमा पठाउने कम्पनी एशियन लाइफ हो । बीमा शुल्कको १०० प्रतिशत रकम जीवन बीमा कोषमा पठाउँदा कम्पनीको खर्च कहाँ जुट्छ ? जीवन बीमा कोषको रकम विभिन्न क्षेत्रमा लगानी गरिएकाे हुन्छ । त्यसरी गरिएकाे लगानीबाट हुने आयबाट हाम्रो सबै सञ्चालन खर्च धानेको हुन्छ । कम्पनीको सेयर लगानीकर्ताले कति लाभांश पाईरहेका छन् ? जीवन बीमा कम्पनीमा १० वर्षसम्म लगानीकर्ताले लाभांशको अपेक्षा गर्नुहुन्न भन्ने पनि गरिन्छ । तर यस कम्पनी सञ्चालनमा आएको तेस्रो वर्ष नै २७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछि विभिन्न पटक लाभांश वितरण भएको छ । आर्थिक वर्ष २०७४/७५ को आर्थिक प्रतिवेदनमा केही प्राविधिक त्रुटी भएकोले बीमा समितिबाट स्वीकृत गराउन ढिला भएको छ । बीमा समितिमा निर्णयको प्रक्रियामा रहेको छ । कम्पनीको व्यवसाय पनि राम्रो छ । नियम, कानुन, बीमा समितिका निर्देशनको परिपालना राम्रो छ । त्यसैले आगामी दिन पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउनेछन् । तपाईको कार्यकालमा भएका उत्कृष्ट तीन काम के के हुन् ? व्यवसाय सुदृढिकरण, व्यवस्थापन सुदृढिकरण र नियमको परिपालना । यी तिनै क्षेत्रमा राम्रो भएको छ । कम्पनी स्थापना भएको ५ वर्षकाे २१४ करोडको बीमा कोष १३औं वर्षमा २२ अर्ब भयो । १३ वर्षको अवधिमा कुनै पनि बीमा कम्पनीले २२ अर्बको जीवन बीमा कोष बनाउन सकेको थिएन । सम्पन्न गर्न नसकेको काम नि ? बीचमा केही उचावचढाव आए । आईटी सिस्टम इन्डियाको भेण्डरसँग लिएका थियौं । त्यसले हामीलाई दुःख दियो । अहिले परिवर्तन गरेर नेपाली कम्पनीसँग काम गरिरहेका छौं । अनलाईन प्रडक्टमा मैले चाहेजति काम गर्न सकिएन । फूल्ली अटोमेशनको काम गर्न सकिएन । मेरो चाहाना २०७५/७६ को साधारणसभा गरेर लगानीकर्तालाई लाभांश दिएर जाने । तर समयले मलाई दिएन । यसमा मलाई दुःख लागेको छ । त्यसमा एक्चुरीको समस्या, भ्यालुएशनको समस्या, एनएफआरएससँग जोडिएका समस्याले हामी ढिला भयौं । बीमा बोनस दर न्युनतम ६५ रुपैयाँ पुर्याउने मेरो सोच थियो । बीमाङ्कीय मूल्याङकन ढिला हुँदो मेरो लक्ष्य पूरा भएन । अपरलाईनमा अहिले पनि हाम्राे बाेनस दर ८७ रुपैयाँ छ । यो नेपालकाे सबैभन्दा बढी बाेनस रेट हो । एशियनले २०७४/७५ देखि साधारणसभा गर्न नसकेको देखियो । २०७५/७६ को साधारणसभा त कुनै पनि जीवन बीमा कम्पनीले गर्न सकेका छैनन्, समस्या के हो ? मुख्य कुरा नेपालमा एक्चुरी छैनन् । बीमा समितिको एक्चुरीले २०७४/७५ नयाँ मापदण्ड बनाएको छ, जुनअनुसार नेपालका बीमा कम्पनीले एक्चुरी गराउँदै आएका पुराना एक्चुरीले काम गर्न नपाउने भए । नयाँ एक्चुरीहरु नियुक्त गर्नुपर्ने भयो । त्यसले पनि समय लियो । २०७५/७६ देखि बीमा समितिले भ्यालुएशन रिपोर्टिङको नयाँ फर्म्याट गर्नुपर्ने व्यवस्था गर्यो । २०७४/७५ देखि एनएफआरएस पनि लागू भयो । यी तीन वटा पक्षमा धेरै परिवर्तन भएकोले बढी समय लागेको हो । नयाँ सिस्टमअनुसार एक पटक आर्थिक प्रतिवेदन पास भएपछि नियमित गर्न सजिलो हुन्छ, धेरै समय लाग्दैन । एशियन लाइफ इन्स्याेरेन्स कम्पनीमा तेस्राे कार्यकालकाे लागि तपाईकाे नियुक्ती हुन्छ कि हुँदैन ? सबैलाई थाहा छ कि बीमा समितिले जारी गरेकाे संस्थागत सुशासन निर्देशिका अनुसार कुनै पनि कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक वा प्रशाशकले बढिमा २ कार्यकाल मात्र नियमित काम गर्न पाउँछ । त्याे निमय यस कम्पनीमा पनि लागू हुन्छ । साउन २१ गतेदेखि म यस कम्पनीमा रहदिन ।