दिलदार नेपालीलाई बधाई
यी दिलदार नेपालीलाई स्यावासी दिनै पर्छ, जसले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा करोडौ रुपैयाँ जम्मा गर्न थाले । विरामीको उपचारमा खटिने स्वस्थ्य कर्मीहरुको लागि सामाग्रीहरु जोहो गर्न जुटे । सार्वजनिक स्थालमा सर्वसाधारणलाई हात धुने पानीको प्रबन्ध गर्न थाले । माक्स किनेर/बनाएर निःशुल्क वितरण गर्न थाले । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा जम्मा ५० करोड रुपैयाँ राखेको छ । यो रकम सरकारी बजेटको ०.०३२ प्रतिशत हो । सरकारको चालु आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँको छ । कोरोना महामारी रोकथामका लागि सरकारले जति पैसा हालेको छ त्यो सिप्रदी ट्रेडिक, सूर्य नेपाल, एनसेल वा कुनै एउटा वाणिज्य बैंकले एक आर्थिक वर्षमा सरकारले तिरेको करभन्दा पनि थोरै रकम हो । त्यतिमात्र होइन, तत्कालिक सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा एजेन्टसँग मागको घुस रकमभन्दा २९ प्रतिशत कम हो । बाँस्कोटाले विजय प्रकाश शर्मासँग ७० करोड रूपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीपदबाट राजीनामा दिनुपरेको थियो । महामारीको रोकथाममा सरकारभन्दा निजी क्षेत्र नै दिलदार देखिएकाे छ। एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकले १ करोड १५ लाख रुपैयाँ सहयोग गरेको छ । लक्ष्मी ग्रुप, भाटभटिनी ग्रुप, नेपाल बैंकले एक/करोड सहयोग गरेक छन् । सरकार र सर्वसाधारणको लगानी भएको कृषि विकास बैंकले १ करोड २५ लाख सहयोग गरेको छ । बीमा समितिले २ करोड रुपैयाँ सयोग गरेको छ । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई पीपीइ हस्तान्तरण गर्दै विनाेद चाैधरी सरकार जस्तै कन्जुस देखिएका छन् नेपालका पुराना व्यवसायिक घराना । आफ्नै बलबुताले व्यवसायमा स्थापित हुँदै आएका चन्द्रप्रसाद ढकाल, गणेशबहादुर श्रेष्ठ, मिनबहादुर गुरूङ, हरिभक्त शर्माहरु कोरोना भाईरस संक्रमण विरुद्ध सरकारलाई सहयोग गर्न खुलेर अगाडि आएका छन् । पुराना व्यवसायिक घरानामध्ये चौधरी ग्रुपले पनि सहयोगी हात अगाडि बढाएको छ । चौधरी फाउन्डेसन विभिन्न जिल्लामा अस्पताल तथा क्वारेन्टाइन सेन्टरलाई अत्यावश्यक व्यक्तिगत सुरक्षाका साधानहरु (पीपीइ) र अक्सिजन जेनरेटिङ एप्परेट्स वितरण थालेको छ । तर खेतान ग्रुप, दुगड ग्रुप, गोल्छा ग्रुप, पञ्चकन्य ग्रुप, ज्योति ग्रुप, बैद्य अर्गनाईजेशन, शाख ग्रुप जस्ता ठूला र पुराना व्यवसायिक घरानाले सहयोगी हात फैलाउन ढिला गरिरहेका छन् । हो, नेपाली व्यवसायीहरुले जति सहयोगको वाचा गरिरहेका छन्, त्याे अलिवाबाको बोस ज्याक्मा वा विलगेट्सको हितकारी संस्था गेट्स एण्ड मेलिण्डा फाउन्डेशनले परोपकारी कार्यमा गर्ने खर्चभन्दा सानो छ । तर जसले सरकारी कोषमा करोड रुपैयाँ सहायता दिन तयार भए उनीहरुलाई यो पनि चिन्ता छ कि उद्योग व्यापार कसरी गर्ने ? २/३ महिनापछि कर्मचारीलाई कसरी तलव खुवाउने ? बैंकको किस्ता कसरी तिर्ने ? बैंकमा धितो राखेको घरजग्गा लिलामी हुनबाट कसरी जोगाउने ? यी चिन्ता दीर्घकालिन भए । तत्कालका लागि उनीहरु ‘बाचौं र बचाऔं’ अभियानमा लागका छन्, छाती ठूलो बनाएर । छातीको कुरा गर्ने हो भने अर्थमन्त्री युवराज खतिवडाको भन्दा अन्जन श्रेष्ठ वा हरिभक्त शर्माको छाती ठूलो देखिएको छ । चन्द्र ढकाल र मिनबहादुर गुरूङ दिलदार भएर प्रस्तुत भएका छन् । सरकारको खातामा करोड रुपैयाँ सहयोग गर्नेहरुको मात्र यहाँ नाम उल्लेख भएको छ । कोरोना संक्रमण रोक्न दिपक मलहोत्रा, सतिर मोर, भवानी राणा जस्ता व्यक्तिहरुको संक्रियता पनि धेरै महत्वपूर्ण छ । दृष्यमा नआई सडकका किनारामा हात धुन साबुन पानीको प्रबन्ध गर्ने, मन्दिर परिसरमा स्यानिटाईजरले हात मोल्ल लगाउनेदेखि भीडभाडबाट टाडा बस्न सिकाउने अनगिन्ती नेपालीहरुको योगदान प्रशंशनीय छ, यतिबेला गुमनाम भएको मन्त्रीहरुको भन्दा । कोरोनाको महामारी विश्वभर फैलिएको छ । जनतालाई राहत दिन विश्वभरका सरकारले सक्दो प्रयास गरेका छन् । क्यानडा सरकारले बेरोजगार नागरिकलाई हप्तामा ९०० यूरो भत्ताको घोषणा गर्दै घरभित्र बस्न आग्रह गरेको छ । नेपाल सरकारले कोरोनासँगै आयातित शब्द लकडाउनको घोषणा गर्यो । सर्वसाधारणलाई घर बाहिर ननिष्कन आग्राह गर्यो तर जनतालाई दिने सुविधाबारे सरकार मौन बस्यो । सरकारी जागिरे र स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्नेलाई तलवको १०० प्रतिशतसम्म भत्ता वृद्धि गरिएको छ तर एउटा कोठामा डेराबास बसेका ४/५ जनाको परिवारलाई कोरोना संक्रमणको शंका लागेमा अलग्गै एकान्तबास (आइसोलेशन)मा बस्न अर्ति उपदेश दिदैछन् स्वास्थ्य मन्त्री भानुभक्त ढकाल । गणतन्त्र स्थापनासँगै नेपालमा करको दर र दायरा व्यापक वृद्धि गरियो । कर वृद्धिको विरोध गर्दा सरकारका मन्त्री र कर प्रशासनका हाकिमहरुको एउटै तर्क हुन्छ –‘अमेरिकामा यति कर छ, क्यानडामा यति कर छ, त्यो भन्दा थोरै नेपालमा कर लगाइएको छ ।’ अहिले क्यानडा सरकारले बेरोगारलाई हप्तामा ९०० यूरो (नेपाली रुपैयाँमा १ लाख १८ हजार ८००) दिएको छ । महिनामा ४ लाख ७५ हजार रुपैयाँ बराबर भत्ता दिन्छ । तर नेपाल सरकारले ५० करोड रुपैयाँको कोष स्थापना गरेर जनतासँग नै सहयोग मागिरहेको छ । निर्विवाद विषय हो, नेपालमा भ्रष्टाचार जत्तिकै ठूलो विकृतिको रुपमा करको दुरुपयोग भईरहेको छ । आवश्यक भन्दा बढी सेनाको नियुक्ती, प्रहरीको नियुक्ती, बेकामी सरकारी कर्मचारी भर्ती, ५८ वर्ष नाघेपछि अनिवार्य अवकास लिइएका सबै कर्मचारीलाई पेन्सन, उच्च सरकारी पदमा राजनीतिक नियुक्त व्यक्तिहरुलाई दिइने आजीवन सुविधामा सर्वसाधारण जनताले तिरेको कर खपत भईरहेको छ । करको दुरुपयोगको विषयमा यतिबेला वहस गर्नु राम्रो नहोला । कर तिरेर मात्र यो देश चलेको छैन । आज पनि गाउँगाउँमा एम्बुलेन्स किन्न, स्कूल, कलेज खोल्न, अस्पताल खोल्न धार्मिक यज्ञहरु गरिन्छ । धर्मको नाम जोडेर सर्वसाधारणसँग कर वाहेक अतिरिक्त पैसा उठाउन स्थानीय सरकारहरु नै संलग्न हुने गरेका छन् । जनताले तिरेको कर सरकारी कर्मचारी र राजनीतिकर्मीको तलब भत्तामै सकिएकोले पूर्वाधार विकासको दृष्टिले देश पछ्यौटे बनेको हो । अन्त्यमा, यो नेपाल हो । यहाँ वृद्ध वा अशक्त अवस्थामा सरकारी सुविधा पाउन कि उसले राजनीति गरेको हुनुपर्छ, कि सरकारी जागिर खाएको हुनुपर्छ । अरु कसैले पनि वृद्ध र अशक्त अवस्थामा सरकारी सुविधा पाउँदैनन् । जति ठूलो करदाता र जति ठूलो परोपकारी मान्छेहरुलाई पनि संकटमा पर्दा कसैले उद्दार गर्दैन । तैपनि हामीले महामारी विरुद्धको संघर्षमा सरकारलाई सहयोग गर्नुपर्छ । दिलदार नेपालीलाई बधाई दिनुपर्छ ।
आजैदेखि नयाँ १०० शाखाले नाफा कमाउन थाले, बैंकको बोनस १८% भन्दा कम हुन्न- नारायणदास मानन्धर
नारायणदास मानन्धर, प्रमुख कार्यकारी अधिकृत- प्राइम कमर्शियल बैंक लिमिटेड कैलाश विकास बैंक प्राप्तिपछि प्राइम कमर्शियल बैंकको पोजिशन के हो ? बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ भयो । निक्षेप १३० अर्ब र कर्जा लगानी ११४ अर्ब रुपैयाँ भयो । शाखा संख्या २०० वटा भयो । समग्रमा हेर्दा हामी टप पाँचौ वा छैटौ पोजिशनमा पुग्यौं होला । प्राइम बैंकले विकास बैंकलाई मात्र एक्वाएर गर्दै आयो । राष्ट्र बैंकको चाहाना वाणिज्य बैंकहरुबीच मर्ज होस् भन्ने छ । प्राइम बैंक र अर्को वाणिज्य बैंकबीच मर्ज किन हुने सकिरहेको छैन ? सरकारले वा राष्ट्र बैंकले म्याक्रो लेवलबाट कुरा गर्छन् । उनीहरुले देशको आवश्यकतालाई ध्यानमा राखेर कुरा गर्छन्, नीति बनाउँछन् । हामीले हेर्ने भनेको हाम्रो संस्थालाई कसरी बलियो बनाउने भनेर हो । प्राइम कमर्शियल बैंकले अधिकृत पुँजी २२ अर्ब रुपैयाँ बनाइसकेको छ । हामी चुक्ता पुँजी पनि २२ अर्ब बनाउने योजनाका साथ अगाडि बढेका छौं । मर्ज गर्ने भनेको २ प्लस २ मा ५ हुने अवस्थामा हो । ५ हुने गुन्जायस छ भने हामी अगाडि बढ्छौं । २ प्लस २ गरेर ३ हुने गरी हामी मर्जमा जाँदैनौ । ४/५ वटा वाणिज्य बैंकसँग मर्जको कुरा भएको पनि हो । हिजोसम्म हामीले कैलाश विकास बैंक प्राप्तिको कार्यमा थियौं । यो काम नसकिएसम्म हामी अरुसँग मर्ज गर्दैनौं नै भनेका थियौं । आजबाट कैलाशसँगको मर्ज प्रक्रिया सकियो । अब भोलिदेखि नयाँ मर्जको विषयमा कुरा हुनसक्छ । मर्जमा जान हाम्रो एउटा स्पष्ट सर्त छ । मर्जपछि हाम्रा सेयरधनीले पाउने लाभांशको दरमा कुनै गिरावट नआओस् । यस वर्ष हामीले सेयरधनीलाई १८ प्रतिशत लाभांश दियौं । मर्जपछिको लाभांश पनि १८ प्रतिशतभन्दा कम हुनु हुन्न । लाभांश १९/२० हुने अवस्थामा मर्जमा जान्छौं । १६/१५ हुने गरी मर्जमा जाँदैनौ । एउटा मात्र सर्त हो ? त्यति हो । प्राइम बैंकको नाम पनि गुमाउन तयार ? त्यो त जरुरी नै छैन । प्राइम बैंकको नाम नै गुमाएर मर्जमा हामी जाँदैनौ । जानु पर्ने आवश्यकता नै छैन । राष्ट्र बैंकले पुँजी २० अर्ब बनायो भने ? राष्ट्र बैंकले अहिले ८ अर्ब भनेको छ, हामीसँग १४ अर्ब पुँजी भईसक्यो । २० अर्ब बनाउन पनि हामी सक्षम भईसक्यौं । राष्ट्र बैंकले पनि आजै २० अर्ब बनाउँ त भन्दैन होला । कम्तिमा एक वर्ष समय देला । चालु आर्थिक वर्षको नाफाबाट ३ अर्बको बोनस सेयर दिन सकिन्छ । अर्को वर्ष ३ अर्बको बोनस सेयर दियो भने २० अर्ब रुपैयाँ चुक्ता पुँजी भईहाल्छ । पुँजी वृद्धि गर्नको लागि हामी मर्जमा जानु पर्ने अवस्था होइन । राष्ट्र बैंकका अरु पनि कन्सर्न छन् । संस्था बलियो होस्, सानातिना झड्काले बैंकलाई असर नपरोस्, ग्राहकलाई दिने सेवा सुविधा स्तरीय होस् भन्ने राष्ट्र बैंकको उदेश्य छ । त्यसमा हामीले साथ दिनुपर्छ । राष्ट्र बैंकले मर्जमा जानेलाई सुविधा पनि दिएको छ । सरकारले दिएको सुविधा पनि पाइन्छ भने मर्जमा नजानुपर्ने कारण पनि छैन । त्यसो भए वाणिज्य बैंकसँग मर्जमा जादै हुनुहुन्छ ? अनुकूल अवस्था भयो भने जान्छौं । अब कुरा गछौं । सेञ्चुरी बैंकसँग मर्जमा जाने तयारी हो ? एउटा बैंकको नाम लिएर कुरा नगरौं । ४/५ वटा बैंकबाट कुरा आएको छ । त्यसमा पुराना बैंक पनि छन्, नयाँ बैंक पनि छन् । सरकारको नीतिको दवावमा मर्जमा जाँदै हुनुहुन्छ कि बजारमा भएको प्रतिस्पर्धी वातावरणको दवावमा मर्जमा जाँदै हुनुहुन्छ ? बजारबाट हामीलाई दवाव छैन । हामी कुनै पनि बैंकसँग प्रतिस्पर्धामा छैनौं । हामीले हाम्रा ग्राहकलाई सबैभन्दा राम्रो सेवा कसरी दिने भनेर काम गरिरहेका छौं । हामी अरु बैंक गएको ठाउँमा गएका छैनौं । हामी नयाँ ठाउँमा जान्छौं । जस्तै, न्यूरोडको उदाहरण हेरौं । न्यूरोडमा सबै बैंकका शाखा छन् । गल्ली गल्लीमा सहकारी छन् । तर गल्ली गल्लीमा घर भएका, गल्ली गल्लीमा व्यापार गरी बसेकोहरुको बैंकमा पहुँच नै थिएन । किनकी उनीहरुको घरमा मोटर रोड थिएन । न्यूरोडमा सडकले नछोएको बजारमा हामी छिर्यौ । हामीले उनीहरुलाई बैकिङ सेवा दियौं । डा. बाबुराम भट्टराईको पालामा सडक विस्तार हुँदा आधा घर भत्किएको मानिसहरुलाई हामीले कर्जा सुविधा दियौं । कृषिमा त्यस्तै नयाँ सेवा दिएको छौं । कृषि कर्जा दिनलाई सडक खोजेर हुँदैन । राष्ट्र बैंकले भन्नुपर्दैन, हामीले राम्रो सम्भावना देख्यौ भने नयाँ सेवा दिईहाल्छौं । कोरोना भाइरसले ठूलो संकट ल्याउने अनुमान भईरहेको छ । यसले बैंकिङ बिजनेशमा कस्तो असर गर्ला ? हामीले जोखिमको मूल्याङकन थालेका छौं । ग्राहकहरुसँग छलफल शुरु गरेका छौं । शुरुमा हामीले देखेका छौं कि ठूलो असर पर्ने देखिदैन, थोरै असर पर्छ । कोरोनाले पार्ने असर न्यूनिकरण गर्न सरकारले सहयोग गर्नुपर्छ । हामीलाई आशा छ सरकारले राहातको कार्यक्रम ल्याउने छ । हुनसक्छ अमेरिका वा युरोपको जस्तो ५/१० विलियन डलरको वेलवाउट प्रोग्राम ल्याउन नेपाल सरकारले सक्दैन । तर प्रोभिजिनिङलाई खुकुलो बनाउने, सावा व्याज भुक्तानीलाई रिसेडुलिङ गर्ने जस्ता कार्यमा नीतिगत सहयोग राष्ट्र बैंकले गरिदिनुपर्छ । कर्जा मिनाहा, व्याज मिनाहा गर्नुपर्छ भनेर म भन्दिन । तर यस्तो बेलामा कर्जा तिरेन भनेर व्यवसायीहरुको सम्पत्ति बैंकले लिलामी गर्नु हुँदैन । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन संशोधन हुँदैछ । त्यसमा सीईओको उमेर हद तोकिदैछ । नयाँ ऐन आएपछि तपाई त बिदा बस्ने होला नि ? प्राइम बैंक स्थापना भएको दोस्रो वर्षदेखि लगानीकर्तालाई बोनस खुवाउँदै आएको छ । हरेक वर्ष राम्रो दरमा बोनस दिएको छ । बैंकको बिजनेश विस्तार पनि राम्रो छ । अब सरकारले कानुन नै ल्याएपछि मैले बैंक छोड्नुपर्ने भयो भने यो पृथ्वीमा म सबैभन्दा ठूलो व्यक्ति हुनेछु । म काम गर्न सक्षम छु । मलाई स्वास्थ्यले पनि साथ दिएको छ । मेरो नेतृत्वमा बैंकले राम्रो गरिरहेको छ । तपाईहरुलाई थाहा नै छ प्राइम बैंक स्थापना भएको दोस्रो वर्षदेखि लगानीकर्तालाई बोनस खुवाउँदै आएको छ । हरेक वर्ष राम्रो दरमा बोनस दिएको छ । बैंकको बिजनेश विस्तार पनि राम्रो छ । अब सरकारले कानुन नै ल्याएपछि मैले बैंक छोड्नुपर्ने भयो भने यो पृथ्वीमा म सबैभन्दा ठूलो व्यक्ति हुनेछु । मैले जागिर खाएको पनि ५०औं वर्ष भईसक्यो । मेरो स्वभाव पनि शान्त ठाँउमा बस्ने खालको छ । कानुनले नै उमेर हद तोकेर घरमा बस्नु पर्ने भयो भने म खुशीसाथ घरमा बस्छु । अवकास लिने उमेर हद तोक्ने कुरा व्यक्तिको विचार हो, प्रसेप्सन हो । कुनै बेला ५५ वर्ष थियो । अहिले ६० वर्ष होला । कुनै बेला ७० वर्ष होला । संसारको विकास कसरी भईरहेको छ भनेर पनि हेर्नुपर्छ । मान्छेको आयु बढेको छ । स्वास्थपन बढेको छ । पेन्सन दिने व्यवस्था संसारमा महँगो हुँदैछ । ६० वर्षमा अवकास भएको व्यक्ति ९० वर्षसम्म बाँच्छ । सरकारले अवकास पाएका कर्मचारीलाई पेन्सन खुवाउन नसक्ने अवस्था आएको छ । दोस्रो, पढेलेखेका मान्छेको भरमा व्यापार व्यवसाय हुँदैन । युरोप र अमेरिकामा अनुभवले खारिएको व्यक्तिलाई निकै महत्व दिइन्छ । तर नेपालमा अनुभवले खारिएको व्यक्तिलाई जिम्मेवारी मुक्त गर्ने अभ्यास भईरहेको छ । मेरो बुझाईमा यो गलत हो । यो मेरो बारेमा कुरा गरेको होइन । वाफियाको कारण मैले अवकास लिनुपर्यो भने म यो पृथ्वीको सबैभन्दा खुशी हुने व्यक्ति हुन्छु । त्यसो भए राष्ट्र बैंकको सर्कुलर आएपछि तपाई त्यसको विरुद्ध किन अदालत जानुभयो ? राष्ट्र बैंकको सकुलर आएपछि म खुशी नै थिए । राष्ट्र बैंकको सर्कुलर आएको दिन नै मलाई मुक्ति दिने पत्र आयो । यत्रो वर्ष काम गरेको संस्था । साथीहरुले मलाई भन्नुभयो- तपाईमाथि अन्याय भयो । उहाँहरुले अदालत जानु सुझाव दिनुभयो । उहाँहरुले नै ल्याएको पेपर मैले पढ्दा पनि नपढी सहि गरिदिएँ । त्यो पनि एक्ट्रिय भएको थियो । ५५ वर्षभन्दा बढी बैकिङ क्षेत्रमा काम गर्नुभयो । लो प्रोफाइलमा बसेर राम्रो नतिजा दिने बैंकर्सको सूचीमा तपाईको नाम माथि आउँछ । तपाईले अपनाएको सूत्र के हो ? म भन्दा जान्ने अरु धेरै होलान् । अहिलेको युवा पुस्ता झन मभन्दा जान्ने होलान् । उहाँहरुको तुलनामा म नजान्ने हुँला । व्यवसायमा सफलताको सूत्रबारे भन्नुपर्दा क्रेडिविलिटी (विश्वसनीयता) सबैभन्दा ठूलो कुरा हो । भेष्टेट इन्ट्रेष्ट हुनुभएन । हामीकहाँ जो ग्राहक आएपनि हामीले परिवारको सदस्यको रुपमा लिने गर्छौ । ग्राहकलाई ऋणी र आफूलाई साहुको व्यवहार म कहिल्यै पनि गर्दिन । उनीहरु मेरो बिजनेश पार्टनर हुन् । उनीहरुको बिजनेश प्लानमा बैंकले लगानी गरेपछि हामी बिजनेश पार्टनर भयौं । उनीहरुलाई समस्या आयो भने हामी सल्टाउन सहयोग गर्छौ, नियम बाहिर गएर होइन, नियम भित्र नै बसेर । बैंकले २ अर्ब नाफा गर्ने ठाउँमा १ अर्ब ९० करोड नाफा गरेर भएपनि ग्राहकलाई आवश्यक पर्दा सहयोग गर्नुपर्छ । त्यसैले हामीसँग काम गरेका ग्राहकले भन्छन् कि एक प्रतिशत व्याज बढी भएपनि प्राइम बैंकसँग नै काम गछौं । बैंकले एक दिन ढिला गर्दा व्यवसायीले ५/७ करोड रुपैयाँ घाटा खानुपर्ने अवस्था समेत आउँछ । त्यस्तो अवस्था आउन नदिन म आफै खटेर काम गर्छु । अर्को कुरा, बैंकमा काम गर्नेले जहिले पनि जागिर हत्केलामा राख्नुपर्छ । गलत काम गर्नु पर्ने अवस्थामा जागिर छोड्न तयार हुनुपर्छ । बोर्डबाट यो गरायो, त्यो गरायो भनेर साथीहरु भन्छन् । सीईओले के हेरेर बस्यो ? गर्न नहुने काम किन गरेको ? गर्दा गर्दै गल्ती हुनु बेग्लै कुरा हो । जानी जानी गलत काम गर्नुहुन्न । मैले धेरै संस्थामा राजीनामा गरेर हिडेको थिए । अन्त्यमा फेरी आजकै प्रशंग जोडौं । कैलाश विकास बैंक प्राप्तिसँगै प्राइम कमर्सियल बैंकले के के पायो ? १०० वटा शाखा । सबै शाखा नाफामा छन् । आजै देखि प्राइम बैंकमा नाफा कमाउने १०० वटा शाखा थपिए । आजको दिनमा नयाँ शाखा आफैमा गाह्रो छ । ठाउँ खोज । कार्यालय बनाऊ । कर्मचारी नियुक्त गर । तालिम देउ । शाखा खोलेपछि नाफामा जान २/३ वर्ष लाग्न सक्छ । आजबाट हामीले १०० वटा शाखा बनिबनाऊ अवस्थामा पायौं । आजैदेखि नाफा कमाउन थालेको छन् । मार्केटिङ गर्न पनि परेन । दोस्रो, कैलाश विकास बैंकमा काम गर्ने संस्कार पनि राम्रो छ । त्यहाँको कर्मचारी, प्रमोटर, ग्राहक सबै पोजेटिम माइण्डमा छन् । तेस्रो, पुँजी, निक्षेप, कर्जा लगायत व्यवसाय पनि पायौं । त्यसैले कैलाश विकास बैंक प्राप्तिसँग प्राइम बैंकलाई धेरै लाभ भएको छ । कैलाश विकास बैंकका कर्मचारी क्षमता, शाखाको भौतिक पूर्वाधार अवस्था प्राइम बैंकको समस्तरमा छ ? धेरै हदसम्म उस्तै छ । केही सुधार गर्नुपर्ला । तैपनि धेरै कठिन हुनेछैन ।
बोर्डर-बोर्डरमा क्यासिनो र हिमाल-हिमालमा हिल स्टेशन बनाउँछौंं: डा.धनञ्जय रेग्मी
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन् डा.धनञ्जय रेग्मी । माघ १४ गते बोर्डको सीईओमा नियुक्त भएका रेग्मी लामो समयदेखि पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशिल छन् । सीईओ डा.रेग्मी नेपालको प्रख्यात हिमाली भु– वैज्ञानिक र हिमनदी विज्ञ हुन् । ६ वर्ष कञ्चनजंघा क्षेत्रको वातावरणीय अनुसन्धान गरेर रेग्मी सोही विषयमा सन् २००६ मा जापानको सापोरो स्थित होक्काइदो विश्वविद्यालयबाट माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल विषयमा विद्यावारिधि गरेका हुन् । उनी भौगलिक विषयका लेक्चर समेत हुन् । उनै सीइओ डा. रेग्मीसँग पर्यटन बोर्डले हाल गर्दै आएको काम कारबाही, बोर्डको आगामी योजना तथा रणनीति र नेपाल भ्रमण वर्षकाे बारेमा विकासन्यूजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा आउनु भएको छ कसरी अगाडि बढ्दै हुनुहुन्छ ? पर्यटन बोर्डलाई बुझ्दैछु । दैनिक क्रियाकलापहरु अगाडि बढाइ रहेको छु । पहिलेका कार्यक्रमहरु हेर्दैछु । यतिखेर कोरोना भाइरसको त्रास छ । यो सँग कसरी जुध्ने भन्ने तर्फ हाम्रो ध्यान गएको छ । पर्यटन क्षेत्रको लगानीलाई कसरी सुनिश्चित गर्ने भन्नेतर्फ हामी लागि रहेका छौं । शैक्षिक पृष्ठभूमिबाट आउनु भयो, पर्यटन बोर्डलाई माथि उकास्ने नयाँ रणनीति पक्कै लिएर आउनु भयो होला ? अहिले नयाँ रणनीति भन्दा पनि कोरोनासँग लड्ने रणनीतिहरुतर्फ लाग्नु परेको अवस्था छ । अब अहिले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय मार्केटिङको रणनीति भन्दा पनि आन्तरिक पर्यटन प्रचार प्रसारमा जुटेका छौं । हामीले धेरै ठाउँमा अन्तर्राष्ट्रिय उडानहरु रोकिसकेका छौं । अहिले भ्रमण वर्षको प्रचार–प्रसारका लागि अन्तर्राष्ट्रिय बजारमा जान सक्ने अवस्था छैन । कोरोनाको संक्रमण नरोकिएसम्म हामी अब विदेशमा प्रचार प्रसार गर्दैनौ । यसले हाम्रा मानिसहरुमा पनि संक्रमण फैलिन सक्ने खतरा हुन्छ । प्रचार प्रसारबाट हामीले ब्याक हुनु पर्ने अवस्था छ । हामीले अन्तर्राष्ट्रिय प्रचार प्रसारका कार्यक्रमहरु रोकि सकेका छौं । हामीले गर्न थालेका देशहरुमा तपाईहरु जम्मा नहुनुहोस् भनि सकेपछि हामीले त्यहाँ गएर भ्रमण वर्षको प्रचार प्रसार गर्नु पर्ने अवस्था रहेन । विश्व नै कोरोनाको त्रासमा रहेको बेला हामीले भ्रमण वर्ष २०२० भनेर प्रचार प्रसार गर्न सक्दैनौं । अब हामी आन्तरिक पर्यटन विकासमा जोड दिन्छौं । आफ्नै देशभित्र डुलौं भन्ने रणनीति अपनाइरहेका छौं । प्रत्यक्ष भेटघाट भन्दा पनि सामाजिक सञ्जाल तथा डिजिटल मिडियामार्फत हामी नेपालको पर्यटन प्रचार प्रचार तथा प्रवद्र्धनमा जोड दिन्छौं । आजको दिनमा नेपालबाट वर्षमा ८ लाख नेपाली विदेश घुम्न जान्छन् । यिनीहरुलाई बाहिर नपठाएर नेपाल भित्रै घुमाउने वातावरण हामी सिर्जना गर्छौं । नेपाल सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । अहिले कोरोना भाइरसको कारण स्थगित भयो भन्ने पनि सुनिएको छ । यसप्रति तपाईको धारणा के छ ? यो संकटकालिन समयमा भ्रमण वर्ष २०२० स्थगित हुनु ठीकै हो । भ्रमण वर्ष २०२० स्थगित भयो भनेर मलाई कुनै औपचनरिक जानकारी त आएको छैन । तर, स्थगित भएपनि हामीले अब पहिले नेपालको पूर्वाधार निर्माणमा तयार हुनु पर्छ । अहिलेका कार्यक्रम केही समयको लागि स्थगित भएको मात्र हो । कोरोना भाइरस एक/दुई महिनापछि हराएर जान पनि सक्छ । भाइरस हो, जे पनि हुन सक्छ । ३९ हजार मानिस निको भएर घर गएका पनि छन् । यो धेरै त्रसित हुनु पर्ने अवस्था केही पनि छैन । यो भन्दा धेरै अमेरिकामा फ्लु लागेर पनि मानिसको मृत्यु भएको छ । कोरोनाले हामीलाई मात्र होइन संसारभरि नै असर गरेको छ । अहिले तत्कालै नेपालमा पर्यटकको संख्या पनि घट्छ । हाम्रो लागि यो आन्तरिक गृहकार्य गर्ने समय पनि हो । यसले यस्तो खालको असर पर्छ भन्ने पनि थाहा भइसकेको छ । त्यही अनुरुपको औषधि पनि बन्दै गएको होला । धेरै आँती हाल्नु पर्ने अवस्था पनि छैन । कुरौं के हुन्छ । नेपाल भ्रमण वर्ष सुरु भएको पनि दुई महिना बितिसक्यो, यतिखेरै कोरोना भाइरसको संक्रमण बढेको छ, नेपालको पर्यटन आगमनको अवस्था कस्तो छ ? गत वर्षको जनवरीभन्दा यो वर्षको जनवरीमा २ प्रतिशतले पर्यटक आगवमन घटेको छ । तर चीनियाँ पर्यटकको कुरा गर्ने हो भने गत वर्षको भन्दा ३ प्रतिशतले बढेको छ । युरोप, एसिया, क्यानडा लगायतका देशबाट आउने पर्यटकहरु भने घटेको देखिन्छ । अष्ट्रेलिया र न्युजिल्याण्डबाट आउने पर्यटक ९ प्रतिशतले घटेको छ । यो फेरी घट्छ । न हामी बन्द गर्ने पक्षमा छौं । न भित्र पस्न दिन सक्ने अवस्थामा छौं । विमानस्थलमा नयाँ रणनीति लिएर चेकिङको व्यवस्था भइरहेको छ । हवाइजहाजको संख्या पनि घटाएका छौं । नेपालबाट चीनमा ५३ वटा हवाइजहाज उड्थे । अहिले जम्मा ६/७ ले मात्र उडान गरिरहेका छन् । ६/७ हवाई .जहाज एक हप्तामा घट्नु भनेको धेरै पर्यटक आगवमन घट्नु हो । यसले नेपालको पर्यटन क्षेत्रमा घाटा हुनु हो । अहिलेको काम सुरक्षित रहनु हो । पहिले जीउ ज्यान सुरक्षित राखौं, त्यसपछि भ्रमण वर्ष २०२०लाई कसरी सफल पार्न सकिन्छ भन्ने तर्फ लागौ । प्रचार प्रसार गर्न छोड्नु भएन । डिजिटल मिडियाको प्रयोग गरेर अन्तर्राष्ट्रिय मार्केटिङ गर्ने हो । विभिन्न देशका प्रभावशाली व्यक्तिहरुसँग मिडियाबाट जानकारी गराउने हो । तपाईले अब विदेशीभन्दा पनि आन्तरिक पर्यटन बजारमा प्रचार–प्रसार गर्ने भन्नु भयो, यसले नेपालको अर्थतन्त्रलाई कसरी चलायन बनाउन सकिन्छ ? नेपालीहरु नेपाल भित्रै घुम्ने हो । त्यसपछि मात्र अर्थतन्त्र चलायमान हुन्छ । विदेशी पनि आउन डराउने, हामी पनि नघुम्यो भने अर्थतन्त्र ठप्प हुन्छ । आन्तरिक पर्यटनमा जोड दिए विभिन्न क्षेत्रको पैसा नेपाल भित्रै छरिन्छ । दुई दिन घुम्ने तीन दिन डुल्नु पर्यो । यसरी नै अर्थतन्त्र चलायमान बनाउन सकिन्छ । सरकारले जुन रुपमा भ्रमण वर्ष २०२० घोषणा गर्यो, त्यो अनुसारको भौतिक संरचना निर्माणका ध्यान दिएन भन्ने पनि छ । यसमा तपाईको धारणा के छ ? भौतिक संरचनातर्फ सरकारले ध्यान दिइरहेको छ । अहिले हामी प्रादेशिक संरचनामा गएका छौं । प्रदेश सरकारको आफ्नै बजेट छ । त्यही हिसाबले अगाडि बढिरहेका छन् । काम गरिरहेका छन् । सबै बीच समन्वयको अवस्था छैन । प्रदेश सरकारबीच समन्यव भएर अगाडि बढ्न आवश्यक छ । सयौं मुर्ति शिबका बनाउन आवश्यक छैन । विभिन्न किसिमका मुर्ति आवश्यक हुन्छन् । विभिन्न ठाउँका आ–आफ्नै महत्व हुन्छन् । त्यसैले यो संकटको समय त हो । तर, नेपालका लागि आन्तरिक गृहकार्य गर्ने यो उचित समय हो । भएका संरचनालाई सुन्दरीकरण गर्ने, नयाँ संरचना बनाउने, राम्रो सेवा दिनका लागि तालिम उपलब्ध गराउने उचित समय यही हो । सरकारले एक सय नयाँ पर्यटकीय गन्तब्यहरु घोषणा गरेको छ । तर, ती गन्तब्यमा भौतिक संरचना त के त्यहाँ पुग्न बाटोको पनि सुविधा छैन । यो लज्जास्पद भएन र ? भौतिक संरचना बन्नलाई समय लाग्छ । यो सय वटा गन्तव्य हो भनेर तोकि दिएको मात्र हो । त्यसमा प्रदेश सरकार बस्नु पर्यो । उनीहरुसँग पर्यटन क्षेत्रका विज्ञ हुनु पर्यो । हामी पनि सहयोग र समन्वय गरिरहेका छौं । अहिले म आइसकेपछि हामीले नयाँ रणनीतिका साथ अगाडि बढाइरहेका छौं । प्रत्येक प्रदेश सरकारसँग बसेर काम गरिहेका छौं ।म आफै प्रदेश सरकरासँग बसेर उनीहरुसँग योजना बनाउने गुरुयोजना बनाएर काम गरिरहेका छौं । हामी पनि बजेट छुट्याउँछौं । तपाई हिमनदि तथा हिमालको भुभाग सम्बन्धि विज्ञ पनि हो, पर्यटकलाई नेपालका हिमालहरुमा यात्रा गर्न कतिको सुरक्षित तथा सहज छ ? मान्छेको लुटपाटबाट नेपाल सुरक्षित छ । तुलनात्मक रुपमा नेपालमा आएका पर्यटकहरु दुखित भएर फर्केका छैनन् । अर्कोतर्फ अर्को प्राकृतिक समस्यालाई हामी रोक्न सक्दैनौं । तर, आज विज्ञान अगाडि छ । हामीले कसरी सुरक्षित हुन सकिन्छ आफै सावधानी अपनाउन सकिन्छ । पूर्व जानकारी तथा सल्लाह सुझाव लिने धेरै ठाउँमा छन् । अर्को नेपालमा कहाँबाट ढुङ्गा खस्छ त्यो हामीलाई पहिलै थाहा छ । त्यस्तो ठाउँमा नोटिस राखेर पनि सावधानी अपाउन सकिन्छ । सम्भव छ भने त्यसको बैकल्पिक मार्गको प्रयोग पनि गर्न सकिन्छ । नेपालमा एक पर्यटक एक गाइड सम्भव छ कि छैन ? त्यो सम्भव नै छैन । बरु एउटा समूह पर्यटक र एक गाइड सम्भव छ । एउटा कम्पनीमा १५ जना पर्यटकको समूह आयो भने त्यहाँ १५ जना नै गाइड लगाउन सम्भव छैन । गाइड बिना जान नपाउन सकिने गर्न सकिन्छ तर एक गाइड एक पर्यटक हाम्रो लागि असम्भव हो । गाइड अनिवार्य चाहिँ गर्नु पर्छ । पछिल्लो समय विकासले ट्रेकिङ रुटहरु विनास पार्यो भन्ने पनि सुनिन्छ, यसप्रति पर्यटन बोर्डले कतिको ध्यान दिएको छ? नेपालको विकास सुनियोजित छैन । योजनाबद्ध रुपले विकासका काम गर्ने परिपाटी नै छैन । अन्नपूर्ण, मनास्लुका पदमार्ग बनाइयो तर पछि बाटाहरु बनाएर त्यसलाई बिगार्यो । सबै ठाउँमा यो समस्या छ । सरकारले बाटो कहाँ लिने भन्ने पनि स्पष्ट नीति बनाउन आवश्यक छ । पदमार्ग कहाँ बनाउन सकिन्छ त्यो पनि स्पष्ट बताउनु पर्छ । त्यो भयो भने पदमार्गमा गरेको लगानी पछि ठूलो बाटोले सखाप पार्दैन । हाम्रो लक्ष्य स्पष्ट हुनु पर्छ । सरकारसँग बसेर सल्लाह गर्नुपर्छ । सरकारले धेरै पर्यटकीय गन्तब्यहरु घोषणा गर्छ तर पर्यटकहरु अन्नपूर्ण, मनास्लु र सगरमाथामा मात्र सिमित हुन्छन् । यो अवस्था किन ? पर्यटकहरु जहाँ गाइड भयो त्यहीँ जान्छन् । जहाँ बढी लगानी हुन्छ त्यहीँ पर्यटक बढ्ने हो । सुदूर–कर्णलीमा पदमार्ग बनाउने तर त्यहाँ गाइड र भौतिक संरचना नभएपछि त्यहाँ पर्यटक कसरी जान्छन् ?पदमार्गहरु दिगो हुने खालको हुनु पर्छ । त्यो गर्यो भने त्यतैका गाइडहरु बनाउनु पर्यो । पर्यटकीय स्थलकै गाइडलाई तालिम दिनु पर्यो । विनास भइसकेका रुटहरुको विकल्प खोज्ने र नयाँ रुटहरु स्थापना तथा निर्माण गर्न तर्फ तपाईहरुको ध्यान कत्तिको गएको छ ? हामी यो काम गरिरहेका छौं । स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । उनीहरुको समन्वयमा उनीहरुले कस्तो प्रदेश चाहेका हुन् त्यही अनुसारको सहयोग पनि गर्छौं । हामीले पर्यटकका लागि कुनै काम नै गरेका छैनौं । हामीले विमानस्थलबाट आएकालाई मात्र पर्यटक मानेका छौं । सबै पर्यटकलाई समान व्यवहार गर्नु पर्छ । हामीले भारतबाट आउने लाई पर्यटक नै मानेका छैनौं । हाम्रो अर्थतन्त्रमा कुनले बढी सहयोग पुर्याएको छ त्यसमा बढी प्राथमिकता दिऊँ । हामीले सबैभन्दा बढी भारतीय र चीनियाँ पर्यटकलाई बढी फोकस गर्ने हो । २० लाख नेपालका लागि टार्गेट नै केही होइन । अहिले कोरोनाले बढी असर पारेको छ । हाम्रो दक्षिण बोर्डर मै २४ करोड मानिस बस्छन् । तिनीहरुलाई बढी प्राथमिकता गरेपनि हामी लक्ष्य भेटाउन सक्छौं । उत्तरमा बस्ने पनि जनसंख्याा त्यस्तै छ । तिनीहरुले खर्च गर्ने ठाउँ त दिनु पर्यो । हामीले केही बनाएका छैनौ. । कहाँबाट पर्यटक आउँछन् ? अब तपाई आफ्नो कार्यकालमा यो अवस्थालाई कसरी सुधार गर्नुहुन्छ त, के कस्ता योजना बनाउँदै हुनुहुन्छ ? म यता बसेर पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो । प्रदेश सरकारको बढी लगानी पर्यटनतर्फ जाओस् भन्ने मेरो चाहना हो । एक हजार मिटर माथिका पहाड तथा हिमालहरुमा सकेसम्म हिल स्टेशन बनाउने तर्फ ध्यान दिन्छु । भारत तर्फको बाेर्डर बोर्डरमा क्यासिनो राख्ने मेरो योजना छ । २० लाख पर्यटक भित्र्याउन गाह्रो पनि छैन । वानवे ट्रेकिङ रुट बनाउँछौं । वानवे बनायो भने रुटमा हुने मान्छेको भिड पनि कम हुन्छ । एक ठाउँबाट गयो भने अर्को ठाउँबाट फर्किने सुविधा हुन्छ । मेरो कार्यकाल जम्मा चार वर्षको हो । यो चार वर्षमा मैले बाटो देखाउने काम मात्र हो । मैले गुरुयोजना तयार पार्छु । त्यही अनुसार अगाडि बढ्छौं । मेरो फोकस सातै प्रदेशको गुरुयोजना बनाउने हुन्छ । मेरो नेपाल कस्तो हुनुपर्छ भन्ने बाटोचाहिँ म देखाउन सक्छु । यसका लागि स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छु । अन्तिममा, तपाईले सीईओ नहुनु भन्दा अगाडि देखेको पर्यटन बोर्ड र सीईओ भएर आइसकेपछिको पर्यटन बोर्डमा कतिको फरक पाउनु भयो ? बाहिर हुदाँ पनि यस्तै छ भन्ने बुझेकै थिएँ । किनकि केही भएकै थिएन । विदेश डुल्ने र खाने भएको थियो । तर, मैले अहिले त्यो प्रवृति परिवर्तन गरी सकेँ । धेरै मेला महोत्सवमा जाने प्रवृति रोकि सकेँ । मैले धेरै भन्दा धेरै नेपालको गुरुयोजना बनाएर अगाडि बढ्ने हो । मेरो कार्यकाय यसरी नै बित्छ ।