अक्षर भुल्ने साक्षर समाजको दशा !

घरमा नयाँ मान्छे देखेपछि कत्लैकत्ला भएको अनुहार लिएर दैलोको एकातिर आड लाउँदै डराउने समाजसम्म गएर सिकाइ र व्यवहारलाई हेरिनुपर्ने रहेछ । हामीलाई त्रिपिटक र मुन्धुमको लिपि किन सिकाइएन ! पाणिनिको माहेश्वर सूत्र खोजेर अक्षरको खेती गर्ने सोचबाट भाग्दा हामीले अक्षर सिकेर जीवन चिन भन्दै भनेनौँ । कपडा सिउन जान्नु, जुत्ता सिउन जान्नु, सुन-चाँदी-पित्तला आदिका गरगहना बनाउने, फलामको काम गरेर कोदालो, हँसिया, फालीदेखि गाग्रो, खड्कुँडो सबै बनाउने, हलो बनाउने, डोका-थुन्से-भकारी चित्रा आदि बुन्ने कलालाई किन प्राविधिक सिप मानेनौँ ? अनि कामलाई जातका आधारमा मात्रै हेर्ने सामाजिक र आत्मिक चिन्तनभन्दा पर भौतिक लालसाको बौद्धिक आतङ्कभित्र अन्धाधुन्ध हुरिन खोज्छौँ । तब, सुख र आनन्दको आत्मनिर्भरतालाई भुल्छौँ । व्यवस्थित समाजको गरिमालाई कुल्चने रहेछौँ । “हाम्रा पालाँ त स्कुल थेनन् बाबै, तँ चाइँ स्कुल जा ।” दिनभरि पँधेराको एक अम्खोरा पानीका भरमा मकै गोडेर बेलुका अँगेनामा अलिकति पीठो मस्काउने आमाको योगदान कति अतुलनीय हुन्छ । आफ्नो झुपडीबाट दुई घण्टा परको स्कुल पुग्न सिस्ने खोलादेखि खसिने खोला, मसिने खोला हुँदै अरु कति खहरे पार तर्नुपर्दो हो । बल्लतल्ल किनिदिएको किताब र कापी च्यापेर स्कुल जान लागेको छोरालाई मुटु गाँठो पारेर बिदा गर्नुपर्ने विवसता आज पनि छ । दशैँ आएपछि बल्लतल्ल नयाँ लुगा सिलाइदिने बुवाले भन्नुहुन्थ्यो- “बढ्ने मान्छे हो अलिक ठूलो सिलाइदिनुपर्छ है ।” पाइन्टको घुँडातिर, पछाडितिर देखिने भेन्टिलेसन टाल्ने साइत पनि त त्यही नै हो अनि बल्लबल्ल सिलाएको कपडा उही विद्यालयको पोसाक न हो । रात्रिकालीन फुर्सदमा गृहकार्य गर्ने जीवनसँग टुकी युगको सार्थकता पनि आज यथावत नै छ ! नीति र लक्ष्यका पानाले सुविधाविहीनलाई आँखामा आँखा जुधाएर हेर्नै सक्दैन रहेछ । ए शेर्पा दाइ ! तिम्रो चौँरी गाईको छुर्पीको स्वाद मुखमा झुन्डिएको छ । घरायसी विज्ञानको जादु टिप्छौ तिमी । चर्म चक्षु र ज्ञान चक्षुको “अमन्त्रम् अक्षरम् नास्ति” को उक्तिसँग नातो जोड्न नसकेरै त म हारेको हुँ । कर्मले ज्ञान र ज्ञानले कर्मसँग सर्म माने मानव धर्म नै धराशायी बन्ने रहेछ । एक्काइसौँ शताब्दीका ठूला गफमा असुविधाले अँध्यारो उल्झनमा अल्झाएपछि घायल हुन्छ, त्यो पाखो । ऊ त रक्त चन्दनको बासना बोकेर रम्न चाहन्छ । उसमा रुद्राक्ष लगाएर शिवभक्त बन्ने चाहना हुँदो हो । पाखामा आँखा लगाउन भन्दा डाकामा भाका मिलाउन उद्यत मान्छेको नालीबेली सुनाएर फाइदा के होला र खै ! कचहरी र धर्मसभाबाट मौलिक साक्षरता सिक्ने हामी नेपाली । राणाकालीन वैधानिक कानुनले चर खन्यो अनि प्रजातान्त्रिक युगले चेतनाको एउटा खरेप हाल्यो । पृथ्वी कसरी बन्यो ? मान्छे कसरी उब्ज्यो ? कुमान्छे कसरी भयो ? सुमान्छे बन्ने चक्कर किन चल्यो ? दानव र देवता कहाँ खोज्ने ? तमाम प्रश्नमा घोत्लिएर मान्छेले यन्त्रमानव बनाएको होस् या त अन्तरिक्ष जगत्सम्मको यात्रामा पाइलो सारेको मूल कारण यही हो भने पनि– मान्छेलाई सुख चाहिएको छ । भौतिक विकासमा लम्कन खोज्दा हामीलाई असुविधाको गलपासोले झापड हान्छ अनि पेट पूजाको समस्यामा कोर्राले छप्काउँछ । बाह्र महिना पाखुरी बजार्छौं । तीन महिनापछि पेट भोकै । विद्यार्थीलाई दिवा खाजा, नुन र तेल अनि लत्ता कपडा पाउँछु भनेर कति दिन पढ्न विद्यालयमा जाँदो हो ! मान्छे र कुमान्छेभित्र वनमान्छे र घरमान्छेको अन्तर किन हुन्छ ? पाखाले गाँसेको नातालाई पुस्तकका पानाले कसरी तोड्न सक्छ ! जीवन सिक्न जीवन बिर्सेर उही जीवनको शिक्षा भन्दै रुसोलाई हेप्न मिल्छ ! मलाई माक्र्स, लेनिन, फुकोभन्दा मेरा हजुरबा, जिजुबा, मामाघरकी हजुरआमाभित्रको ज्ञानको बन्दगोभी खोल्ने बुद्धि दिए हुँदैन ? विद्यार्थीले देशलाई गर्व गर्न पढोस् अनि परदेशलाई बुझ्न पढोस् तब मात्र मुलुकका कथाका पात्रभित्र सिँगाने, गोठाले, पाखेहरू पनि समावेश हुन्छन् । कमसेकम अक्षर चिन्नेले नचिन्नेका दशालाई बोध गर्नुपर्ने हो । साक्षर भएर तिनकै पसिनामा ¥याल काढ्ने बुद्धिलाई कसरी उत्तम मान्ने ! चेतनाको दियोमा अवसरको वर्तन नहुँदा त्यहाँ अँध्यारो त हुन्छ नै । तर, सुतेपछि देख्ने सपना होइन सुत्नै नदिने सपनाले सताउने संसारलाई म कसरी उन्नति भनौँ ! जीवन सिकाउन र चिनाउने कथाका पात्रहरूसँग मलाई सोध्न मन छ: जीवन पैसा हो ? उन्नति सम्पत्ति हो ? मान–सम्मान हो ? प्रौढ शिक्षा, साक्षरता शिक्षा, निरक्षरता उन्मूलनका अभिष्ट बोकेर अनकन्टार अक्करमा टुप्लुक्क बनेको एउटा घरले कति लाभ पाउँछ ! सुविधा र असुविधाभित्र विज्ञानको चेतना अनि रैथाने ज्ञानको सागरमा मन्टेस्वरीको चेतनाले शहर चकाचक हुन्छ अनि रुसोको “प्रकृति तर्फ” को सिद्धान्तका कुरा चाहँदा गाउँतिर फर्के हुँदैन ? समयले समस्याका चाङमाथि सम्भावनाको दैलो पनि त खोल्दै छ । आ.व. २०७५/०७६ को तथ्याङ्कले मुलुकमा ८६ प्रतिशतले रेडियोको सुविधा पाउँछन् भन्छ अनि ७२ प्रतिशत टेलिभिजनको पहुँचमा छन् । ९० प्रतिशत मोबाइलको पहुँचमा रहेछन् अनि ६५.९ प्रतिशतले इन्टरनेटको पहुँच बनाएका छन् । एउटा मोबाइलसँग कतै शिक्षा र साक्षरताको अभिष्टमा लम्कने खुबी त छैन ! भाग्य सुधार्न कर्म सुध्रिनुपर्छ । बाह्रखरी चिने पनि बाह्रथरि सोच्ने जीवनले सिकाइको पहुँचमा हीनताबोध मात्र देख्छ । विसङ्गति मात्र नियाल्छ तर कोइला र हिराको विशाल अन्तरलाई देख्दैन । स-साना हातलाई हल्लाएर सार स्वरमा वेदका ऋचा वाचेको देख्दा संस्कृतिको प्रभाव र अवसरको आकाङ्क्षाले परेट खेल्ने रहेछ क्यार । खेतका आलीहरूमा कोदोको कपनी हेरेर ‘अक्षरको खेतीमा फल यसरी लाग्छ’ भन्ने संस्कार कहाँ छ र ! चेतना र अवसर, इच्छा र सुविधा अनि समाज र संस्कारको द्वन्द्व तबसम्म रहिरहन्छ । चाउरिएको हातले कलिलो हातमा छेस्को थमाएर धुलौटो कोर्ने संस्कार ‘साक्षर सिकाइका ढाँचा’ भन्दा दमदार भए भने ! कलम र हलो एकसाथ मिल्न जान्ने संस्कृति मरेर त परदेसिने संस्कार मौलायो । मान्छे सभ्यताको सिँढी चढ्न चाहन्छ । पुर्खाको सानमा अभिमान गर्न लजाउँदा वेद, पुराण, मुन्धुम, त्रिपिटकका गहन मर्मको आदर्श ढल्छ । ताडको पात घोटीघोटी छेस्का वा प्वाँखले आफैँ मसी बनाएर लेखिएका अक्षरको रचनाशिल्पमा गर्व कसरी गर्ने ! साँच्चै, पुर्खाले बनाइदिएका भाषा र लिपिमा कति पसिना र बुद्धि खर्च भएको हुँदो हो ! आजको पुस्ताले हिजोको ज्ञानसँग मितेरी गाँस्न नचाहँदा भोलिको जीवनमा समेत आततायी अन्योल आउने पो हो कि त ! कालो अक्षर भैंसी बराबर भएपछि अलिक बढी अज्ञानतामा मेरो गोरुको बाह्रै टक्का भइरहन्छ ! हामी पिरुकामा माटोको धुलो चालेर, स-साना ढुङ्गाका गिर्खा फालेर सिमालीको छेस्काले कखरा सिक्दै गर्दा जीवनको लक्ष्य जान्दैन थियौँ । गोठालो जाँदा खरी ढुङ्गाले डल्सिन ढङ्गामा बाह्रखरी कोर्दै गर्दा गाईवस्तुले बाली खाएर हामीले गाली खानुपर्थ्याे । गोठालो गएको मान्छेले समेत अक्षरको खेती गर्ने चाहना बोकेपछि नजानी नजानी खेतका गरामा, ठूलो ढुङ्गामा ढुङ्गैको चक बनाएर कखरा सिक्दै गर्दा गाईवस्तुले खेती स्वाहा पारिदिँदा परिवारको अपमान हुन्थ्यो । आखिर युगले आज स्मार्ट बोर्डसम्म ल्याइपु¥यायो । ल्यापटपमा पावर प्वाइन्ट हुँदै भर्चुअल जमानामा विज्ञानले थाहै नपाएका कति जन्माइसक्यो तर पहाडका कन्दरादेखि तराईका झुपडीका लागि यी प्रविधि आज पनि त कागलाई बेल पाक्यो हर्ष न विस्मात् हुन् । नेपालको संविधान २०७२ ले मौलिक हकभित्र शिक्षाको हकलाई गाँसेको छ । तर फेरि, विपन्नको वेदनाले निरक्षरताको जड जन्माउँछ अनि उसैले हुर्काउँछ । सामाजिक कुसंस्कार, रीतिका नाममा बनेका कुनीति र अन्धसंस्कारमा दियो बाल्न मनोसामाजिक परामर्श, अभिभावक अभिमुखीकरण, जनहभागितामा मतैक्यताको अपेक्षा भन्दा व्यावहारिकता हुनुपथ्र्यो । कानुनको गलपासो लाएर मस्तिष्कको खिललाई निकाल्न सकिँदैन । बस्तीबस्तीमा घुम्ती शिक्षालय होओस् । समन्वयात्मक सहसम्बन्धको विकास, जिम्मेवारी र जवाफदेहिता फुलोस् । सकारात्मक अनुकरण र अभ्यासले अक्षर चिनाउने र चेतना बढाएर जीवन सिकाउने अभियान चलोस् न ! प्रौढ शिक्षा र साक्षरताको इतिहास वि.सं. २०१३ हुँदै सेती परियोजना, चेलीबेटी साक्षरता कार्यक्रमले दूरदराजलाई कति छोयो कुन्नि तर वि.सं. २०६८ को राष्ट्रिय जनगणनाले ६५.९ प्रतिशत साक्षरमध्ये काठमाडौँमा ८६.३ प्रतिशत र हुम्लामा ४७.८ प्रतिशत साक्षरताको अन्तरलाई देखाउँछ । २०७१ सालको असारमा- “१५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएका जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने” भनिए बमोजिम वि.सं. २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम गरेर “साक्षर नेपाल” घोषणा गर्ने भनियो । यद्यपि आज बीसओटा भन्दा पनि बढी जिल्लामा निरक्षरताको बोर्ड झुन्डिइरहेकै छन् । साक्षर नेपाल २०७६ को पनि अपेक्षित लक्ष्यलाई टेकेन । आखिर सुन्दर नीतिमा उही कार्यान्वयनको मार्ग अक्षम भयो । गिजुभाइको “दिवास्वप्ना” उपन्यासमा जसरी शिक्षकले विद्यार्थी मनोविज्ञानमा खेलोस् । कला र विज्ञानको नातो गाँसोस् । कक्षामा कक्षा पुस्तक कुनो होस् । इच्छाएको पुस्तकलाई घरमा हजुरबा हजुरामाले पनि पढ्नुहोस् । मोबाइलमा कखरा सिक्ने अनि टेलिभिजनमा पढ्नेदेखि रेडियोमा सुनेर कपीमा उतार्नेलाई पुरस्कार र पुनर्बल दिइयोस् । त्यसदिन नेपाल आमाले शिक्षा र साक्षरतामा रोजगारका सम्भाव्यता नियाल्ने विज्ञसँग भन्दिहुन्, “मलाई माया गर्ने भेष र भाषाका पारखी खोज्न गाउँमै जाऊ ।” तब सामुदायिक जागरणको पहलुमा ओल्लो डाँडा र पल्लो डाँडाको एउटा जमघट होला । वैकल्पिक विधि र प्रविधिले विकासमा साइनो गाँस्न सक्ला नि त ।

अर्को एक्सचेन्ज कि नेप्सेको पुनः संरचना ?

सर्वसाधारणलाई समेत शेयर निर्गमन गर्ने कार्यको शुरुवात हल्यान्ड (नेदरल्याण्ड) को डच इष्ट इन्डिया कम्पनीले गरे पनि बिक्री गर्नको लागि अहिले जस्तो एक्सचेन्ज थिएन । एक्सचेन्जको विधिवत शुरु हुनु अघि दलाल भने अस्तित्वमा रहेका भेटिन्छन् । दलालको कार्य २ पक्षलाई एक ठाउँमा ल्याएर कारोबार गराउने हो । जेसुकै वस्तुको खरिद वा बिक्रीको आदेश लिएर चौतारो, चौर, मठ-मन्दिर, पाटी-पौवा र कफी शप जहाँ पनि दलाल भेटिन सक्थे । ब्रिटेनमा कफी शपलाई बढी उपयोग गरिएको पाइन्छ। भारतमा रुखमुनिबाट बम्बे एक्सचेन्जको गर्भाधान भएको पाइन्छ। सन् १८०१ मा ब्रिटेन सरकारले स्थापना गरेको ‘लन्डन स्टक एक्सचेन्ज’ संसारको पहिलो एक्सचेन्ज हो । एक्सचेन्ज स्थापना भएपनि कम्पनी सम्बन्धि पर्याप्त कानुनी व्यवस्था नभएकोले शेयरधनीले लाभ पाउन नसके पछी ब्रिटेन सरकारले सन् १८२५ सम्म शेयर निर्गमन गर्न रोक लगाएकोले २४ वर्षसम्म सम्भवत यो एक्सचेन्जमा कुनै कारोबार भएन । लण्डन स्टक एक्सचेन्ज स्थापना भएपनि शेयर कारोबार नभएको हुँदा ‘न्यूयोर्क स्टक एक्सचेन्ज’ले इतिहासमा विधिवत स्थापना भएको पहिलो एक्सचेन्जको श्रेय पायो । नेपालमा शेयर र एक्सचेन्ज  बिक्रम सम्बत १९९३ सालमा संयुक्त पूँजी कम्पनी सम्बन्धि कानुन बनेपछि नेपाल बैंक लिमिटेड र विराटनगर जुट मिल्स लिमिटेडले सर्वसाधारणलाई पनि उद्योग व्यापारमा सहभागी गराउन शेयर निर्गमन गरेका थिए । नेपाल बैंक कानुन १९९४, मा ‘हाल उठाउने २५ हजार (कित्ता) शेयर मध्ये कमसेकम ४ खण्डको १ खण्ड शेयर सरकारबाट लिईबक्सने भएको हुँदा बाँकी रहेको शेयर नेपाली ग्राहकहरुले लिन पाउनेछन्’ र अर्को एउटा दफामा ‘कदाचित हाल उठाउने २५ हजार (कित्ता) शेयरको मूलधनले बैंकको काम चलाउन मूलधन नपुगी अरु शेयरबाट हदसम्ममा जति चाहिने हुन्छ उति मूलधन उठाउनु पर्दा सो नयाँ उठाएको शेयर साविक शेयरवालाहरुले लिएसम्म अरुले लिन पाउने छैन’ भन्ने व्यवस्था थियो। ‘यस्तो शेयर नेपाली रैयत भइ जन्मेका वा नेपाली रैयत भएका स्त्री पुरुषबाहेक अरु कसैले खरीद गर्नु र अरु कौने तरहबाट लिनुदिनु गर्नुहुँदैन’ भन्ने समेत व्यवस्था भेटिन्छ। ‘गाथगादी उपर खुद लागेको ठूलो कसुर गरेमा बाहेक हरिने सर्वस्व हुने समेत कौनै कसुरमा पनि यो बैंकको शेयरमा जफत वा हरण केहि हुने छैन’ भनिएको पाइन्छ । शुरुवातमा नै दुईवटा कम्पनीले शेयर बेचेको इतिहास पाइन्छ । शेयर बेच्ने शुरुवात भएपनि किनबेच गर्ने व्यवस्था भने २०३३ सालमा ‘सेक्युरिटी खरिद बिक्रि केन्द्र’ को स्थापना भएपछि भएको हो । अहिलेको नेपाल एक्सचेन्ज लिमिटेड (नेप्से) यसैको पछिल्लो रुप हो । नेपाल कानुनमा एक्सचेन्ज  ‘धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रुपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुबिधा सम्झनुपर्छ’ भनेर धितोपत्र सम्बन्धि ऐन २०६३ (२) (झ) मा धितोपत्र बजार (एक्सचेन्ज) को परिभाषा गरिएको छ ।ऐनको दफा ३६ अनुसार ‘धितोपत्र बजार संचालन गर्न चाहनेले ऐन बमोजिम बोर्ड (नेपाल धितोपत्र बोर्ड) बाट संचालन अनुमति लिनुपर्नेछ’ भनिएको छ। एक्सचेन्ज संचालन गर्न पाउँ भनेर निवेदन दिएकै भरमा अनुमति पाउन नसकिने व्यवस्था ऐनको दफा ४० मा उल्लेखित छ । दफा ४०(१)(क) मा ‘उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको संचालन गर्न आवश्यक नभएमा र दफा ४०(१)(ख) मा ‘लगानीकर्ताको हित संरक्षणको निमित्त धितोपत्र बजार संचालन गर्न उचित र उपयुक्त नदेखिएको अवस्था’ मा अनुमति दिन इन्कार गर्ने व्यवस्था छ । अर्को स्टकको स्थापना  एकताका निकै चर्चामा आएको अर्को एक्सचेन्जको विषय अहिले फेरी उठ्न थालेको छ । पूँजी बजारको नियामक बोर्डले नै अर्को एक्सचेन्जको कुरो अगाडी सारेर आवेदन मागे पनि त्यो विषय त्यसै सेलायो । संचालनमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्वचालित विद्युतीय प्रणालीमा आधारित कारोबार शुरु गरे पनि बेला बेलामा प्रणालीमा समस्या आउन थालेपछि सरकारी एक्सचेन्जले स्वतन्त्र भएर अत्याधुनिक प्रणाली विकास गर्न नसकेको कारण पूर्णत: निजी एक्सचेन्जको कुरो उठेको हो । शुरुमा विभिन्न व्यापारिक घरानाले एक्सचेन्ज व्यवसाय संचालन गर्न खोजे पनि अहिले त्यस्तो आवाज सुनिएको छैन।   यसो हुनुमा संसारभर एकल एक्सचेन्जको अवधारणा विकास हुँदै जानु पनि एउटा कारण हुनसक्छ ।  धितोपत्र सम्बन्धि ऐनमा भएको व्यवस्था एवम बजारको तात्कालिक अवस्थालाई हेर्ने हो भने पनि अर्को एक्सचेन्ज आवश्यक देखिएको छैन । भएकै एक्सचेन्जमा सूचीकरण भएका कम्पनी (बैंक) गाभिन थालेबाट संख्या घट्दो क्रममा रहेको छ । नयाँ कम्पनी सूचीकरणमा नआएमा बजारमा कारोबारयोग्य शेयरमा कमि आउँदा कारोबार रकम नपुग्दा संचालन घाटामा जाने स्थिति आउन सक्छ । ऐनमा भनिए झैँ ‘उद्योग र व्यापार’को विकास क्रम हेर्ने हो भने शुन्यको स्थितिमा पुगीसकेको छ । क्षेत्रगत कानुनले बाध्य पारेका बैंक र बीमा बाहेक अन्य क्षेत्रका कम्पनीको उपस्थिति शून्यको स्थितिमा छ । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको उपस्थितिलाई कम्तिमा ५० प्रतिशतमा झार्न सकिने गरि अन्य क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्नुपर्ने टड्कारो आवश्यकता छ । तर, पनि पूँजीबजार विकासको बागडोर सम्हालेर बसेको बोर्ड के कस्ता नीतिगत व्यवस्था गर्दा धितोपत्र बजारमा अन्य क्षेत्रका कम्पनी ल्याउन वा आउन आकर्षित हुन्छन आजका मितिसम्म कुनै ठोस कदम चालेको छैन । प्रिमियममा शेयर निर्गमन गर्न पाइने व्यवस्था गरेपछि पनि खासै उल्लेखनीय कार्य भएन। हालै जारी गरिएको बुक बिल्डिंग निर्देशिका, २०७७ मा तोकिएका शर्त बन्देज ‘दैलो थुनेर तलामा बस्न बोलाए’ झैँ छ । वास्तविक क्षेत्रका कम्पनीलाई कति आकर्षित गर्न सक्ला भविष्य हेर्न बाँकी छ । एकल, बहु र फेरि एकल  एकल एक्सचेन्जले पुगेन भन्दै बहु एक्सचेन्ज खोल्न अनुमति दिएका देश अहिले फेरि एकलमा नै फर्केका छन् । पाकिस्तानमा सन् २०१६ सम्म कराँची, इस्लामवाद र लाहोरमा यिनै शहरको नाममा सन्चालनमा रहेका ३ वटा एक्सचेन्ज गाभिइसकेका छन् । इस्लामवाद र लाहोरमा रहेका एक्सचेन्ज साविकको ‘कराँची स्टक एक्सचेन्ज’ मा गाभिएर अहिले ‘पाकिस्तान स्टक एक्सचेन्ज’ नामबाट संचालन भइरहेको छ । ३ वटा एक्सचेन्ज गाभिएपछि ४० प्रतिशत चिनिया लगानी भित्रिएको छ। चीनको ‘चाइना फाइनान्सियल फ्युचर्स एक्सचेन्ज कम्पनी लिमिटेड’ को नेतृत्वमा ‘सांघाई’ र ‘सेन्जेन एक्सचेन्ज’ रणनीतिक साझेदारको रुपमा भित्रिएका छन् । चाइनिज साझेदारीसँगै २० प्रतिशत शेयर सर्वसाधारणलाई निर्गमन हुनेछ । दक्षिणी एसियाली क्षेत्रको ठुलो जनसंख्या र अर्थतन्त्र भएको देश भारतमा पनि बिभिन्न शहरमा खुलेका क्षेत्रीय एक्सचेन्जहरु बन्द भएका छन् । भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले सन् २०१२ मा क्षेत्रीयस्तरका एक्सचेन्जलाई कारोबार रकम नपुगेकोले बन्द गर्न निर्देशन दिएको थियो । परिणामस्वरूप अहिलेसम्म २० वटाभन्दा बढी एक्सचेन्ज बन्द भइसकेका छन । क्षेत्रीय एक्सचेन्ज बन्द भएपछि भारतमा ‘बीएसई (बम्बे स्टक एक्सचेन्ज)’ र ‘नेशनल एक्सचेन्ज’ मात्र बाँकि रहेका छन् । बीएसईपछिको ठुलो ‘कलकत्ता स्टक एक्सचेन्ज’ भने मुद्दामा अड्किएकोले औपचारिकरुपमा बन्द हुन बाँकी छ । बंगलादेशमा पनि हाल २ वटा एक्सचेन्ज भएपनि कुनै पनि दिन गाभिन सक्ने सम्भावनालाइ नकार्न सकिन्न । ढाका चिट्टगोंग स्टक एक्सचेन्जका लागि रणनैतिक साझेदारको खोजी गर्दा ढाकामा पाकिस्तानमा झैँ चिनियाँ भित्रिएका छन् । संसारभर नै एक्सचेन्ज गाभिने हुने प्रवृत्ति बढेकोले यसबाट कुनै पनि देश अछुतो रहन सक्दैन । भारतमा कारोबार रकम नपुगेको भन्दै क्षेत्रीय एक्सचेन्ज बन्द गराएकोले २ सय ५० वटाको हाराहारीमा कम्पनी सूचीकरणमा रहेको बंगलादेशको चिट्टगोंगलाई पनि बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिसनले सेबिको सिको गरेर बन्द गर्ने दिन आउन सायद धेरै दिन बाँकी छैन । बंगलादेशको ढाका एक्सचेन्जमा चिट्टगोंग स्टकमा भन्दा ३ गुणा बढी कम्पनी सूचिकृत छन् । एसियाली देशमा रहेका बहुएक्सचेन्ज गाभ्ने प्रक्रिया जारी छ। सन् २०१२ मा टोकियो र ओसाका एक्सचेन्ज गाभिएर ‘जापान एक्सचेन्ज’ बनेको हो । कोरिया एक्सचेन्जमा ‘कोरिया फ्युचर्स एक्सचेन्ज’ र ‘कोस्डाक (कोरियन सेक्युरिटीज डिलर्स अटोमेटेड कोटेसन्स)’ को विलय भएको छ । इन्डोनेसियाको ‘जकार्ता स्टक एक्सचेन्ज र सुरबाया स्टक एक्सचेन्ज गाभिएर इन्डोनेसिया स्टक एक्सचेन्ज बनिसकेको छ । फिलिपिन्स स्टक एक्सचेन्ज सन् १९९२ मा ‘मनिला स्टक एक्सचेन्ज’ र ‘मकटी स्टक एक्सचेन्ज’बीच एकीकरण पश्चात बनेको हो । अमेरिकी एक्सचेन्जको एकल यात्रा   अमेरिकी क्षेत्रका देशहरुमा पनि स्टक गाभिने प्रकृया धेरै पहिला शुरु भएको इतिहास भेट्न सकिन्छ । सन् १९७४ मा ‘क्यानेडियन स्टक एक्सचेन्ज’ र ‘मोन्ट्रियल स्टक एक्सचेन्ज’ गाभिएको पाइन्छ । सन् १९९९ मा ‘क्यानेडियन भेन्चर स्टक एक्सचेन्ज’ मा ‘मोन्ट्रियल स्टक एक्सचेन्ज’, ‘अल्बेर्टा स्टक एक्सचेन्ज’ र ‘भान्कुभर स्टक एक्सचेन्ज’ विलय भएको थियो । दक्षिण अमेरिकी देश मेक्सिकोले पनि एक्सचेन्ज गाभेका प्रशस्त उदाहरण पाइन्छ । मेक्सिकोमा सन् १८९५ मा ‘बोल्सा डे मेक्सिको (स्टक एक्सचेन्ज अफ मेक्सिको)’ र ‘बोल्सा नसिओनल (नेशनल स्टक एक्सचेन्ज)’ गाभिएर ‘बोल्सा डे मेक्सिको’ बनेको पुरानो इतिहास पाइन्छ । पछिल्लो समयमा ‘बोल्सा डे भ्यालोरेस डे मेक्सिको, बोल्सा डे अक्सिडेन्ट (अक्सिडेन्ट स्टक एक्सचेन्ज) र बोल्सा डे मोन्टेरी (मोन्टेरी स्टक एक्सचेन्ज) गाभिएर ‘मेक्सिकन स्टक एक्सचेन्ज’ बनेको हो । अमेरिकामा पनि धेरै क्षेत्रीय एक्सचेन्ज गाभिएका छन् । युरोपमा पनि साना-ठूला एक्सचेन्ज गाभिएका छन् । कतिपय एक्सचेन्जले एक अर्कोसँग साझेदारी गरेर गाभिने पृष्ठभूमि तयार गरिरहेका छन् । बहुको सट्टा पुन:संरचना   अन्य देशहरु बहुबाट एकलतर्फ गईरहेको सन्दर्भमा नेप्सेलाई सवल र सक्षम एक्सचेन्ज बनाउन शेयर संरचना परिवर्तन गरि पाकिस्तान र बंगलादेशले जस्तो रणनीतिक साझेदार ल्याउनुपर्छ । केन्द्रीय बैंकसँग रहेको केही शेयर विनिवेश भएको हुँदा सरकारको नामको केही शेयर बाँकी राखेर विदेशी साझेदार, सूचीकृत कम्पनी र आम नागरिकलाई दिन सकिन्छ । पुनःसंरचनाको जति लामो कुरा गरे पनि नेप्से पुनःसंरचनाको बाधक धितोपत्र बजार संचालन नियमावली, २०६४ हो । बोर्डलाई नियमावलीको नियम १२(४) ले बजार संचालकको शेयर स्वामित्व हेरफेर गर्नसक्ने अधिकार दिए पनि आजसम्म बोर्डले यस सम्बन्धमा कदम नचाल्नु नेप्से पुनःसंरचनाको यात्रा शुरु नहुनु हो । नियम १२(२) ले कुनै पनि संगठित संस्थाको शेयर स्वामित्व १० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरेको छ । तर, यो व्यवस्थालाई कार्यान्वयन गर्न नियम १२(३) ले बाधा पुर्याएको छ । नीति, रणनीति र कानुनमा पुनःसंरचनाको कुरा लेख्ने अनि फेरि कानुनमा नै ‘बाधा पुर्याउने’ गरी कानुनी व्यवस्था राखेर पुन:संरचनाको बाटो नखुल्ने हुँदा पहिले यो पहिरो (वाधा) हटाउन आवश्यक छ । पूँजीबजार नियामक, एक्सचेन्ज, केन्द्रीय निक्षेपक, दलाल, निक्षेप सदस्य, लगानीकर्ता, रेटिंग एजेन्सी, मर्चेन्ट बैंक, सूचिकृत कम्पनी, क्षेत्रगत नियामक, कम्पनी रजिष्ट्रार, सरकार तथा सम्वद्ध निकाय एक विना अर्कोको अस्तित्व नरहने भएकोले पूर्ण सामन्जस्यता कायम गराउन ‘टिम लिडर’ को रुपमा नेपाल धितोपत्र बोर्ड अगाडि सरेर होस्टे गरेपछि अरु हैंसे गर्दै अगाडी बढ्ने कुरामा शंका गर्नुपर्दैन । (नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २८सौं वार्षिकोत्सव (२०७७) मा नेप्से स्मारिकामा प्रकाशित लेखबाट)

प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपतिलाई महाअभियोग

काठमाडौं । बधाई छ प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवरा, न्यायधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र जेजबहादुर केशीलाई जसले गणतन्त्र स्थापना पछिको सबैभन्दा पहिलो र अत्यन्तै जोखिमपूर्ण प्रतिगमन निर्णयलाई उल्ट्याई दिए । प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्जबाट धम्क्याउँदा पनि न्यायमूर्तिहरु नझुकि गरेको आजको फैसाला नेपालमा मात्र होइन, विश्वका कानुनी इतिहासमा लेखिनेछन् । धिक्कार छ प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवि भण्डारी र तिनका अन्धभक्त राजनीतिक कार्यकर्ताहरुलाई । ओली र भण्डारीको लोकतान्त्रिक राजनीतिक ढोङ चितामा जलेको छ । र, तिनको समर्थकहरु यतिबेला घाटे बैरागीमा डुबेका छन् । फेरी पनि राजनीतिमा पुष्पकमल दाहाल, गगन थापा र रामकुमारी झाक्रीहरु जम्नेछन् । पुस ५ को प्रतिगमन विरुद्ध बोल्ने, लेख्ने, आन्दोलित हुने जनसमूदायको शिर उचो भएकाे छ । शेरबहादुर देउवाको हालत २०६१ माघ १९ पछिको भन्दा धेरै फरक हुने छैन । अबको बाटो सर्वोच्च अदालतले प्रष्ट भनेको छ अबको १३ दिनमा प्रतिनिधिसभाको बैठक बोलाउनु । यो नै अबको प्रष्ट बाटो हो । ओली सरकारले संकटकाल घोषणा गर्ने, म्यानमारमा जस्तो सेनाले कु गर्ने वा विदेशी हस्तक्षेप गर्ने जस्तो अनुमानित विश्लेषणहरु गलत साबित हुनेछन् । नचाहेर पनि प्रतिगमनकारी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेछन् । संसदले राष्ट्रपति विद्यादेवि भण्डारीलाई महाअभियोग लगाउन सक्छ । पुनर्स्थापित प्रतिनिधिसभाले प्रतिगमनकारीका नायक, खलनायक र समर्थक सबैलाई ठेगान लगाउने छ । नयाँ सरकार बहुदलको बन्ने नै छ । चाह्यो भने प्रधानमन्त्री नेपाली काँग्रेसले पाउने छ । तर भविष्य हेर्ने हो भने काँग्रेसको लागि त्यो गलत बाटो हुनेछ । प्रतिनिधिसभाको बैठक चालु भएपछि र लामो राजनीतिक कसरतपछि मात्र नयाँ सरकार गठन हुनेछ । त्यो सरकार बहुदलको र खिचडी जस्तो नै हुनेछ । यद्यपी नयाँ सरकारले ओली नेतृत्वको जस्तो २/५ हजार मान्छे भेला पारेर उखान टुक्का हालेर कुतर्क गर्ने छैन । सत्तामा बसेर आफैले घोषणा गरेको निर्वाचन नभएमा आन्दोलन गर्छु भनेर भुत्तेतर्क गर्ने छैन । नयाँ सरकारको रवैया ओली सरकारले जस्तो संसद, अदालत र प्रेसलाई दुस्मन ठान्ने खालको हुने छैन । प्रनिधितिसभा पुर्नस्थापनासँगै संघीयता गुम्ने, गणतन्त्र गुम्ने वा राजतन्त्र नै फर्कने, संविधानसभाबाट बनेको संविधान नै खारेज हुने लगायत राजनीतिक तथा संवैधानिक जोखिम टरेको छ । अब राजनीतिक र संवैधानिक बाटो प्रष्ट भएको छ । तर त्यो बोटोमा कस्ता पात्रहरु अगाडि बढ्लान भनेर अड्कल गर्न कठिन नै छ । पात्र जो आए पनि अब बन्ने सरकारले कम्तिमा दुई वर्ष काम गर्नेछ । दुई वर्षपछि आवाधिक निर्वाचन हुनेछ । निर्वाचनमा जनताले नै फैसला गर्नेछन् ।