नाडाका अध्यक्ष दुलाल भन्छन्-जेठदेखि लकडाउन अन्त्य गर्नुपर्छ

काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथामा तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउनको घोषणा गरेको छ । लकडाउनको कारणले अति आवश्यक उद्योग तथा व्यापार बfहेक अरु बन्द रहेका छन् । सरकार अझै पनि लकडमउन खाेल्ने मनसायमा देखिदैँन । लकडाउनको समय बढाएर बैशाख १५ गतेसम्म यथावत राखिएको छ । नाडा अटोमोवाइल एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले अब लकडाउन बढाउन नहुने बताएका छन् । व्यापारी तथा उद्योगीहरुको बैंकमा व्याज बढ्दै गहिरहेको र बैंकको व्याज र सावाँले व्यवसायीहरुलाई समस्या पर्दै गएकाले लकडाउन बढाउन नहुने उनको भनाइ छ । ‘अटोमोवाइल क्षेत्रले सरकारलाई १ खर्ब राजस्वा बुझाउने गरेको थियो, लकडाउनको कारणले त्यो घटेर ५० अर्ब हुने देखिन्छ,’ उनले भने । सबै किसिमका सवारीले २० लाखलाई रोजगारी दिएको उनको भनाइ छ। ‘अहिले सबै सवारी थन्किएर बसेका छन्, बैंकमा किस्ता थपिदै गहिरहेको छ, यसले व्यवसायी उद्योगीलाई समस्या परिरहेको छ,’ उनले भने । ‘समयमा नै सोचौं, धेरै गम्भीर भएर सोचौं, एक पटक होइन हजार पटक सोचौं, हामी नेपाली कति बसेर खान पुग्ने छौं, हामीसगँ कती दिन पुग्ने खाना सञ्चित छ ? र कहाँ छ? भोको पेटले सुत्ने ब्यक्तीको जनसंख्या जब करोड पुग्छ बाँकीले के खान पाउलान ? हाम्रो बजेट कती हो ? कती घाटा हुँदैछ, त्यसपछि के हुन्छ भनेर अध्ययन गरेर लकडाउनलाई जेठ सरु भए पछि अन्त्य गुर्नुपर्छ,’ दुलालले भने । लकडाउनको कारणले पेन्सन बन्द, बृद्धा भत्ता बन्द, निजामती कर्मचारी, सैनीक, पुलीसको तलब बन्द भयो भने देशको हालत के हुन्छ ? लकडाउन धेरै लम्बिदै जाँदा विकास त परको कुरा, उद्योगले आयात गरेको कच्चा पदार्थको भुक्तानी बन्द हुन्छ, अनि देशको हालत के हुन्छ ? उनले प्रश्न गरे । लकडाउन बढ्दै जाँदा बैंकमा भुक्तानीको विश्वास टुट्ने उनको बुझाइ छ । एटिएमबाट पैैंसा निक्लिन छोड्छ, अनलाइन भुक्तानी पनि बन्द हुन्छ अनि देशको आर्थिक अवस्था विग्रिदै जाने उनको भनाइ छ । ‘उद्योगीहरुको निक्षेप जति उद्योग र ब्यवसायमा लगानी गरेका छन्, सरकारको सञ्चिती केही महिना तलब र भत्ता खुवाउन पुग्ला रेमीट्यान्स बन्द छ, देशका आर्थिक गतिविधीहरु नै बन्द हुँदा समस्या बढ्दै जान्छ, उनले भने । दुलालले भने जेठ १ गतेबाट लकडाउन नखुले देशको अवस्था आँकलन गरेको भन्दा फरक हुने बताए । उनले भने,‘पुरानो इतिहास पढ्दा ५ औं शदाब्दीमा खाना अभाव भएर मान्छेले मान्छे खाएको इतिहास गुगलमा भेट्न पाइन्छ अब के हुन्छ हाम्रो पुस्ताले पनि पढ्ने छन् ।’ अब कोरोनाको कारणले पनि भोकभोकै मर्ने हुन् की भन्ने डर बढेको छ त्यसैले जेठ १ बाट लकडाउन अन्त्य गर्नु पर्ने उनको धारणा छ । ‘लकडाउनले सबैको अवस्था विग्रिएको छ, स्थानीय सरकार पनि अहिले शक्तीशाली सरकार हो, गाउँपालीका, नगरपालिका र महानगरपलिकामा जो जहाँबाट आएको भए पनी मानवताको नाता मात्र चेक गर्यौ, राहात दिउँ, खाना दियौं घर हिडेका मजदुरलाई मद्दत गरौं,’ दुलालले भने । अब विस्तारै उद्योग पनि खोल्नु पर्ने उनले बताए । ‘सुरक्षा अपनाएर काममा लाग्नु पर्छ, किन कि खान नपाइ बाँच्न गाह्रो हुन्छ, बैशाख ३० पछि लकडाउन पूर्ण रुपमा लागु भएमा देशमा ठूलो विरोध हुन सक्छ, भोको पेट धेरै सहन गर्न सकिँदैन, त्यसैले लकडाउन खोलौं,’ उनले भने ।

लकडाउनभरीको कारोबारमा पुँजीगत लाभकर छुट दिऔं, सेयर बजार खुलाऔं

नेपालको आर्थिक स्थिति कमजोर छ । विश्वब्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रकोपले गर्दा झन् आर्थिक स्थिति उठ्न नसक्ने सम्भावना बढी देखिएको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउँदै जानुपर्ने हुन्छ । अर्थतन्त्र चलायमान बनाउने क्रममा सेयर बजार खुलाउँदा उचित हुन्छ । कसरी हुन्छ भने, हाल कतिपय बैंक तथा बीमा कम्पनीहरु खुलिरहेकै छन् । बजारमा बढी कारोबार हुने भनेकै बैंक तथा वित्त कम्पनीहरुको हो । हुन त अनलाइन प्रणाली पूर्णरुपमा लागू भएको त छैन । तर पनि हालसम्म जे जति कम्पनी उक्त प्रणालीमा आवद्ध भएका छन्, त्यसलाई खुलाएर आर्थिक गतिविधि चलायमान गर्नु पर्छ । सेयर बजार भनेको अर्थतन्त्रको रक्तसञ्चार जस्तै हो । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउछ । यो चलायमान भएपछि अन्यलाई पनि चलायमान बनाउँछ । यदि अनलाइन प्रणाली शुरु नभएको भए छुट्टै कुरा अर्थात गाह्रो हुन्थ्यो । आंशिक अनलाइन शुरु भईसकेको हुनाले वास्तविक लगानीकर्तालाई प्रेरित पनि गर्न सकिन्छ । साच्चै भन्ने हो भने, यो समय अनलाइन प्रणालीलाई स्ट्रङ्ग बनाउन सकिने समय हो । हाम्रो अर्थतन्त्रलाई डिजिटलाईज्ड बनाउँदै लैजानु पर्ने आवश्यकता देखिएको छ । हुन त त्यसको लागि आवश्यक पूर्वाधारहरु त कमजोर छन् । तैपनि अहिलेको लागि राम्रो अवसर भएको छ । त्यसैले, सेयर बजार चाँहि छिटै खुलाउनु पर्छ । कसरी सकिन्छ त ? फेरि पनि भन्छु, यदि चाहने हो भने बजार खुलाउन सकिन्छ । एक त अहिले अनलाईन प्रणालीमा जे जति गएका छन् त्यसको हिसावले बजार खुलाउन सकिन्छ । अर्को, अनलाइनमा आवद्ध नभएकाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउन सकिने ठूलो अवसर हो । अहिलेको अवस्थामा बैंक खाता र केवाईसी सबैको हुन्छ । यूजरनेम र पासर्वड लिनलाई गाह्रो भन्ने होला । तर हालको अवस्थामा त्यो पनि गाह्रो छैन । पहिलेको जस्तो ब्रोकरहरुकोमा धाइरहनु पर्ने अवस्था छैन । किनभने, सबै लगानीकर्ताहरु ब्रोकरको पहुँच मै हुन्छन् । उनीहरुले चाहे भने एक कल मै यूजर नेम र पासर्वड सजिलै लिन सक्नेछन् । त्यसको लागि चाहिने आवश्यक डकुमेन्टहरु अनलाइनबाट अर्थात इमेलबाट पनि पठाउन सकिन्छ । लगानीकर्ताहरु ब्रोकरको र ब्रोकरहरु अनलाइन प्रणालीको अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीको पहुँच भएकाले कारोबार खुलाउन त्यस्तो समस्या छैन जस्तो लाग्छ । वास्तविक भन्ने हो भने यो लकडाउनको समयले धेरै कुराहरु सुधान गर्नको लागि एउटा अवसर दिएको छ । सेयर बजारमा पनि अनलाइन शुरु नभएको भए त्यसलाई शुरु गर्न सम्भव थिएन । यसले अनलाइन सिस्टम स्ट्रङ्ग बनाउन तथा यसलाई अभ्यस्त पार्न पनि यो निकै ठूलो अवसर दिएको छ । यो अवसर हामीले गुमाउनु हुँदैन । बैंकहरुसँग इन्टिग्रेसन नभएर पनि अनलाइन कारोबार बन्द भएको भन्ने कता कता हल्ला सुन्निछ । तर भइसकेको जस्तो लाग्छ, नभएको भए हालसम्म भएको अनलाइन कारोबार कसरी भयो ? यदि छैन भने पनि फिनाकल सिष्टम भएकोमा कुनैमा समस्या छैन जस्तो लाग्छ । अनलाईन कारोबार शुरु भईसकेको सन्दर्भमा त्यसको लागि केही अफ्ट्यारो छैन र नभएकालाई पनि प्रोत्साहन गर्ने उपयुक्त समय हो यो । यस्तो अवस्थामा लगानीकर्तालाई अनलाइनमा आवद्ध हुनको लागि इन्करेज पनि गर्नुपर्ने देखिन्छ । त्यसको लागि सरकारले आवश्यक प्याकेजको व्यवस्था मिलाउन सक्छ । अहिलेको बेला अर्थात यो परिस्थिति सामान्य नहुने बेलासम्म सरकारले क्यापिटल गेन ट्याक्स (पुँजीगत लाभकर) नलिँदा लगानीकर्तालाई ठूलो राहत हुने थियो । यसो गर्दा एक त अर्थतन्त्र चलायमान बनाउनको लागि सरकारले राहत स्वरुप उनीहरुलाई लाभकर नलाग्ने व्यवस्था ल्यायो भन्ने सन्देश प्रवाह हुन्थ्यो । त्यस्तै, यसले आर्थिक गतिविधि पनि त्यति खस्किन पाउँदैन थियो । अर्को, लगानीकर्ता पनि अनलाइन कारोबारको लागि प्रोत्साहित हुन्थे र अनलाइन सिष्टम थप बलियो हुन्थ्यो । नत्र यो स्थितिमा बजार खुलाइने तर कर पनि तिर्नुपर्ने हो भने चाँहि बजार खुलाउनुको अर्थ हुँदैन । त्यस्तै, दीर्घकालीन लगानीकर्तालाई पनि विशेष प्याकेज अर्थात सेवा सुविधा दिनुपर्ने व्यवस्था लागू गर्नु पर्ने हुन्छ । जसले गर्दा लगानीकर्ता थप आकर्षित हुन्छन् । यसले अन्य आर्थिक गतिविधिलाई पनि प्रोत्साहन गर्छ र आर्थिक स्थिति त्यति खस्किन पनि पाउँदैन । तर नेपाल सरकारले त्यस्तो कुनै प्याकेज नल्याई दिएर अहिलेको पुँजी बजारको अवस्था अन्योलमा परिरहेको छ । अन्य देशमा जीडीपीको २१ प्रतिशतसम्म राहतको प्याकेज ल्याएका छन् । तर हाम्रो देशमा अहिलेसम्म त्यस्तो केही सुरसार भएको छैन । हुन त प्रधानमन्त्री केपी ओलीले आगामी बजेटलाई कुर्नु भन्नु भएको छ । तर, त्यो बिडम्बना हो, हालको अवस्थामा नागरिकलाई दिनरात असर परिरहेको छ । यदि लकडाउनको समयावधि अझै थप लम्बिने हो र राहतको लागि बजेटसम्म कुर्नुपर्ने हो भने नेपालको अर्थतन्त्र धरासायी बन्ने सम्भावना बढी छ । (नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा सेन्टर फर माइक्रोफाइनान्स (सीएमएफ) नेपालका कार्यकारी अध्यक्ष डा. कार्कीसँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)

डिजिटल बैंकिङः लकडाउनपछि बैंकहरुमा पहिलेको जस्तो भीड हुन्न

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपाललाई पनि निकै असर परेको छ । कोरोनाकै कारण धेरै देश लकडाउनमा छन् । त्यसबाट नेपाल पनि अछुता रहन सकेको छैन । चैत ११ गतेदेखि नेपाल पनि लकडाउनमै छ । लकडाउन हुनुभन्दा केही दिन अगाडिबाटै बैंकहरूले कोरोनाले वित्तीय सेवामा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार निःशुल्क बनाए । अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुले जिटिटल बैंकिङलाई नै प्रवद्र्धन गरिरहेका छन् । एनआइसी एसिया बैंकको पनि लकडाउनको समयमा ७० प्रतिशत जति काम डिजिटलबाट नै भइरहेको छ । ओभरअल ट्रान्जेक्सनको भोलुम घटेपनि जिटिल प्रयोगकर्ता भने धेरै बढेका छन् । अहिले बैक तथा वित्तीय संस्थाहरुले यो समयको उचित सदुपयोग गर्दै जिटिटल बैंकिङतर्फ अग्रसर भइरहेका छन् । केही बैंकिङ क्षेत्रका विज्ञहरूले डिजिटल बैंकिङलाई प्रमोट गर्ने पनि उचित समय भएको बताउँदै आएका छन् । जिटिटल बैंकिङ जति सजिलो छ उतिकै भर पर्दो र जोखिमरहित पनि छ । प्रयोगकर्ताको आकर्षण डिजिटल बैंकिङका प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका छन् । एनआइसी एसिया बैंकको मात्र भन्ने हो भने पनि लकडाउनको समयमा एक लाखभन्दा बढी मोबाइल फोनकर्ता बढेका छन् । एकलाख नयाँ बढी प्रयोगकर्ताले मोबाइल बैकिङ एप डाउनलोड गरेका छन् । कार्ड, इन्टरनेट र मोबाइल बैंकिङका प्रयोगकर्ताहरु क्रमशः बढेका छन् । यो समयमा सबै काम डिजिटलबाट नै भइरहेको छ । ग्राहकले ऋणको लागि निवेदन दिनेदेखि लिएर अनलाइन खाता खोल्ने काम डिजिटलको माध्यमबाट नै भइरहेको छ । अहिले एनआइसी एसिया बैंकमा दिनमा ३ देखि ४ सयसम्म ग्राहकका अनलाइन खाता खोलिरहेका हुन्छौं । हाम्रा अहिले ८ लाख डिजिटल बैंकिङका ग्राहक छन् । तिनीहरु सबैलाई हामी डिजिटल च्यानलबाट नै सेवा दिइरहेका छौं । योसँगै अन्य कारोबार अर्थात बैंकको कूल कारोबार घटेपनि डिजिटल बैंकिङको भने बढेकै छ । कतिपय मानिसहरु पहिले नै डिजिटल कोरोबारमा जानकार थिए । यो प्रयोग गरिरहेका थिए । धरैलाई यो सम्बन्धि थाहा थिएन । उनीहरुले अहिले सिकेर डिजिटल बैंकिङको काम गरिरहेका छन् । अनलाइनबाटै सबै काम गर्ने काम गरिरहेका छन् । जानकारी पनि लिइरहेका छन् । आज दूरदराजका मानिसले पनि डिजिटल अथवा क्यासलेस बैंकिङ, मोबाइलबाट गर्ने बैंकिङ राम्रो रहेछ, यस्तो कारोबार हामीले पनि कसरी गर्न सकिन्छ, जान्न पाए हुन्थ्यो भन्ने जागरुकता बढेको छ । ग्राहकले डिजिटल बैंकिङमा के–के काम बढी गरे ? अहिले सबै डिजिटल माध्यमबाट हुने कारोबाहरु सबै बढेका छन् । अनलाइनकै माध्यमबाट खाता खोल्ने, अनलाइनमार्फत नै युटिलिटी पेमेन्ट गर्ने, अमाउन्ट ट्रान्सफर गर्ने लगायतका काम गबढेका छन् । एटिएमको प्रयोग पनि बढेको छ । विश्वसनियता कत्तिको छ ? हामी कहाँ ज्ञानको कमीले गर्दा डिजिटल बैंकिङमा केही असुरक्षाका कूराहरु पनि छन् । धेरै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले पासवर्ड नराख्ने बानीले पनि असुरक्षा निम्त्याउँछ । यो पनि एउटा जोखिम हो । परिवारकै वा साथीहरुकै माध्यमबाट पनि मोबाइल बैंकिङमा चोरी हुन सक्छ । त्यसैले पासवर्ड राख्न जरुरी हुन्छ । अहिले पछिललो समयमा लकडाउनको मौका पारेर फेसबुक जस्ता सामाजिक संजाल ह्याक गरेर यस्ता गतिविधि गर्ने गरिएकाे पनि भेटिएको छ । यसमा हामीले सचेत हुनु पर्छ । फेसबुकममा कसैलाई पनि आफ्नाे विवरण दिनु हुँदैन । अर्थात फेसबुक जस्ता सामाजिक संजालमा भनेकै भरमा रकम पठाउनु हुँदैन । पछिल्लो समय यो क्रियाकलाप बढेकोले पनि हामीले तत्कालै सचेतना फैलाउने कुराहरु गरेका छौं । ग्राहकलाई त्यसतर्फ सचेतना दिइरहेका छौं । तर, अन्य बैंकको सिस्टमकाे सिबिएस (काेर बैंकिंग प्रणाली) भित्र छिरेर इन्टरनेट मोबाइलको माध्यमबाट चोरी गर्ने लगायतका काम देखिएका छैनन् । ह्याकिङ प्रविधिसँगै जोडिदै जाने कुरा हो । ह्याकरहरुले ह्याक गर्ने उपाय खोज्दै जाने बैंक तथा सुचना प्रयोगकर्ताहरुले त्यसको सुरक्षाको लागि ह्याक हुन सक्ने सम्भाव्यतालाई अध्ययन गरि सुरक्षाका उपायहरुबाट जोखिम कम गर्दै जाने हो । डिजिटल बैंकिङ किन आवश्यक ? बैंकहरूको बढ्दै गएको सञ्चालन खर्च खटाउन विकल्प डिजिटल बैंकिङ हो । प्रविधिमा एकपटक लगानी गर्ने हो तर त्यसले दिने प्रतिफल लागतभन्दा धेरै बढी हुन्छ । प्रविधिको प्रयोग बढ्दा लागत घट्दै जान्छ । अहिले मानिसहरु धेरै व्यस्त छन् । धेरै समय हुँदैन । काम गरिरहेकै समयमा बसेकै ठाउँबा यसको प्रयोग गर्न सक्छन् । सेवा लिने ग्राहकले विद्युतीय कारोबारलाई असुरक्षित महसुस गर्ने गरेका छन् । विद्युतीय कारोबारलाई विस्तार गर्दा अहिले फिजिकल कारोबारका लागि जुन प्रकारले कार्यालय व्यवस्थापन, कर्मचारीलगायतका लागि लाग्ने लागत छ, त्यो र विद्युतीय माध्यबाट प्रदान हुने सेवा तुलना गर्दा विद्युतीय सेवाको लागत कम हुन्छ भने निःशुल्क पनि गर्न सकिन्छ । त्यो भनेको बैंकको आफ्नो र नियामकीय निकायको योजनाभित्र रहेर गर्ने कुरा भयो । डिजिटल बैंकिङ प्रमोट गर्न केके काम भए ? हामीले सामाजिक सञ्जालबाट डिजिटल बैंकिङको बारेमा ग्राहकलाई सचेतना दिइरहेका छौं । अहिले कोरोनासँग लड्नका लागि र यसको जोखिम न्युनिकरण गर्नको लागि सामाजिक दुरीका लागि डिजिटल बैंकिङ प्रयोग गर्नु बाहेको विकल्प हुँदैन । हामीले एसएमएस र इमेलबाट जानकारी गराउने काम पनि गरिरहेका छौं । अब लकडाउन खुलिसकेपछि बैंकमा ग्राहकको भिड कम होला जस्तो हामीलाई लाग्छ । अहिले धेरै मानिसहरुलाई डिजिटल बैंकिङ सम्बन्धि जानकारी र ज्ञान भएकोले पनि अब बैंकहरुमा ग्राहकको चाप कम हुन्छ जस्तो हामीलाई लागेको छ । नेपालमा क्यासलेस अहिले नेपालमा क्यासलेसको सम्भावना त्यति छैन । हामी कहाँ ग्रामीण वस्ती पनि छ । दिनभरी काम गरेर पैसा नलिएर अन्न लिने मानिस पनि छन् । पुरै क्यासलेस भन्दा पनि अलि कम चाहिँ हुन्छ नै । डिजिटल बैंकिङ विस्तारका लागि यो समय टर्निङ पोइन्ट हुन सक्छ । कतिपय मुलुकमा क्यासलेस बैंकिङ भनेर गरिरहेका छन् । यसलाई नेपालमा पनि विस्तारै ठाउँअनुसार प्रयोग र कार्यान्वयनमा ल्याउन सकिन्छ । ( खनिया एनआइसी एसिया बैंकमा कार्यरत छन् ।)